Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सत्याग्रह रोक्न डा. गोविन्द केसीलाई होटेलमै ‘नजरबन्द’

निषेधाज्ञा लागू भएकाले कसैलाई बाहिर निस्कन नदिइएको प्रशासनको भनाइ

काठमाडौं। चिकित्सा शिक्षामा सुधार र सुशासनको मागसहित सत्याग्रह सुरु गर्न लागेका डा. गोविन्द केसीलाई प्रहरीले होटेलमै ‘नजरबन्द’मा राखेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रहरीको अवरोधका कारण उनले एक साताका लागि सत्याग्रह स्थगित गरेका छन् । बिहीबारदेखि सत्याग्रह सुरु गर्न लागेका डा. केसीलाई जुम्ला सदरमुकामस्थित होटेलबाट प्रहरीले बाहिर निस्कनै नदिएपछि सत्याग्रह स्थगित गरेका हुन् ।

अनशन स्थगित गरेपछि मात्र प्रहरीले होटेलबाट निस्कन दिएको उनीसँगै रहेका विद्यार्थी महेन्द्र कार्कीले बताए । आफूसँग विगतमा भएका सम्झौता लागू नगरेको तथा चिकित्सा क्षेत्रमा सुधार नभएको भन्दै उनले सत्याग्रहको अल्टिमेटम दिँदै आएका छन् । एक साता सत्याग्रह स्थगित गरेका डा. केसीले कुनै पनि वेला सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

११ साउनमा तीन बुँदे मागसहित सरकारलाई तीन साताको अल्टिमेटम दिएका थिए । एक महिना बित्दा पनि केही प्रगति नभएपछि उनी सत्याग्रहमा बस्न लागेका हुन् । तर, प्रहरीले होटेलबाटै निस्कन नदिएपछि उनले स्थगित गरेको उनका सहयोगीले बताएका छन् । उनी बसेको होटेलको गेटमा सशस्त्र प्रहरी समेत तैनाथ गरी उनलाई रोकिएको थियो ।

प्रहरीले भने जिल्लामा निषेधाज्ञा लागू भएकाले कसैलाई बाहिर निस्कन नदिइएको जनाएको छ । जुम्ला प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निषेधाज्ञा सबैलाई लागू हुने भएकाले सोही निर्णय कार्यान्वयन गरिएको बताए ।

सत्याग्रह स्थगनपछि डा. केसीले विज्ञप्ति निकाली प्रधानमन्त्री मेडिकल माफियासँग साँठगाँठ रहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीको अनैतिक दम्भ र माफियाहरूसँगको साँठगाँठकै कारण कर्णालीमा एमबिबिएस अध्ययन सुरु हुन नसकेको उनको भनाइ छ ।

‘दुई वर्षअगाडि यही समयमा जुम्लामा सुरु भएको सत्याग्रह सरकारसित सम्झौता भएपछि टुंगिएको थियो । सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनका विभिन्न बुँदामा सुधार गर्नुपर्नेमा सरकारले त्यसपछि मेडिकल माफियालाई पोस्ने गरी जबरजस्ती उक्त ऐन जारी गर्‍यो,’ उनको विज्ञप्तिमा छ, ‘जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबिबिएसलगायतका कार्यक्रम सुरु गर्ने भनिएकोमा दुई वर्ष बितिसक्दा समेत त्यसो हुन सकेको छैन ।

उल्टै सरकार र सत्ताधारी दलका मानिसहरू काठमाडौंमा हुने मेडिकल शिक्षाको व्यापारका लागि कर्णालीजस्ता दुर्गमका प्रतिष्ठान असफल पार्न खुलेर लागेका छन् । आफै कुलपति भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध ल्याउने प्रधानमन्त्री ओलीको आफ्नै अनैतिक दम्भ र माफियाहरूसितको साँठगाँठका कारण अहिलेसम्म कर्णालीमा एमबिबिएस कार्यक्रम सुरु गरिएको छैन ।’

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा आठ वर्षदेखि वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने परिपाटी बसेकोमा यसपटक सरकारले उक्त आधार भत्काएर दलीय भागबन्डालाई ब्युँताउन खोजेकामा डा. केसीले विरोध गर्दै आएका छन् । आइओएममा जुनियर रहेकी डा. दिव्या सिंहलाई डिन नियुक्त गरिएको थियो । उनी प्रधानमन्त्री ओलीकी निजी चिकित्सक हुन् ।

दुई वर्षअघि पनि डा. केसीले जुम्लामा सत्याग्रह गरेकोमा सरकारसित सम्झौता भएपछि टुंगिएको थियो । सो सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनका विभिन्न बुँदामा सुधार गर्नुपर्नेमा सरकारले त्यसपछि मेडिकल माफियालाई पोस्ने गरी जबर्जस्ती उक्त ऐन जारी गरेको डा. केसीको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारका मानिसहरू अहिले पनि कर्णाली जस्ता सरकारी प्रतिष्ठानलाई असफल पारेर मेडिकल शिक्षाको व्यापारलाई प्रवद्र्धन गर्दै मेडिकल माफियाबाट नाजायज फाइदा लिन उद्यत् छन् । आमनागरिकको स्वास्थ्य र जीविकाबारे सरकार कति संवेदनहीन र निकम्मा छ भन्ने त कोरोना महामारीका वेला उसको अकर्मण्यता, भ्रष्टाचार र अर्बौँका घोटालाले पुष्टि गरेका छन् ।’

केसीका चार माग

उनले चार माग अघि सारी सत्याग्रहको तयारी गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको पहिलो माग छ ।

उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरु गर्न, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन उनले माग गरेका छन् ।

१० साउन ०७५ मा भएको सम्झौता कार्यान्वयन गरी चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने उनको दोस्रो माग छ । चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्न उनले माग गरेका छन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने उनको तेस्रो माग छ । विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाबअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न उनले माग गरेका छन् ।

अछामको बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गर्न पनि उनले माग गरेका छन् । हुम्ला, मुगु र कालिकोटमा स्वास्थ्य शिविर चलाएर डा. केसी जुम्ला पुगेका हुन् । उनी एक महिनादेखि जुम्लामा छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies