Khabar Dabali Logo
  January 21, Thu

युरोपेली संसदद्धारा महिला र बालिकाको रक्षा गर्न पाकिस्तानलाई आग्रह

ब्रसेल्स । युरोपेली संसदले पाकिस्तानलाई पाकिस्तानका महिला र बालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । युरोपेली संसदले हालैका दिनहरुमा पाकिस्तानमा महिला र बालिकाहरुका विरुद्ध हिंसात्मक घटनाहरु भएको भन्दै महिला र बालिकाको रक्षा गर्नका लागि आग्रह गरेको हो ।

पछिल्ला केही महिनामा पाकिस्तामा महिलाविरुद्धको हिंसाका रुपमा मानिने गरिएका ‘अनर किलिङ’, बालिका तथा महिलामाथि एसिड आक्रमणका घटनामा बृद्धि भइरहेको बताइएको छ ।
यसका साथै पाकिस्तानका कतिपय स्थानमा महिलाहरुलाई जागिर गर्नबाट रोक्ने तथा अरु पनि विविध प्रकारका सामााजिक प्रतिबन्धहरु लगाइएको भन्दै यस्तो अवस्थामा त्यहाँका महिलाको रक्षा तथा सुरक्षा स्वयं त्यहीँको सरकारले गर्नुपर्ने भनेको हो ।

पाकिस्तानको वर्तमान सरकार र विगतको सरकारले पनि महिला र बालिकाको रक्षाको क्षेत्रमा खासै उल्लेखनीय काम गर्न नसकेको भन्दै यस विषयमा युरोपेली संसदले पुनः पाकिस्तानको सरकारको ध्यानाकर्षण गराएको बताइएको हो ।

केही दिनयता देखि पाकिस्तानको खैबर पाक्थुन्क्वा क्षेत्रमा महिलामाथि जबर्जस्त प्रकारका कानुनहरु बनाइएको र त्यहाँ बालिकाले पढ्ने विद्यालयहरु बन्द गराइएको भन्दै यस्तो कार्य नगर्न उक्त संसदले भनेको छ ।

त्यस्ता कानुनी प्रावधानहरु खारेज गर्न आदेश दिन युरोपेली संसदले पाकिस्तानको सरकारलाई भनेको छ । पाकिस्तानका महिला तथा अधिकारवादी सांसदहरुले पाकिस्तानको सरकारले नै महिलाविरुद्धका हिंसा हुने खालका कानुनहरुमा सुधार गर्न नसकेको र महिलाविरुद्ध पछिल्ला दिनहरुमा भएका आक्रमणहरुमा पनि सरकारले ध्यान नदिएको बताएका छन् ।

भदौ १३ गते, २०७७ - १४:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ प्रशासनद्वारा ६ महिनामा एक करोड १७ लाख राजस्व सङ्कलन

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले रु एक करोड १७ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले...   

वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

वाग्मती । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले छ वटा विधेयक प्रमाणीकरण गरेका छन्...   
काडमाडौँ महानगरपालिकाको तीन विधेयक पारित

काडमाडौँ महानगरपालिकाको तीन विधेयक पारित

काठमाडौँ । काडमाडौँ महानगरपालिकाको आठौँ अधिवेशनले तीन वटा विधेयक पारित गरेको छ । पारित भएका विधेयकमा...   

नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा २ अर्ब ३२ करोड बढी राजस्व असुली

कोहलपुर । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा रु दुई अर्ब ३२ करोड बढी राजस्व...   

गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

राजविराज । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु...   

निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थप

भोजपुर । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सक्रियता बढाएको...   

सर्लाहीमा यात्रु बस पल्टिदा दुई जनाको मृत्यु १९ जना घाइते

सर्लाही । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको...   

पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न

ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं...   
बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

मोरङ । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय...   

स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान

खलङ्गा । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top