Khabar Dabali Logo
  November 30, Mon

पार्टी भित्र निर्वाचन नभए काँग्रेस ५० बर्ष प्रतिपक्षमा रहन्छ : अजाद

नयाँ दिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्किदै गएको छ । पार्टीको एउटा समूहले तत्काल गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व चयन गर्नु पर्नेमा जोड दिएको छ भने अर्को पक्षले गान्धी परिवारकै नेताले पार्टीको नेतृत्व गर्नुपर्ने अडान लिएका छन् ।

नेतृत्व चयन गर्न केहीदिन अगाडि बसेको केन्द्रिय समितिको बैठक पनि अनिर्णित हुदै सकिएपछि थप पार्टी भित्र निराशा बढेको पाइएको छ । पार्टीलाई तत्काल पूर्णकालिन र देखिने नेतृत्वको आवश्यकता रहेको बताउदै आएका वरिष्ठ नेता गुलाम नावी अजादले पार्टीमा तत्काल निर्वाचन नभए काँग्रेस ५० वर्ष प्रतिपक्षमा रहने बताए ।

असन्तुष्टि व्यक्त गर्दै पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई केही दिन पहिले पत्र लेख्ने नेताहरु मध्यका एक अजादले पार्टी भित्र तत्काल नेतृत्वको आवश्यकता रहेकोमा फेरी जोड दिएका हुन् ।

निर्वाचित संरचना पार्टीमा बन्यो भने मात्रै त्यसले संगठन निर्माण र परिचालन गर्न सक्ने र र निर्वाचनमा पनि राम्रो नतिजा उनको भनाई छ ।

तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि भारतीय काँग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ । गत सोमबार बसेको केन्द्र्रिय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भएपनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुन्जेलसम्मका लागि गान्धीले नै अन्तरिम अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्ने भएका छन् ।

नयाँ अध्यक्ष चयन हुनका लागि छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने नेताहरुले बैठकमा बताएका थिए ।

भारतीय काँग्रेसमा अझै पनि धेरै नेता तथा कार्यकर्ताहरुले राहुल गान्धीलाई नै अध्यक्ष बनाउनु पर्नेमा जोड दिएका छन् भने उनले अस्विकार गर्दै आएका छन् । गएको आम निर्वाचनमा पार्टीलाई सवैभन्दा धेरै निर्वाचन क्षेत्रबाट जिताउन नसकेपछि नैतिक जिम्मेबारी लिदै उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा केही समय अस्विकृत हुदै उनलाई नै अध्यक्षमा कायम गर्नुपर्ने माग उठिरहेपनि उनले अस्विकार गरेपछि पार्टीकी पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाइएको हो ।

उनलाई सन् २०१९ को अगस्ट १० तारिखका दिन केही समयका लागि भनेर अन्तरिम अध्यक्ष बनाइएको हो ।

भदौ १२ गते, २०७७ - १४:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुआत भएको छ : मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले स्वास्थ्य...   

तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक

लमजुुङ । यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको...   

हेलिकप्टरबाट सुत्केरीको उद्धार

भोजपुर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट...   

१७ वर्षीय सुजनको हत्या गरिएका अवस्थामा शव फेला

इनरुवा । पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या...   

पोखरामा भेन्टिलेटर बैंक स्थापना अभियान

पोखरा । पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ । हालै...   
एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता...   

गैँडा मर्ने क्रम बढेसँगै मृत्युबारे समितिले छलफल थाल्यो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक...   

सीमा क्षेत्रको फालोटमा पर्यटकको चाप

पाँचथर । सडक पुगेपछि फालोटको आकर्षक सीमा क्षेत्रमा पर्यटकको चाप बढे पनि नेपालले भने कुनै लाभ लिनसकेको...   

१ गतेदेखि सुनको मुल्यमा लगातार गिरावट, आज पनि घट्यो सुनको मुल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु...   

२०२२ मा नेपालमा पर्यटक निकै बढ्ने : मन्त्री भट्टराई

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top