Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

खाना होम डेलिभरी नगर्न प्रहरीको निर्देशन

काठमाडौं । राजधानीमा खाना होम डेलिभरी नगर्न प्रहरीले निर्देशन दिएको छ । बिहीबार खाना होम डेलिभरी गर्नेहरू र सञ्चालकलाई नियन्त्रणमा लिएर अबदेखि नगर्न निर्देशन दिएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंले अनलाइन माध्यमबाट होम डेलिभरी सर्भिस दिने युजी केककी सञ्चालिका निकिता आचार्य, फुडमान्डुका सञ्चालक मनोहर अधिकारी, एम एक्सप्रेसका सञ्चालक संगम सिंह, अनलाइन बिक्री केन्द्र किरानाका सागर भट्टलगायत टेक अवे र होम डेलिभरी गर्ने व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूसँगै होम डेलिभरी गरिरहेका कर्मचारीलाई पनि काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो । उनीहरूलाई केहीबेर होल्डिङ जोनमा राखेको थियो । उनीहरूलाई साँझ छोड्दै होम डेलिभरी सेवा रोक्न निर्देशन पनि दिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले ११ भदौबाट लागू भएको दोस्रो निषेधाज्ञाले सबै प्रकारका होम डेलिभरी सेवा बन्द गरेकाले नियन्त्रणमा लिएको बताए । पहिलो दिन सम्झाइबुझाई गरेर छाडिएको र निषेधाज्ञा उल्लंघन गरेर फेरि होम डेलिभरी सुरु गरेमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने एसएसपी थापाले बताए ।

‘आजदेखि कुनै पनि खालका सेवा, होम डेलिभरी सर्भिसको आदेश छैन । योभन्दा अघिल्लो आदेशमा टेक अवे खुला थियो । तर, अहिले सबै बन्द छ,’ उनले भने, ‘खाद्यान्न पसल पनि बिहान सवा ९ बजेसम्म मात्र खुल्छन् । यिनीहरू त दिनभर चल्छन् । अब पनि यो सेवा चल्यो भने स्थानीय प्रशासन ऐनअन्तर्गत थुनामा राखेर कारबाही हुन्छ ।’

लकडाउन खुलेसँगै १ असारयता खाना डेलिभरी निर्वाध रूपमा चलिरहेको थियो । होटेल, रेस्टुरेन्ट तथा क्याफेहरूले प्याकिङ र होम डेलिभरी गरिरहेका थिए । ४ भदौदेखि सुरु भएको पहिलो निषेधाज्ञामा पनि खाना डेलिभरीमा प्रहरीले रोक लगाएको थिएन ।

तर, ११ भदौमा फेरि निषेधाज्ञा थपिएपछि भने प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर खाना डेलिभरीको काम पूर्ण रूपमा बन्द गर्ने जनाएको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सुशीलकुमार यादवले निषेधाज्ञा उल्लंघन गरेर खाना डेलिभरी गरेकाले नियन्त्रणमा लिएको बताए ।

डेलिभरी गर्नेहरू भन्छन्– काम भएन भने भोकै मर्छौ

राजविराजका शशिप्रसाद देव ट्युसन सेन्टरमा गणित पढाउँथे । कोरोना कहरसँगै सुरु भएको लकडाउनले ट्युसन सेन्टर बन्द भयो । पाँच जना परिवार पाल्नुपर्ने जिम्मेवारी भएका शशिप्रसादले १ असारमा लकडाउन खुकुलो भएसँगै फुडमान्डुमा खाना डेलिभर गर्ने काम सुरु गरे ।

असारयता रोकटोक विना चलिरहेको खाना डेलिभरी सेवालाई प्रहरीले बिहीबार भने रोक्यो । खाना डेलिभर गर्न हिँडेकालाई नियन्त्रणमा लियो । खाना डेलिभर गर्न हिंडेका शशिप्रसादलाई प्रहरीले केशरमहल अगाडि रोकेर नियन्त्रणमा लियो ।

पानीमा भिज्दै नियन्त्रणबाट छुट्ने आदेश पर्खिरहेका शशिप्रसाद भने, ‘ट्युसन बन्द भएपछि डेलिभरीको काम गर्न थालेको हुँ । यो पनि बन्द भएपछि मलाई परिवार पाल्नै गाह्रो हुन्छ । मेरो परिवार त भोकै पर्छ ।’

शशिप्रसाद जस्तै मोटरसाइकल, स्कुटरमा उपत्यकाभित्र खाना र अन्य वस्तु होम डेलिभरी गर्ने सयौं व्यक्तिलाई प्रहरीले बिहीबार तीन घन्टा नियन्त्रणमा लिएर छाडेको छ । साँझ ७ बजे थापाथली पुलमा प्रहरीले रोकेका सिन्धुपाल्चोकका विराज तामाङको आम्दानीको स्रोत खाना डेलिभरी नै हो । तर, प्रहरीले खाना डेलिभरी रोकेपछि उनी चिन्तामा परेका छन् । ‘पाँच जनाको परिवार छ । अब काम रोकिएपछि त के गर्ने होला ?’ विराजले चिन्ता व्यक्त गरे ।

बानेश्वर चोकमा प्रहरी नियन्त्रणमा परेका रमेश सिग्देल डेलिभरीको काम रोकिए भोकै परिने बताए । उनले भने, ‘ट्राभल एजेन्सीको जागिर गयो । अहिले यही कामले परिवार पालिरहेको थिएँ, यो पनि रोकिएपछि मेरो परिवार त भोकै मर्छ ।’

खाना डेलिभरीमा खटिएकाले डेलिभरीको काम रोकिए दैनिकी चलाउनै अप्ठ्यारो हुने बताए । ‘जोखिम छ भन्ने थाहा छ, तर हामीले पनि पेट पाल्नुपर्छ । पेट पाल्नकै लागि काम गरेका हौँ,’ केशरमहलअगाडि प्रहरी नियन्त्रणमा परेका योगेश कर्णले भने ।

लकडाउन भएसँगै खाना तथा अन्य वस्तु ग्राहकले अनलाइन माध्यमबाट खरिद गर्ने गरेका थिए । अनलाइन माध्यमबाट अर्डर गरिएका खाना तथा वस्तु डेलिभर गर्न हिंडेकालाई प्रहरीले राजधानीको मुख्य चोकहरूमा बनाइएका होल्डिङ जोनमा केही बेर राखेर छाडेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies