Khabar Dabali Logo
  December 2, Wed

स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गरिँदै

विदुर । जिल्लाका स्थानीय तहमा १० श्य्याको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना जोखिम हुन नदिन जिल्लाका १२ वटै स्थानीय तहलाई आइसोलेशन कक्ष निर्माण गर्न आग्रह गर्ने निर्णय गरेको हो । बैठकले शिवपुरी गाउँपालिकामा कोरोना जोखिम हुन नदिन आज साँझ ६ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय समेत गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो गाउँपालिकामा ७ जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको संयोजकत्वमा बसेको बैठकले औषधि उपचार, खाद्य वस्तु खरिद र आफ्नै खेतवारीमा कृषिजन्य कार्य लगायतका आवश्यक काम बाहेक अन्य काममा घरबाट ननिस्कन आग्रह गरेको छ ।

प्रजिअ ढकालले खाद्यन्न पसल बिहान ६ देखि १० बजेसम्म मात्र खोल्न पाउने जानकारी दिए । बैठकले निषेधाज्ञा कार्यन्वयन तथा सीमा नाकालाई थप व्यवस्थित बनाउन गाउँपालिकाको रोल्चे नाकामा सशस्त्र प्रहरी बल परिचालन गर्ने निणर्य समेत गरेको छ ।

यही भदौ ९ गते बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायात र निजी सवारी साधनको सञ्चालनमा थप कडाई गर्ने निर्णय गरेको छ ।

भदौ १२ गते, २०७७ - १३:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खलङ्गा समाचारः रारा राष्ट्रिय निकुञ्जमा आउन थाले विदेशी चरा

खलङ्गा । मुगुस्थित रारा राष्ट्रिय निकुञ्जमा चिसो छल्न विदेशी चराहरू भित्रिन थालेका छन् । युरोप, साइबेरिया,...   

कपास उद्योगमा दन्किरह्यो आगो, आएन दमकल

गलकोट । मङ्गलबार साँझ बागलुङ जिल्ला सदरमुकामस्थित कपास उद्योगमा आगलागी भयो । आगलागीबाट कपास उद्योग...   

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु

मङ्गलबारे । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न...   

धार्मिक पशुपति क्षेत्रका संरचना विकास गरिने : योगेशकुमार भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले विश्वभरका धार्मिक पर्यटकलाई...   
बेपत्ता भएका व्यक्तिका लागि छानबिन आयोगको टोली बझाङमा

बेपत्ता भएका व्यक्तिका लागि छानबिन आयोगको टोली बझाङमा

बझाङ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली बझाङ आइपुगेको छ । आयोगका अध्यक्ष युवराज...   
उचित मूल्य नहुँदा तेजपात उत्पादक कृषक मारमा

उचित मूल्य नहुँदा तेजपात उत्पादक कृषक मारमा

उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको...   

चिनियाँ मानवरहित अन्तरिक्ष यान चन्द्रमामा अवतरण

बेइजिङ । चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले बुधबार घोषणा गरेको...   

कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुनुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा...   

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक...   

अमेरिकामा एक हप्ताभित्रै कोरोना बाट १० हजार व्यक्तिको मृत्यु

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top