Khabar Dabali Logo
  September 19, Sat

थप ४ संक्रमितको मृत्यु, आज मात्रै ९ जनाले गुमाए ज्यान

यो समाचार तयार पार्दासम्म नेपालमा शनिबार मात्रै ९ जनाको मृत्यु भइसकेको छ ।

काठमाडौं । पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए ।

गत साउन ३० गते अस्पताल भर्ना भएकी काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा उच्च रक्तचापको समस्या थियो ।

भदौं ८ गते भर्ना भएकी भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार उनमा कुनै समस्या थिएन ।

भरतपुर अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ । मृतक गोरखाको गोरखा नगरपालिका–१३ मजुवाका ३८ वर्षीय पुरुष हुन् ।

उनको शुक्रबार उपचारको क्रममा आईसीयुमा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । संक्रमित संख्या  २०८७ छ ।

त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहाको भदैया–६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । मिर्गौला, खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएका उनको शुक्रबार राति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

आजै वीरगञ्जमा कोरोनाबाट थप ३ जना, कास्की र पाल्पामा एक/एक जनाको संक्रमितको मृत्यु भएको थियो । यो समाचार तयार पार्दासम्म नेपालमा शनिबार मात्रै ९ जनाको मृत्यु भइसकेको छ ।

भदौ १३ गते, २०७७ - १४:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ८५९ जनामा संक्रमण

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौंमा...   
नेपालमा कोरोनाको अर्को रेकर्ड, एकैदिन २०२० जना संक्रमित

नेपालमा कोरोनाको अर्को रेकर्ड, एकैदिन २०२० जना संक्रमित

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन अहिलेसम्मकै धेरै २ हजार २० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य...   

धरानमा एक संक्रमितको मृत्यु

धरान । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको...   

भुकम्प अपडेट : ६ रेक्टरस्केल, सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु

काठमाडौं । एकाबिहानै गएको भुकम्प ६ रेक्टरस्केलको भएको भुकम्प मापन केन्द्रले बताएको छ । केन्द्रका...   

भूकम्पको ठुलै धक्का, मानिसहरू घरबाहिर

काठमाडौं। आज बिहानै काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । मानिसहरू...   

यी हुन् सरकारका १० निर्णय : रेष्टुरेण्टदेखि हवाई यातायातसम्म अशोज १ बाट खुल्ने

काठमाडौं । सरकारले असोज १ गतेदेखि सार्वजनिक यातायात, आन्तरिक हवाई उडान, होटल रेष्टुरेन्टहरु खुला गर्ने...   

कुलमानको नियुक्तिबारे प्रधानमन्त्री ओलीको कानुनी प्रश्न

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान...   

असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात खुल्ने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन...   
थापालाई केन्द्रीय सदस्यको सुझाव –सिद्धान्तमा सम्झौता नगर्नुस्

थापालाई केन्द्रीय सदस्यको सुझाव –सिद्धान्तमा सम्झौता नगर्नुस्

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरुले सिद्धान्तमा...   
उपत्यकामा ५१२ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

उपत्यकामा ५१२ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय १२ जनामा संक्रमण पुष्टी भएको छ । काठमाडौंमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top