Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

इटलीको गल्ती नदोहोर्‍याऊँ, उपचार नपाएपछि सांसदलाई फोन

काठमाडौं । दृष्टान्त १ -इटलीमा कोभिड लागेका र नलागेका बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा दर्जनौं स्वास्थ्यकर्मी संक्रमित भए । कतिपयको ज्यान गयो। अस्पतालमा संक्रमण फैलिँदा अन्य व्यक्ति पनि संक्रमित हुन पुगे ।

दृष्टान्त २

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - लाइबेरियामा ६ वर्षअघि इबोला संक्रमित र अन्यको एउटै अस्पतालमा उपचार गर्दा समस्या थपियो । संक्रमणबाट चिकित्सकको पनि मृत्यु भयो ।

०००

संक्रामक रोगका र अन्य बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा उत्पन्न जटिलताका दृष्टान्त हुन् यी । नेपालमा कोरोना संक्रमणको तीव्रतासँगै मृत्युदर पनि बढेको जनाउँदै सरकारले मुलुकभरका अस्पताल कोभिड अस्पताल भएको घोषणा गरेको छ । कोरोना नलागेका गर्भवती, दीर्घरोगीलगायत अन्य आकस्मिक समस्या भएका बिरामी भने उपचारबाट वञ्चित भएका छन् ।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी सबै अस्पताललाई कोभिड अस्पताल घोषणा गर्नु उपयुक्त नभएको बताउँछन् । ‘कोरोना संक्रमितका साथै कोरोनाबाहेक अन्य बिरामीलाई पनि उपचार गर्नुपर्छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशकसमेत रहेका डा. मरासिनी भन्छन्, ‘कोभिड र नन्कोभिड अस्पतालका रूपमा स्वास्थ्य संस्था छुट्टाएर उपचार व्यवस्था मिलाउनु पर्छ ।’

उनका अनुसार इटलीको स्वास्थ्य मन्त्रालयले हामीले जे गल्ती गर्‍यौं अरू देशले नगर्नू है भनेर अनुरोध गरेको छ । भन्छन्, ‘लाइबेरियामा पनि इबोला संक्रमण हुँदा एउटै अस्पतालमा सबैलाई उपचार गर्दाको घटनाबाट सिक्नुपर्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल कोरोना र अन्य बिरामीलाई छुट्टाछुट्टै अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताउँछन् । ‘कोभिड नलागेका गर्भवती, सर्जरी वा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि छुट्टै अस्पताल तोक्दा स्वास्थ्यकर्मी संक्रमित हुने जोखिम पनि हुँदैन । अन्य बिरामी पनि ढुक्क भएर सेवा लिन पुग्छन्’, उनी भन्छन् ।

सरकारले निजी क्षेत्रका स्वास्थ्य संस्था, खाली भएका विभिन्न व्यापारिक भवनलाई ‘नन्’ कोभिड अस्पतालका रूपमा घोषणा गर्न सक्ने उनको सुझाव छ । ‘प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकीको संरचना छ । त्यहाँका स्वास्थ्यकर्मीलाई नै तालिम दिन सकिन्छ’, उनी भन्छन्, ‘ती संस्थामा जँचाएपछि बिरामीलाई कोभिड लागेका र नलागेका छुट्ट्याई सोहीअनुरूप उपचार व्यवस्था मिलाउन सकिन्छ ।’

सिन्धुपाल्चोककी एक महिला उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) र ओम अस्पताललगायतमा पुगिन् । तर, अस्पतालले कोभिडको आशंकामा भर्ना लिएनन् । अन्त्यमा उनी त्रिवि शिक्षण अस्पतालमा पुगेकी थिइन् ।

मन्त्रालयका डा. तारानाथ पोखरेल जुनसुकै बिरामी भए पनि अत्यावश्यक सेवा दिनुपर्ने बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयको अनुरोधलाई कतिपय निजी अस्पतालले पालना नगरेको पनि पाइयो। सेवा रोकेर नागरिकको अधिकारबाट बञ्चित गराउन पाइँदैन’, उनी भन्छन् ।

उनका अनुसार बिरामीको समयमै उपचार नगर्ने, आर्थिक अवस्था हेरेर भर्ना लिने वा नलिने निर्णय निजी अस्पतालले गरेको गुनासो आइरहेको छ । ‘लिखित रूपमा कारबाहीको उजुरी आए छानबिन गरी कारबाही गर्छौं’, उनी भन्छन् । विपन्नका लागि १० प्रतिशत शय्या छुट्ट्याउने लिखित प्रतिबद्धता निजी अस्पतालले गरेको छ ।

मौलिक हकै उल्लंघन

आधारभूत स्वास्थ्य सेवा पाउने हकलाई नेपालको संविधानमा मौलिक हकमा राखिएको छ । धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गर्न नहुने उल्लेख छ ।

त्यस्तै स्वास्थ्य सेवामा समान पहुँचको हक हुने कुरा समेत मौलिक हकमा उल्लेख छ । त्यस्तै, जनस्वास्थ्य सेवा ऐन २०७५ मा आकस्मिक एवं आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको छ ।

आपत्कालीन अवस्था परी जीवन जोखिमयुक्त भएको अवस्थामा जोखिमुक्त गर्न, जीवन वा अंगभंग गुम्नबाट बचाउन राज्यले तत्काल सेवा दिनुपर्ने डा. प्याकुरेल बताउँछन् । स्वास्थ्य सेवा प्रदान गर्न अस्वीकार गरे २५ देखि ५० हजारसम्म जरिवानाको व्यवस्था ऐनले गरेको छ ।

मन्त्रालयका डा. पोखरेल स्वास्थ्य सेवा मौलिक हकका रूपमा परिभाषित गरिएकाले नागरिकलाई उपचार सेवा प्रवाह गर्नु राज्यको दायित्व भएको बताउँछन् । ‘स्वास्थ्य सेवा जसरी पनि र जहाँ पनि उपलब्ध गराउनुपर्छ’, उनी भन्छन् ।

उपचार नपाएपछि सांसदलाई फोन

सांसदहरूलाई पछिल्ला दिनमा आउने अधिकांश फोन बिरामीका हुन्छन् । बिरामीहरू आफूले उपचार नपाएको गुनासो सांसदलाई गर्छन् । तिनै गुनासो सुनिरहने सांसदमध्ये एक हुन्, जयपुरी घर्ती । उनी प्रतिनिधिसभाअन्तर्गत स्वास्थ्य तथा शिक्षा समितिकी सभापति हुन् ।

उनका अनुसार अस्पतालले शय्या उपलब्ध नगराएको, अत्यावश्यक जाँच नगरेको, सुत्केरीलाई बेवास्ता गरेको गुनासो दिनहुँ आइरहेको छ । केही अस्पतालले बिरामीलाई नहेरेको उनको ठहर छ ।

‘बिरामीले उपचार नपाएको गुनासो अरू साथीहरू (सांसद)लाई पनि जनताले गरिरहेका छन् । मलाई पनि यस्ता फोनहरू आउँछन् । सकेसम्म उपचारको व्यवस्था मिलाउने गरेका छौं । तर, सधैंभरि यसरी चल्दैन’, सभापति घर्तीले भनिन्, ‘बिरामीलाई सामान्य ढंगले उपचार गर्ने वातावरण मिलाउनु पर्छ । सामान्य बिरामीको हकमा त केही भएन तर कतिपय गम्भीर बिरामी पनि बेवास्तामा परेका छन् ।’

कोभिड–१९ लामो समय जाने देखिएका कारण अस्पतालहरूले बिरामीलाई सामान्य ढंगले उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने, यसमा सम्बन्धित निकायको ध्यान जानुपर्ने उनको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies