Khabar Dabali Logo
  January 17, Sun

प्रदेश १ मा थपिए ७४ जना कोरोना सङ्क्रमित, तीन जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सुनसरीका ४१, मोरङ र झापाका १४र१४, सङ्खुवासभाका दुई, पाँचथरका एक तथा प्रदेश बाहिरका दुई जना रहेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेहरुमा सुनसरीको इनरुवाका छ महिला र १४ पुरुष, धरानका पाँच महिला र चार पुरुष, इटहरीका पाँच पुरुष, देवानगञ्जका दुई महिला र दुई पुरुष तथा कोशी गाउँपालिकाका तीन पुरुष रहेका छन् । त्यस्तै मोरङको विराटनगरका दुई महिला र पाँच पुरुष, लेटाङका एक महिला र दुई पुरुष, सुन्दरहरैचा र रङ्गेलीका दुई/दुई पुरुषमा सङ्क्रमण देखिएको छ ।

झापाको कमल गाउँपालिकाका दुई महिला र सात पुरुष, मेचीनगरका तीन पुरुष, हल्दीबारीका एक पुरुष, शिवसताक्षीका एक महिला, सङ्खुवासभाको पाँचखपनका एक पुरुष, खाँदबारीका एक महिला, पाँचथरको फाल्गुनन्दका एक पुरुष र प्रदेश बाहिरका एक महिलासहित दुई जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार १०४ पुगेको छ ।

तीन जनाको मृत्यु
यसैगरी पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु् भएको छ । तीमध्ये दुई महिला र एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्युहुनेमा झापाको कमल गाउँपालिकाका एक पुरुष, मोरङको बेलबारी नगरपालिका–५ का ५६ वर्षीय महिला र सिरहा जिल्लाको लहान घर भई विराटनगर–१० बस्ने ६५ वर्षीय महिला रहेका छन् । यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । तीमध्ये प्रदेश नं १ स्थायी ठेगाना भएका २० र अन्य प्रदेशका आठ जना रहेका छन् ।

यो प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरबाट १६, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई र विराट शिक्षण अस्पताल बूढीगङ्गा मोरङ आइसोलेसन केन्द्रबाट दुईजना रहेका छन् । यो प्रदेशमा अहिलेसम्म एक हजार ५१६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज एक हजार ३२७ जनाको पिसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म ८५ हजार २०२ जनाको पिसीआर परीक्षण सम्पन्न भइसकेको छ ।

भदौ १२ गते, २०७७ - १९:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ, म कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल¬नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री...   

सडकका विषयमा विवाद चर्किएपछि वडाध्यक्षमाथी ढुङ्गा प्रहार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उहाँ सख्त घाइते हुनुभएको छ...   

अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   

तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...   
संविधानविद् आचार्य र न्यायाधीशहरूबीच सवाल-जवाफ: ओलीलाई संसद् विघटनको ‘व’ उच्चारण गर्ने अधिकार छैन

संविधानविद् आचार्य र न्यायाधीशहरूबीच सवाल-जवाफ: ओलीलाई संसद् विघटनको ‘व’ उच्चारण गर्ने अधिकार छैन

काठमाडौं । प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। विघटनविरूद्ध...   

ओलीलाई प्रचण्डले भने : तपाई जनताले बनाएको प्रधानमन्त्री हैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षका अध्यक्ष प्रचण्डले...   

प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटे

काठमाडौं । आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई र प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका...   

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौं । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा...   

प्रधानन्यायाधीशले भने- आवश्यक परे संविधान सभामा भएको छलफलको रेकर्ड मगाउँछौं

काठमाडौँ । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर...   

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा बहस सुरु

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । सर्वोच्चको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top