Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नेपालका ५४ लाख बालबालिका दूरशिक्षाबाट वञ्चित

गरिब परिवारका त पाँच प्रतिशत बालबालिकाको मात्रै दूरशिक्षामा पहुँच

काठमाडौं । कोभिड– १९ का कारण विद्यालय बन्द भएपछि नेपालमा पनि वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिएको छ । तर, अहिलेसम्म दुई तिहाइ अर्थात् ५४ लाखभन्दा बढी बालबालिका दूरशिक्षाबाट समेत वञ्चित रहेको युनिसेफको अध्ययनले देखाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ- युनिसेफले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार बालबालिका तथा परिवारबारे गरिएको अध्ययनमा विद्यालय जानेमध्ये दुईतिहाइ बालबालिका दूरशिक्षाको अवसरबाट वञ्चित रहेको पाइएको हो ।

अहिले स्कुल जाने १० मध्ये तीन बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यमहरूमा पहुँच रहेको युनिसेफले जनाएको छ । त्यसमध्ये पनि ८० प्रतिशतले मात्रै दूरशिक्षाका माध्यमहरूलाई आफ्नो सिकाइ लागि उपयोग गरिरहेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार बालविकासदेखि कक्षा १२ सम्म ८१ लाख २७ हजार एक सय ८३ विद्यार्थी छन् । प्रारम्भिक बालविकासमा ११ लाख ५५ हजार ६१, आधारभूत तह (कक्षा १–८)मा ५३ लाख १९ हजार चार र माध्यमिक तह (कक्षा ९–१२)मा १७ लाख २६ हजार १८ विद्यार्थी छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या करिब ५६ लाख छ ।

कोभिडका कारण विद्यालय बन्द रहेपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नै १ असारदेखि वैकल्पिक विधिको प्रयोग गरी पठनपाठन सुरु गरेको हो । अहिले रेडियो तथा टेलिभिजनबाट पठनपाठन सञ्चालन गरिरहेको छ । सरकारले सुरुमा दूरशिक्षा सञ्चालनका लागि २५ करोड लगानी गरेको थियो भने अहिले लगानी बढाउँदै गएको छ ।

नेपालमा परिवार जति गरिब हुन्छ, त्यति नै त्यो परिवारका बालबालिकाले दूरशिक्षामा पहुँच प्राप्त गर्ने वा त्यसको उपयोग गर्ने सम्भावना कम भएको जनाएको छ । तथ्यांकअनुसार सबैभन्दा गरिब परिवारका बालबालिकामध्ये पाँच प्रतिशतले मात्रै दूरशिक्षामा पहुँच प्राप्त गरी त्यसको सदुपयोग गर्छन् ।

युनिसेफको अध्ययनअनुसार विद्यालय बन्द रहेको समयमा दूरशिक्षाबारे चासो देखिएको भए पनि पठनपाठनको अवस्था अझै चिन्ताजनक रहेको छ ।

प्रविधि र साधनहरू उपलब्ध भए पनि घरको काम गर्नुपर्ने दबाब, जबर्जस्ती काममा लगाइनु, सिक्नका लागि उपयुक्त वातावरणको अभाव र अनलाइनमा रहेको वा टेलिभिजन र रेडियोमा प्रसारित पाठ्यक्रमको प्रयोग गर्न मद्दत गर्ने व्यक्तिको अभाव छ । यी कारणले बालबालिकाले दूरशिक्षाका माध्यमबाट प्रभावकारी रूपमा सिकाइ हासिल गर्न असमर्थ रहेको प्रतिवेदनमा औँल्याएको छ ।

युनिसेफको अध्ययनअनुसार विश्वभर एकतिहाइ अर्थात् ४६ करोड ३० लाख बालबालिका दूरशिक्षाको पहुँचबाट वञ्चित छन् । दूरशिक्षामा पहुँच योग्यता प्रतिवेदनले एक सयवटा देशहरूमा पूर्व प्राथमिक, प्राथमिकदेखि माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकामाझ दूरशिक्षाका लागि आवश्यक घरमा आधारित प्रविधि तथा साधनहरूको उपलब्धताको विश्वव्यापी प्रतिनिधिमूलक विश्लेषणको प्रयोग गरेको छ । तथ्यांकमा टेलिभिजन, रेडियो र इन्टरनेटको पहुँच तथा विद्यालय बन्द भएको समयमा यी माध्यमबाट उपलब्ध गराइएका पाठ्यक्रमको उपलब्धता पनि समावेश छ ।

