Khabar Dabali Logo
  October 1, Thu

धनुषा र पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम । धनुषा र पर्सामा गरी थप २ जना कोरोना संक्रमितकाे मृत्यु भएको छ ।

धनुषाकोे नगराइन नगरपालिका- ७ डेवडिहाका ६५ वर्षीय पुरुषमा मृत्युपछि संक्रमण पुष्टि भएको छ भने वीरगञ्ज- १२ मुर्लीकी ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएपश्चात मृत्यु भएको हो ।

मृतक ती वृद्धमा शुक्रबार बेलुकी कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रका अनुसार मृतक वृद्धको शव धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणबाट खटेको सेनाको टोलीले डेवडीहामा कार्यविधिअनुसार संक्रमितको शव व्यवस्थापन गरेको छ ।

लामो समयदेखि मुटु रोग, दम लगायत मधुमेहका समेत रोगी उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियोे । स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिरहेको बेला बाटोमै राति साढे ११ बजे मृत्यु भएको थियो ।

अधिकृत मिश्रका अनुसार मृत्यु भएपछि पुनः प्रादेशिक अस्पतालमा ल्याई स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हाे।

यस्तै वीरगञ्जकी महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । शुक्रबार दिउँसो नारायणी अस्पतालमा भर्ना भएकी ती महिलामा काेराेना पाेजिटिभ देखियाे । न्यून रक्तचापको समस्याले ग्रसित उनलाई पखालासमेत लागेको अस्पतालन बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार उपचारको क्रममा शुक्रबार साँझ उनको मृत्यु भएको हाे । 

भदौ १३ गते, २०७७ - ०९:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा...   

राहतमा कन्जुस्याइँ, भागबन्डा मिलाउन मन्त्रालय थपिँदै

काठमाडौं । लकडाउनका कारण क्षति बेहोरेका किसानलाई राहत वितरण गर्ने प्रस्ताव गत चैत अन्तिम साता मन्त्रिपरिषद्मा...   

कालापानी, लिपुलेक र लिम्पियाधुराको के-के जुट्यो प्रमाण ?

काठमाडौं। नेपाल र भारत सीमा क्षेत्रमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा प्रमाण जुटाउन...   

गोरखबहादुरको गुहार : निर्मलाको जस्तै नहोस् नातिनी सम्झनामाथिको अपराध

बझाङ । बझाङ चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा मंगलबार सर्वपक्षीय छलफल हुँदै थियो, जहाँ सम्झनाका...   

अतिक्रमणविरुद्ध आक्रामक बन्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरक्षेत्रका विभिन्न भागमा अतिक्रमण गरी बनाइएका विभिन्न संरचना...   

दसैं नजिकियो : व्यापारीले ठग्न थाले उपभोक्ता, दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य

काठमाडौं । दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न...   

ओली-प्रचण्डका आ-आफ्नै दाउपेच

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...   

कात्तिकदेखि विदेशी पर्यटकलाई अनअराइभल भिसा, पिसिआर अनिवार्य

काठमाडौं । कात्तिकदेखि विदेशी पर्यटकलाई अनअराइभल भिसा खुला गरेर सरकारले नेपालको पर्यटन क्षेत्र खुला...   

कोभिडमा फस्टाएको व्यापार

काठमाडौं। विश्वभरि फैलिरहेको कोभिड-१९ महामारीबाट जोगिन सरकारले लकडाउन गरेपछि देशको समग्र अर्थतन्त्र...   

खोप आउने : सरकारले होइन, व्यापारीले ल्याउने

महामारीविरुद्धको खोप ल्याउने र निःशुल्क वितरण गर्ने आधारभूत जिम्मेवारीबाट पछि हट्यो सरकार काठमाडौं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top