Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

‘रुपा गौतम हत्याकाण्ड’ ६ वर्ष बित्दासमेत पत्ता लागेन हत्यारा

बागलुङ । वर्षेनि बागलुङवासीले ‘रुपा गौतम हत्याकाण्ड’ सम्झन्छन् । विसं २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै गौतमको हत्या भएको थियो । हत्या भएको छ वर्ष बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन । प्रहरी अनुसन्धान सुस्ताएको छ । न्यायको आवाज पनि मधुरो हुँदै गएको छ ।

काठेखोला गाउँपालिका–६ मा व्यवसाय गरी बस्ने ३६ वर्षीय गौतमको धारिलो हतियार प्रयोग गरी विभत्स ढङ्गले हत्या गरिएको थियो । हत्यास्थल बागलुङ नगरपालिका–३ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्छ । गौतम हत्या प्रकरणमा रहस्यको पर्दा अझै उघ्रेको छैन । घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलेसमेत अनुसन्धान गरिसकेको छ । हत्यालगत्तै प्रहरीले अनुसन्धान थालेपनि पीडितपक्षले अझै न्याय पाउन सकेको छैन ।

जिल्लामा नयाँ आउने प्रहरी प्रमुखले अनुसन्धानलाई टुङ्गोमा पुर्याउने र दोषी पत्ता लगाइ छाड्ने आश्वासन दिने गरेपनि त्यो त्यतिमै सिमित बन्न पुगेको छ । दुई वर्षअघि तत्कालिन प्रहरी उपरीक्षक दीपक रेग्मीले अनुसन्धान हत्याराको नजिक पुगेको बताए । उनले ९९ प्रतिशत अनुसन्धान सकिएको र छिट्टै अपराधी सार्वजनिक गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । तर, सरुवापछि जिल्ला छाडेर जाँदा उहाँले ‘रुपा हत्या काण्ड’का दोषी पत्ता लगाउन नसकेकामा दुःख व्यक्त गरेका थिए । त्यतिबेला प्रहरीले घटनाका सम्भावित अभियुक्त भारतमा रहेकाले पक्राउ गर्न नसकिएको बताएको थियो । त्यसयता आउने नयाँ प्रहरी प्रमुखले पनि उक्त हत्या प्रकरणबारे धेरै प्रश्नको सामना गर्नुपरिरहेको छ ।

वर्षौँसम्म पनि दोषी भेटाउन नसकेकामा अधिकारकर्मी र नागरिक समुदायबाट बेलाबेला प्रहरीको आलोचना हुने गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले अनुसन्धान जारी रहेपनि कुनै उपलब्धि हाँसिल नभएको बताए । “अहिले पनि अनुसन्धान अधिकृत तोकेर उक्त घटनामा अनुसन्धान भइरहेको छ”, उनले भने, “मैले पनि पहिलेको मिसिल हेरे, सिआइबीको अनुसन्धान प्रतिवेदन पनि अध्ययन गरे तर नयाँ प्रगति केही छैन ।”

शङ्कास्पद देखिएका कतिपय व्यक्ति नेपालमा नरहेका कारण अनुसन्धान बीचमै अड्किएको उनको भनाइ छ । “घटनाको फ्लोअप भइरहेको छ”, प्रउ चौधरीले भने, “एक दिन सबै यथार्थ खुल्छ, समय भने लाग्न सक्छ ।” अधिवक्ता एवम् अधिकारकर्मी राम शर्माले अनुसन्धानमा प्रहरी अलमलिएको उल्लेख गरे । “प्रहरी अपराधीको नजिक नपुगेको होइन, तर के कारणले हो अहिलेसम्म दोषी सार्वजनिक हुन सकेको छैन”, उनले भने ।

हत्याजस्तो जघन्य अपराधको अनुसन्धानमा प्रहरी चुक्नु दुर्भाग्यपूर्ण भएको अधिवक्ता शर्माको भनाइ छ । “प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर पुनः शुरुदेखि अनुसन्धान थाल्नुपर्छ”, उनले भने, “यो घटनाले न्याय हराएको जस्तो अनुभूति हामी सबैलाई भएको छ ।” घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले कैँयन व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएर छाडेको थियो । घटनाको प्रकृति हेरेपछि पेसेवर अपराधीबाटै गौतमको हत्या भएको निचोडमा प्रहरी पुगेको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies