Khabar Dabali Logo
  December 5, Sat

लमजुङमा एक सञ्चारकर्मीसहित २ जनामा कोरोना सङ्क्रमित

लमजुङ । जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सङ्क्रमित हुनेमा बेँसीशहर नगरपालिका–८ बस्ने २७ वर्षीय पुरुष र मस्र्याङ्दी गाउँपालिका–४ का ३१ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । सङ्क्रमित महिला भने करिब पाँच दिनअघि भारतबाट आएका थिए । उनी पालिकाको क्वारेन्टिनमा बसेका थिए ।

सङ्क्रमित सञ्चारकर्मीलाई बेँसीशहर नगरपालिका–७ मा रहेको शहरी विकास भवनमा निर्माण गरिएको आइसोलेशन र महिलालाई भने बेँसीशहरमै रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

जिल्लामा हालसम्म ११ महिलासहित १४५ जना कोरोना सङ्क्रमित भएकामध्ये नौ जना महिलासहित १११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । हाल दुई महिला र ३२ जना पुरुष गरी ३४ जना जिल्लाको विभिन्न आइसोलेशनमा उपचारत रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

भदौ १२ गते, २०७७ - १४:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा स्थायी कमिटी आइतबार तय

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले...   
निगमको ९० दिन भण्डारण परियोजना कार्य सुरु

निगमको ९० दिन भण्डारण परियोजना कार्य सुरु

काठमाडौँ । नेपाल आयल निगमको कार्यक्रमले निर्दिष्ट गरेको सिलिगुरी–झापा पट्र«ोलियम पाईपलाईन परियोजना...   

बलात्कार अभियुक्त डेढ वर्षपछि पक्राउ

सिमकोट । हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेका आरोपमा फरार दुई अभियुक्तलाई...   

नेताले महाधिवेशन कुर्नुपर्छ : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन...   

पेट्रोलियम पम्प भाडामा लगाउन नपाइने

कााठमाडौँ । पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न...   

मध्यपहाडी लोकमार्ग दैनिक साढे तीन घण्टा बन्द

पर्वत । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पर्वतखण्ड विस्तार गर्न...   

प्रहरी र कर्मचारीका लागि स्वास्थ्य सामग्री वितरण

सप्तरी । राजविराज कारागारमा रहेका बन्दी, प्रहरी र कर्मचारीका लागि राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी...   

युनिसेफद्वारा २०२१ का लागि ६ अर्ब ४० करोड डलर बजेट अनुरोध

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४०...   

इटालीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा

रोम । इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा...   

४६ किलोमिटर सडक कालोपत्र

मोरङ । बन्दाबन्दीको समयमा सङ्घीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालय विराटनगरले ४६ किलोमिटर सडक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top