Khabar Dabali Logo
  December 2, Wed

जापानी प्रधानमन्त्री आबेले दिए राजीनामा, भन्छन् ‘जनमतको कदर गर्दै राजीनामा दिएको हुँ’

टोकियो जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिएका छन् । आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताएका छन् ।

उनले आफु अस्वस्थ्य हुदा हुदै पदमा बसिरहनु उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताए।

आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने उनको भनाई छ । पार्टीले प्रधानमन्त्रीको अर्को उम्मेदवार नछान्दासम्म मात्र आफू पदमा बस्ने उनले बताए ।

नयाँ प्रधानमन्त्री छान्ने विषयमा उनको डेमोक्र्याटिक पार्टीले अर्को हप्ता आवश्यक छलफल गरी निर्णय लिने बताइएको छ ।

सन् २०१२ देखि लगातार शक्तिमा रहनु भएका आवे जापानमा सवैभन्दा लामो समय प्रधानमन्त्री भएका नेता हो । उनले यसअघि सन् २००७ मा पनि स्वास्थ्य समस्याकै कारणले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। तर पछि सुधार भएपछि फेरी निर्वाचित भउका थिए ।

पछिल्लो दुई हप्तामा उहाँ दुई पटक अस्पताल गएका छन्। उनी अर्को महिनादेखि ६६ बर्ष लाग्ने भएको छ । उनलाई आन्द्रामा समस्या रहेको र पछिल्लो समयमा समस्या झन झन बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् ।

कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न राम्रोसँग नसकेको भन्दै जापानमा सरकारको लोकप्रियता अहिले केही खस्किएको छ । लोकप्रियता खस्किएको र काम गर्न नसकेको कारणले भने राजीनामा दिन लागेको भनिएको छैन ।

जापानमा प्रधानमन्त्रीले राजीनामा दिएपछि कार्यबहाक प्रधानमन्त्री बनाइने कानुनी व्यवस्था रहेको छ । मन्त्रीपरिषद्मा उहाँपछिको दोस्रो बरियताक्रममा उपप्रधान तथा अर्थमन्त्री रहेका छन् ।

भदौ १२ गते, २०७७ - १६:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कपास उद्योगमा दन्किरह्यो आगो, आएन दमकल

गलकोट । मङ्गलबार साँझ बाग्लुङ जिल्ला सदरमुकामस्थित कपास उद्योगमा आगलागी भयो । आगलागीबाट कपास उद्योग...   

थप १४ सय ९० जनामा कोरोना पुष्टि, १५ सय ६७ जना कोरोनामुक्त

काठमाडौँ । बुधबार नेपालमा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   
नेकपा विवाद अन्त्य गर्न महाधिवेशन आवश्यक छ : गौतम

नेकपा विवाद अन्त्य गर्न महाधिवेशन आवश्यक छ : गौतम

खाँदबारी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद गौतमले पार्टीमा देखिएको विवाद...   

नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

तनहुँ । गृहजिल्ला तनहुँमा पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा...   

सुरु भएकाे केहि समयमै स्थगित भयो नेकपा बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी...   

बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा...   

जापान निवासी सबै नागरिकले कोरोनाको खोप निःशुल्क पाउने

टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक...   

बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति, अर्को सातादेखि आमनागरिकलाई लगाउने

एजेन्सी । बेलायतले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोप प्रयोग गर्न अनुमति...   

काेराेनाकाे कारण श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु

इलाम । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी...   

आजदेखि चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top