कोभिड– १९ का कारण विद्यालय जानबाट वञ्चित कम्तीमा ४६ करोड ३० लाख बालबालिकाको दूरशिक्षामा पनि पहुँच नभएको बताउँदै युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले भने, ‘महिनौँसम्म यति धेरै बालबालिकाको पढाइ एवं सिकाइमा पूर्ण अवरोध हुनु भनेको विश्वव्यापी शैक्षिक आपत्काल हो । यसको असर आगामी केही दशकसम्मै अर्थतन्त्र तथा समाजमा महसुस हुनेछ ।’

विभिन्न देशमा भएका देशव्यापी र स्थानीय लकडाउनको समयमा विद्यालय बन्द हुँदा झन्डै डेढ अर्ब बालबालिका प्रभावित भएका थिए । दूरशिक्षामा पहुँच योग्यता प्रतिवेदनमा दूरशिक्षाका सीमितता र पहुँचमा रहेको व्यापक अन्तरबारे उल्लेख गरिएको छ ।

अत्यधिक गरिब परिवार तथा ग्रामीण क्षेत्रमा बसोवास गर्ने परिवारका बालबालिकाले विद्यालय बन्द हुँदा दूरशिक्षाको अवसरबाट वञ्चित हुने सम्भावना अत्यधिक हुने कुरा प्रतिवेदनमा उल्लेख छ । विश्वव्यापी रूपमा हेर्दा दूरशिक्षाबाट वञ्चितमध्ये ७२ प्रतिशत बालबालिका आफ्नो देशमै अत्यधिक गरिब परिवारका छन् ।

उच्च–मध्यम आय भएका देशहरूमा दूरशिक्षाका अवसरबाट वञ्चित बालबालिकामध्ये ८६ प्रतिशत अत्यधिक गरिब परिवारका छन् भने विश्वव्यापी रूपमा हेर्दा त्यस्तो पहुँचबाट वञ्चित भएकामध्ये ७५ प्रतिशत बालबालिका ग्रामीण क्षेत्रमा बसोवास गर्छन् ।

त्यस्तै, पूर्वप्राथमिक तहका विद्यार्थीमध्ये ७० प्रतिशत अर्थात् १२ करोडलाई विभिन्न कारणले दूरशिक्षामा समेट्न सकिएको छैन । यसका प्रमुख कारणमा धेरै साना बालबालिकाका लागि अनलाइनको सिकाइ चुनौतीपूर्ण हुनु, यो समूहका बालबालिकाका लागि दूरशिक्षा कार्यक्रमको अभाव र त्यसका लागि घरमा उपकरण अभाव आदि छन् ।

प्राथमिक तहका विद्यार्थीमध्ये कम्तीमा २९ प्रतिशत अर्थात् २१ करोड ७० लाखलाई दूरशिक्षामा समेट्न नसकेको पाइएको छ भने कक्षा ६ देखि ८ सम्मका २४ प्रतिशत अर्थात् सात करोड ८० लाख विद्यार्थीसम्म दूरशिक्षाको पहुँच छैन ।

दूरशिक्षामा पहुँचका आधारमा माध्यमिक तहका विद्यार्थी सबैभन्दा कम वञ्चित रहेको पाइएको छ । १८ प्रतिशत अर्थात् चार करोड ८० लाख बालबालिका दूरशिक्षाका लागि आवश्यक प्राविधिक साधनको अभावका कारण वञ्चित भएका थिए । विद्यालय पुनः सुरु गर्न सम्भव नभएमा छुटेका कक्षाहरूको सट्टामा थप सिकाइका अवसरहरू विद्यालय निरन्तरता र पुनर्सञ्चालन योजनामा समावेश गर्न युनिसेफको सुझाब छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलिया भन्छन्–शिक्षकलाई समन्वयकारी भूमिका दिन सुझाब छ

वैकल्पिक विधिबाट भएको पठनपाठनको सिस्टमेटिक अध्ययन गरेका छैनौँ, तर विभिन्न छलफलमा यस विषयमा समीक्षा भएको छ । युनिसेफले सिस्टमेटिक अध्ययन गरेको होला । दूरशिक्षाको पहुँचमा पनि सामाजिक र आर्थिक अवस्थाले प्रभाव पारेको छ । कतै राम्रो प्रभाव र कतै सुधार गर्नुपर्ने देखिन्छ ।

विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन शिक्षकको संयोजन आवश्यक छ भन्ने सुझाब आएका छन् । परिवारको वातावरणले बालबालिको सिकाइ प्रभावित भएको छ । शिक्षकको समन्वयात्मक भूमिका हुनुपर्छ भन्ने सुझाब आएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies