Khabar Dabali Logo
  October 30, Fri

जङ्गली साग खाँदा एकै परिवारका पाँच जना गम्भीर बिरामी

बलेवा । जङ्गली साग खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन् । स्थानीय भाषामा झिरे नाम गरेको साग खाएका बिहुँको रिजालचोकका चूडामणि कँडेलको परिवार बिरामी परेको हो । उनीहरु अर्धचेतावस्थामा रहेको धौलागिरि अस्पताल बागलुङले जनाएको छ ।

बुधबार साँझ गाउँकै एक वृृद्धले दिएको साग खाएका उनीहरु रातिदेखि नै बिरामी परेपछि बिहीबार धौलागिरि अस्पताल बागलुङमा ल्याइएको थियो । चारै जना अर्धचेतावस्थामा रहेकाले थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए । बिरामी पर्नेमा कँडेलका ७२ वर्षीया आमा, ३८ वर्षीया श्रीमती र १९ वर्षीय छोरा हुन् । ‘बिरामी भएर स्वास्थ्यचौकी पुगेको भन्ने जानकारी मात्रै मैले पाएँ, सबै परिवारको नाम भन्न सकिएन’, वडाध्यक्ष शिवप्रसाद कँडेलले भने, ‘चूडामणिजीको परिवारले छिमेकीले दिएको जङ्गली साग खाएको भन्ने मात्रै सुनेँ ।’

कँडेल परिवारलाई जङ्गली साग दिएका स्थानीय भारतीय पूर्वसैनिक वृद्धसमेत अर्धचेतावस्थामै रहेको उनले बताए। प्रहरीलाई जानकारी गराएर तिनको उपचार र घटनाका विषयमा जानकारी लिन लगाइएको थाहा भएको छ ।

भदौ ११ गते, २०७७ - १८:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजार सूचीकृत

दमौली । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत...   

हतियारसहित एक जना पक्राउ

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ बाट बिहीबार हतियारसहित एक जनालाई पक्राउ गरिएको छ...   

पोखराका ६० सहित गण्डकीमा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी । पोखरा महानगरपालिकामा ६० जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९८ जनामा कोरोना सङ्क्रमण...   

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण

झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर...   

यसरी महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

टीकापुर । टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री...   

कारको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु

राजविराज । पुर्व –पश्चििम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको...   
गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण हुँदा स्थानीयवासी जोखिममा

गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण हुँदा स्थानीयवासी जोखिममा

काठमाडौं । नेपाल ट्रष्टको कार्यालय अन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल...   

घाइते युवकको उपचारमा जुट्यो ३ लाख

बेनी । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३...   

चौधरीको निधनमा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा २ नं प्रदेश...   
नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top