Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सवस्टेशन निर्माण नहुँदा विद्युत् नियमित आपूर्तिमा समस्या

सुर्खेत । सुर्खेतको सुव्वाकुनामा १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण नहुँदा तीन जिल्लाको विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको छ । कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनको लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा गरी प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सवस्टेशन निर्माण नहुँदा विद्युत् नियमित आपूर्तिमा समस्या देखिँदै आएको छ ।

सवस्टेशनका लागि चार वर्षअघि जग्गा अधिग्रहणको काम काम पूरा भएपनि स्टेशन निर्माणको लागि बोलपत्र आह्वान नहुँदा समस्या उत्पन्न भइरहेको छ । सवस्टेशनको डिजाइन गर्ने इटालियन कन्सलटेण्टले डिजाइनको काम पूरा गरिसकेको भएपनि बोलपत्र आह्वानको काममा ढिलाइ भएको छ । यो सवस्टेशन निर्माण कार्य पूरा भएपछि अर्को जहरेमा निर्माण हुन लागेको ४०० केभी प्रसारण लाइनको काम पूरा भएपछि मात्र चार जिल्लाको विद्युत् आपूर्तिमा हुँदै गरेको समस्या समाधान हुने नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरिले जानकारी दिए ।

अहिले सुर्खेतको सुव्वाकुना र जहरेमा ठूला सवस्टेशन निर्माण नभएकाले जाजरकोट, सुर्खेतको केही भाग, रुकुमपश्चिम र सल्यानको केही भागमा ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति हुँदै आएको छ । त्यस्तै जाजरकोट नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ । कोभिड कम हुने वित्तिकै डिपीआरका लागि दशैँसम्म कन्सलटेण्ट आउने बताइएको छ ।

प्रदेशलेनै जाजरकोटको चौखा सवस्टेशन निर्माणको लागि बोलपत्र आह्वानको काम सम्पन्न गरेको प्रमुख अग्रहरीले जानकारी दिए । नलगाड जलविद्युत आयोजना, ताँसुगाड जलविद्युत् आयोजना, डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि १३२ केभी प्रसारण लाइन निर्माण कार्य छिटो गर्नुपर्ने बाध्यता रहेको छ ।

जाजरकोटको कुदुको सवस्टेशन निर्माण कार्य पूरा भइसकेको छ । अन्य ठाउँहरु समाइला, वडावनमा निर्माण हुने सवस्टेशनको जग्गा प्राप्तिका लागि मुआब्जा वितरणको काम पूरा भएपछि अन्य काम शुरु हुने उनको भनाइ छ । दानी पिपलमा निर्माण गर्न लागिएको ४०० केभी प्रसारणलाई सवस्टेशन बनाउन डिपीआरको काम छिट्टै हुने कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले जानकारी दिए । कोरोनाका कारण विज्ञहरु आउन नपाएको भन्दै सिंहले दशैँसम्म काम शुरु गर्ने तयारीमा रहेको बताए । जाजरकोटका सात स्थानीय तहलगायत अन्य तीन जिल्लामा विद्युत्को प्रसारण लाइन गाउँगाउँमा पुर्याउन सामग्री अभाव हुँदा समस्या हुँदै आएको छ ।

शुरुमा नेपालगञ्जले कर्णाली प्रदेशका जिल्लामा सामग्री दिँदै आएकोमा अघिल्लो वर्षदेखि सुर्खेतमै प्रदेश कार्यालय स्थापना भएपछि नेपालगञ्जले सामग्री नदिँदा काममा ढिलाइ भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा सुर्खेतमा प्रदेश कार्यालय स्थापनासँगै सामग्री सबै थोक नहुँदा समस्या भएको हो ।

अहिले जाजरकोटको लागि प्रतिमहिना ६० किलोमिटरका लागि मात्र तार दिएको तर माग जाजरकोटमा धेरै भएकाले काम गर्न मुस्किल भएको विद्युत् प्राविधिकरण जाजरकोट प्रसारण लाइनका प्रमुख लोकबहादुर खड्काले जानकारी दिए । जाजरकोटको सात स्थानीय तहमध्ये बारेकोट गाउँपालिकामा मात्र विद्युत्को प्रसारण लाइन पुग्न सकेको छैन । अन्य स्थानीय तहमा लाइन निर्माण गर्ने काम भइरहेको तर कोभिड– १९ का कारण केही समस्या भएको प्रमुख खड्काले जानकारी दिए । प्रदेश कार्यालयले पोल जति माग भएपनि दिन सकिने तर तार भनेबमोजिमको दिन नसक्दा जताततै अभाव भएको बताएको छ । विद्युत् प्राविधिकरणलाईनै आपूर्ति गर्ने निकायले सामग्री नै कम दिएको बताइएको छ । दुई वर्षभित्र जाजरकोटलाई विद्युतीकरण गर्ने लक्ष्य लिएको प्रदेशसभा सदस्य सिंहले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies