Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अकबरे खुर्सानीमा नयाँ रोग

रसुवा । रोगले अकबरे (खुर्सानी) सखाप भएपछि किसान चिन्तित बनेका छन् । व्यावसायिक खेतीमा लागेका किसानको अकबरे रोगले सखाप बनाएपछि उत्पादन घटेको छ । अकबरेको डाँठ कुहिने र बोट ओइलाउँदै जाने एउटा रोग देखिएको छ भने अर्को अकबरेको जरा ओइलाउने र एक्कासी कुहिने रोग देखिएको हो ।

यस वर्ष रोगले अकबरेबाट आम्दानी आधा हुने इलाम नगरपालिकाका अकबरे किसान डिल्ली चापागाईंको भनाइ छ । गएको वर्ष अकबरेबाट रु डेढ लाख कमाइ भएकामा यस वर्ष रु ५० हजार मात्र हुने उनको अनुमान छ । “डाँठ कालो भएर कुहिने रोगले सबै सखाप पारेको छ ” चापागाईंले भने,“बढी पानी र हुस्से परेकाले होला उत्पादन ह्वात्तै घटेको छ ।” गएको वर्ष एक हजार बिरुवा लगाएकामा करिब डेढ/दुई सय बिरुवाले मात्र उत्पादन दिँदै गरेको चपागाईंको भनाइ छ ।

किसानले मौसम बदली भएर अकबरे मासिएको भने पनि प्राविधिक र विज्ञले भने नयाँ रोग भित्रिएको बताएका छन् । गत फागुनमा ८०० बिरुवा अकबरे खेती गर्नुभएका सूर्योदय नगरपालिका–९ का किसान एवं प्राविधिक खेमराज भट्टराईले सबै बोट कुहिएको दुखेसो सुनाए । रोगले अकबरे सखाप भएपछि अकबरे लगाएको बारीमा फूलगोभी खेती गरिएको भट्टराईको भनाइ छ ।

“फेद कुहिने रोगले अकबरे सबै सकियो”, भट्टराईले भने,“ गएको वर्षसम्म खासै रोग थिएन यस वर्ष एकैचोटि रोग देखियो ।” पराम्परागत विधि अपनाएर खेती गरेकाले नयाँ रोगले आक्रमण गरेको भट्टराईको भनाइ छ ।

वैकल्पिक उपाय अपनाउँदा आशा देखियो

नयाँ प्रविधि अपनाउँदा अकबरेमा रोगको सङ्क्रमण कम देखिएको किसान र विज्ञको भनाइ छ । माटोमा प्लाष्टिकको प्रयोग गरेर ड्याङ बनाई खेती गर्दा केही प्रभावकारी देखिएको उनीहरूको भनाइ छ । “नयाँ प्रविधि अपनाएको अकबरे चाहिँ केही रह्यो”, किसान भट्टराईले भने, “हामीले गरेको नयाँ प्रविधिको सामूहिक खेती चाहिँ अथवा जस्तो देखिएको छ ।” भट्टराईका अनुसार सूर्योदय–३ मा भूल्के खोला सिँचाइ आयोजनाअन्तर्गत गरिएको खेतीबाट चाहिँ किसानले आंशिक फाइदा लिइरहेका छन् । एकतीस जनाको खेती रहेको सो बगानमा पहिलो चरणमै तीन मन उत्पादन बेचिसकिएको छ । अकबरे रोगकै चपेटामा परे पनि शुरुआती समयमै औषधि लगाउँदा उत्पादन दिएको भट्टराईको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies