Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सरकारले जोखिमयुक्त बस्तीको अस्थायी स्थानान्तरण प्रक्रिया थाल्यो, स्थायी व्यवस्थापनका लागि भौगर्भिक अध्ययन गरिँदै

काठमाडौं । सरकारले मुलुकका विभिन्न क्षेत्रमा जोखिममा परेको समुदायको सुरक्षित आवासका लागि अस्थायी स्थानान्तरण प्रक्रिया थालेको छ । मनसुनजन्य विपद्का कारण जोखिममा परेका समुदायको सुरक्षित बसोबासका लागि अस्थायी बासस्थानको व्यवस्थापन थालिएको छ ।

स्थायी व्यवस्थापनका लागि भौगर्भिक अध्ययन गर्नुपर्ने हुँदा आवश्यक प्रक्रियासमेत शुरु गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसपालि सबैभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकबाट उक्त प्रक्रिया थालिएको हो । सिन्धुपाल्चोकमा विपद्जन्य जोखिमबाट यस वर्ष ५३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जिल्लास्थित विपद् जोखिम व्यवस्थापन समितिमार्फत सिन्धुपाल्चोकमा अस्थायी बसोबासका लागि ६०० त्रिपाल उपलब्ध गराइसकिएको जानकारी दिए । उनका अनुसार अन्य जिल्लाको बस्ती व्यवस्थापनमा समेत आवश्यक कार्यविधि बनाउने चरणमा छ ।

पहिरो प्रभावित तथा जोखिम क्षेत्रका केही मानिस अस्थायी आश्रयस्थलमा बस्न थालिसकेका छन् । अन्य क्षेत्रमा समेत स्थानान्तरणको काम थालिने जनाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा यही भदौ ८ मा राजधानीमा भएको एक बैठकले जोखिमयुक्त बस्तीको प्राविधिक अध्ययन गर्ने र पुनःसर्वेक्षणको काम थाल्ने सहमति भएको छ ।

उक्त छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी थिए । उक्त बैठकमा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले तत्कालको राहत व्यवस्थापन गर्ने र स्थानीय तहले सुरक्षित स्थानमा जग्गाको व्यवस्थापन गर्ने तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भौगर्भिक अध्ययन गर्ने गरी सहमति भएको थियो । सोही सहमतिअनुसार बस्ती व्यवस्थापनमा पुनःनिर्माण प्राधिकरण, शहरी विकास तथा भवन निर्माण विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तोकिएअनुसारका काम अघि बढाउने छन् ।

पुनःनिर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भौगर्भिक अध्ययनको आवश्यक तयारी थालिएको बताए । उनका अनुसार यसअघि विसं २०७२ को भूकम्पका बेला मुलुकभरका २६ जिल्लाका २९९ बस्ती जोखिममा रहेको प्रमाणित भएको थियो । ती बस्तीको स्थानान्तरण प्रक्रिया अहिले पनि जारी छ । झण्डै पाँच हजार लाभग्राहीमध्ये तीन हजार सरिसकेका छन् । यस वर्षको विपद्का कारण विभिन्न क्षेत्रमा क्षति पुगेपछि पुनःभौगर्भिक अध्ययन गर्ने कुरा आएको उहाँले बताउनुभयो । भौगर्भिक अध्ययनमा आवश्यक प्राविधिक सहयोग खानी तथा भूगर्भ विभागबाट लिइनेछ ।

सिन्धुपाल्चोकको लिदीमा ३१ जनाको मृत्यु हुने गरी खसेको पहिरोग्रस्त क्षेत्रलाई भने प्राधिकरणले समूह २ मा राखेको थियो । समूह २ लाई बस्ती स्थानान्तरण गर्नुपर्ने नभई संरक्षण गर्नुपर्ने हुन्छ । उक्त बस्तीमा माथिबाट पहिरो खसेकाले ठूलो क्षति पुगेको उनले बताए। भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले अध्ययन गर्न जाने भन्ने कुरा भए पनि कोरोनाका कारण केही ढिलाइ भइरहेको जानकारी दिए ।

विगतमा सात प्रदेशका आठ बस्ती स्थानान्तरणको जिम्मा लिएको विभागल अध्ययनकै चरणमा राखेको छ । सबैभन्दा समस्या जग्गा व्यवस्थापनमा रहेकाले स्थानान्तरणमा चुनौती देखिँदै आएको गेलालले बताए । सिन्धुपाल्चोकमा गत असार र साउनमा मात्रै बाढी र पहिराका कारण ५३ जनाको मृत्यु भएको तथा २६ जना बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

त्यहाँ १०५ घर पूर्णरुपमा क्षतिग्रस्त छन् । ढकालका अनुसार जोखिम क्षेत्रका बस्तीको अस्थायी स्थानान्तरणका लागि जिल्लाका स्थानीय तह र सरोकार निकायले समन्वयात्मकरुपमा काम गरिरहेका छन् ।

बस्तीको स्थायी व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको अध्यक्षतामा समिति बनेको र त्यसको अध्ययनका आधारमा आवश्यक निर्णय हुने जनाइएको छ । लिदीलगायत क्षेत्रका बासिन्दालाई बाँसखर्कमा अस्थायी आवास निर्माणसमेत भइसकेको छ । यस वर्ष मुलुकभर पहिराका कारण २३० जनाको मृत्यु भएको छ भने ५५ जना बेपत्ता छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies