Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बन्दाबन्दीमै रेलको कामले गति लिँदै

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण छल्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि नै जारी गरेको कफ्र्यू (निषेधाज्ञा) आदेशको अवधि थपेको छ । भदौ १ गतेदेखि १० दिनलाई जारी गरिएको कफ्र्यू पछिल्लो पटक पाँच दिन थपिएको छ ।

बन्दाबन्दीको यो अवस्थाभित्रै जयनगर–जनकपुर–बर्दिवास रेल्वेको निर्माण कार्यमा भने कामदार अहोरात्र लागेका देखिँदा छन् । ठूला टिपर माटो ओसारिरहेका छन् भने लिक ओछ्याइने ठाउँमा सम्याउने मेसिनले माटो मिलाइरहेका छन् । बन्दाबन्दीकै बीच महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित प्रस्तावित बिजलपुरा स्टेसन पुगेका सञ्चारकर्मीसँग माटो, ग्रेवल ओछ्याउने र पुलपुलेसाको कामको जिम्मेवारी लिएको कालिका रमण जेभी कम्पनीका परियोजना प्रबन्धक रामविनोद मण्डलले भने, “हाम्रो जिम्मेवारीको काम दुई महिनाभित्र सम्पन्न गर्नेछौँ ।”

जयनगर–जनकपुर–बर्दिवास रेल्वेको ६९ किलोमिटर दूरीमध्ये अहिले जयनगरदेखि भङ्गाहा–५ को बडहरी नदीसम्मको ५२ किलोमिटर दूरीभित्र कतै निर्माण काम सम्पन्न भएका छन् र कतै निर्माणको चरणमा छन् । जयनगरदेखि कुर्थासम्म ३४ किलोमिटरभित्रको निर्माण कार्य सम्पन्न भएर अब रेल चल्ने तयारीमा पुगेको छ । कुर्थादेखि भङ्गाहा–५ बडहरी नदीसम्मको १८ किलोमिटरमध्ये प्रस्तावित बिजलपुरा स्टेसनबाट कुर्थासम्मको १७ किलोमिटर दूरीमा अब लिक ओछ्याउने चरणमा काम पुगेको छ । बिजलपुरा स्टेसनबाट बडहरी नदीसम्मको करिब एक किलोमिटर दूरीमा भने माटो ओछ्याउने र सम्याउने काम भइरहेको मण्डलले जानकारी दिए ।

“हेर्दै हुनुहुन्छ, हामी अहिले माटो भर्ने र सम्याउने काम गर्दैछौँ”, मण्डलले भने, “अब दुई महिनाभित्रै पहिलो पत्रको ब्लाईकेटिङ (ग्रेवल) ओछ्याइसक्नेछौँ, त्यसपछि कामको अर्को चरण प्रवेश गर्नेछ ।” कुर्थादेखि बिजलपुरासम्ममा दुईवटा ससाना पुलेसा (कल्भर्ट) बाहेक अन्य ठूला पुल बनिसकेको हुँदा अब पटरी ओछ्याएर लिक जडान गर्ने चरणमा काम पुगेको मण्डलको भनाइ छ ।

जयनगरदेखि बर्दिवाससम्मको कूल ६९ किमीमध्ये काम सम्पन्न भएको ३४ किमी र काम भइरहेको १८ किमी दूरीभित्र मुख्य निर्माण कम्पनी (भारतीय) इर्कोन इन्टरनेसनलमातहत दुईवटा नेपालका निर्माण कम्पनीले प्रारम्भिक काम (माटो ओछ्याउने, सम्याउने, ग्रेवल ओछ्याउने र ससाना पुलेसा बनाउने) को जिम्मा पाएका हुन् । त्यसमध्ये जयनगरदेखि कपलेश्वरसम्म नायफ इन्फ्रास्ट्रक्चर कम्पनीको क्षेत्रमा सबै निर्माण कार्य नै सम्पन्न भइसकेको र आफ्नो जिम्मेवारीको कपलेश्वरदेखि बडहरी नदीसम्मको काममध्ये अब प्रारम्भिक काम एक किलोमिटर दूरीको मात्र बाँकी रहेको कालिका रमण जेभीका परियोजना प्रबन्धक मण्डलको भनाइ छ ।

जयनगर–जनकपुर–बर्दिवास रेल्वेको जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटर दूरीको निर्माण काम सम्पन्न भएर रेल सञ्चालनको चरणमा पुगेको छ । पछिल्लो कालमा रेलका डब्बा र इञ्जिन किनिएर सीमावर्ती भारतको रेल्वे जक्सनमा आइपुगेको रेल विभागले जनाएको छ तर कोरोना सङ्क्रमणको सन्त्रास छल्न नेपाल/भारत दुवैतिर बन्दाबन्दीको अवस्था रहेको र रेल सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति व्यवस्थापनको काम नटुङ्गिएको हुँदा केही विलम्ब भएको विभागका महानिर्देशक बलराम मिश्रले बताए । यद्यपि सन् २०२० भित्रै जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन भइसक्ने मिश्रको भनाइ छ । “जयनगरदेखि कुर्थासम्म हामी रेल सञ्चालनको चरणमा पुगेका छौँ, कुर्थादेखि बिजलपुरा स्टेसनसम्म धमाधम निर्माणका काम भइरहेका छन्”, महानिर्देशक मिश्रले टेलिफोन सम्वादमा जनाए, “यस खण्ड (कुर्थादेखि बडहरी नदीसम्म) को काम पनि यसै आर्थिक वर्षभित्रै सम्पन्न हुने विश्वास छ ।”

कुर्थादेखि बिजलपुरा स्टेसन नजिकको बडहरी नदीसम्म धमाधम काम भइरहे पनि भङ्गाहा–५ को बडहरी नदीदेखि बर्दिवाससम्मको कामको भने अझै चालचुल नै देखिँदैन । भङ्गाहा–५ को बडहरी नदीबाट बर्दिवाससम्मको खण्डमा अझै जग्गा मुआब्जा प्रकरण टुङ्गोमा नपुग्दा यस खण्डमा निर्माण काम अघि बढ्न नसकेको विभागले जनाएको छ । यस खण्डमा भङ्गाहा–४ र बर्दिवास–६ र ७ (साविक किसाननगर गाविस) को मुआब्जा निर्धारण भइसके पनि जग्गाधनीले रकमको दावी नै गरेका छैनन् । यस खण्डको बर्दिवास–१ (साविक बर्दिवास गाविस) र धनुषा जिल्लाको मिथिला नगरपालिका–९ र १० (साविक बेङ्गाडावर गाविस) को मुआब्जा निर्धारण हुन नसक्दा काम अघि नबढेको हो ।

मुआब्जा निर्धारणका लागि सरकारलाई सिफारिस गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लास्तरीय मुआब्जा निर्धारण समिति रहने व्यवस्था छ । अहिले बर्दिवासको मुआब्जा टुङ्ग्याउन विभिन्न सरोकारवाला पक्षसँग समन्वय गरेर मुआब्जा निर्धारण गरेर सिफारिस गर्ने तयारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् । “बर्दिवासको मुआब्जा निर्धारणका लागि निर्णायक छलफलमा छौँ”, प्रमुख जिल्ला अधिकारी कटुवालले भने, “धनुषासँग पनि समन्वय गरिँदैछ, यो काम चाँडै टुङ्गिने क्रममा छ ।” मुआब्जा निर्धारणको काम टुङ्गिने बितिक्कै यो खण्डमा निर्माण कार्यको प्रक्रिया शुरु हुने रेल विभागले जनाएको छ ।

भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा जयनगर–जनकपुर–बर्दिवास ब्रोडगेज रेल्बे विस्तारको काम सन् २०१४ मा शुुरु गरिएको हो । शुरुमा सन् २०१७ भित्रै काम सम्पन्न गर्ने लक्ष भए पनि बीचबीचमा भएका आन्दोलन, भूकम्प र पछिल्लो चरणमा कोरोना सङ्क्रमणको सन्त्रासले निश्चित समयभित्र काम सम्पन्न हुन नसकेको विभागले जनाउँदै आएको छ ।

विसं १९९४ शुरु भएको बिजलपुरा (भङ्गाहा महोत्तरी)–जनकपुर(धनुषा)–जयनगर (भारत) ५१ किमी रेलमार्ग २०५८ सालमा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । यो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies