Khabar Dabali Logo
  October 29, Thu

जातीय विभेदले आफ्नै बाबुको शव छुन नपाएका बुढाक्षेत्री

बाबुको निधनले धरधरी आँसु झरिरहेका बेला कसैले मृत शरीरलाई हेर्न र छुन मात्रै नभई दाहसंस्कारमा नै सहभागी हुन दिँदैनौँ भन्दा शोकमा डुबेका मानिसलाई कति पीडा हुँदो हो ।

तँ तल्लो जाति’ को भनेर आफ्नै दाजुभाइले नानाथरी गाली गरेर घचेट्दा कति मन जल्दो हो । यस्तो परिस्थितिको कल्पना गर्न पनि सकिन्न ।

ताप्लेजुङ । जन्म दिने बाबुको निधनले धरधरी आँसु झरिरहेका बेला कसैले मृत शरीरलाई हेर्न र छुन मात्रै नभई दाहसंस्कारमा नै सहभागी हुन दिँदैनौँ भन्दा शोकमा डुबेका मानिसलाई कति पीडा हुँदो हो । त्यही पीडादायी परिस्थितिमा ‘हाम्रो कुल वंशबाट नै निकालिएको, तँ तल्लो जाति’ को भनेर आफ्नै दाजुभाइले नानाथरी गाली गरेर घचेट्दा कति मन जल्दो हो । यस्तो परिस्थितिको कल्पना गर्न पनि सकिन्न ।

तर यस्तै पीडादायी परिस्थितिले छटपटाएर न्यायको खोजीमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्री सदरमुकाम फुङलिङ आएको केही दिन बित्यो । समाजमा अहिले दलित समुदाय र अन्य जातिबीच जातीय भेदभाव कायमै छ । दलित समुदायका छोरीचेली विवाह गरेकै कारण आफ्ना दाजुभाइ र समाजबाट बहिस्कारमा परेका थुप्रै उदाहरणमध्ये बुढाक्षेत्री पनि एक हुन्। गाउँमा सानैदेखि चिनजानमा रहेकी विश्वकर्मा थरकी महिलासँग प्रेमपछि वैवाहिक सम्बन्धमा जोडिएका राजिन्द्र त्यसबेलादेखि नै गाउँ समाजबाट एक्लो भए। विसं २०६० सालमा उनीबीच विवाह भएको थियो । विवाहपश्चात् घरबाट अन्यत्रै छुट्टिएर बसेका राजिन्द्रको परिवार समाजको नजरबाट टाढै बने पनि आफ्नै दुनियाँमा रमाउँदै आयो ।

यत्तिकैमा गएको साउन १० गते अचानक बिरामी परेका आफ्ना बाबुले घरमा बोलाएर उपचारमा लैजानू भनेपछि राजिन्द्र उपचारका लागि बाबुलाई लिएर झापाको विर्तासिटी अस्पताल पुगे । केही दिन अस्पतालमा बसेपछि बाबुलाई केही सञ्चो भए जस्तो देखियो र बिरामी परेका बाबुले नै घर लैजानू भनेपछि साथमा लिएर साउन १७ गते राजिन्द्र घर फर्किए । घर आइपुगेको भोलिपल्ट साउन १८ गते नै पुनः बुबा सिकिस्त बिरामी परे । सिकिस्त बिरामी परेपछि बाबुको बैतर्नी गर्ने निधो भयो । उक्त समयमा एकाघरका दाजु प्रेम बुढाक्षेत्रीले ‘तिमीहरु छोराछोरीसहित परिवारै घर जानु, यहाँ बस्दा बिटुलो हुन्छ, अशुद्ध हुन्छ, तिमीहरु अछूत कामी जातका मानिस हौ र तिमीहरुलाई हाम्रो बुढाक्षेत्रीको कुल परिवारबाट हामीले बहिस्कार गरिसकेका छौँ’ भनेर आफुलाई त्यहाँ बस्न वञ्चित गरेको राजिन्द्रले बताए । त्यही दिन दिउँसो साढे १ बजे राजिन्द्रका बुबा बिते ।

मृत्युपछि परिवार शोकमा डुब्यो । अरु दाजुभाइ छरछिमेक सबै भेला भए । सँगैमा अरु सबैले मृत शरीर नजिक गएर हेरे, रोए कराए तर राजिन्द्र, उनकी श्रीमती फुलमाया र उनीहरुका छोराछोरीलाई नजिक जानसमेत वञ्चित गराइयो । दाहसंस्कारका लागि शव उठाउन तयार हुँदासम्म राजिन्द्रले आफ्ना मृत बाबुको शरीर छुन पाएन । दाहसंस्कारका लागि घाटमा शव उठाएर लैजाने बेला भएको थियो । नाताले काका पर्ने रामबहादुर बुढाक्षेत्रीले समाजको अघि आएर ‘तिमीहरु अछूत कामी जातका मानिसहरुलाई क्षेत्रीको हुद्दामा आउन दिँदैनौँ, तिमीहरुले घाटमा जान, केस काट्न, काजक्रिया गर्न पाउँदैनौ’ भने । “मलाई पीडामाथि पीडा थोपरियो, चुप लागेर बस्नुबाहेक मसित कुनै विकल्प थिएन”, राजिन्द्रले भने ।

यस्तै सिदिङ्वा गाउँपालिकाको हुलाक कार्यालयमा कार्यरत बुद्धिप्रसाद बुढाथोकीले ‘लाससमेत छुन पाउँदैनौ अब उप्रान्त सेन्चुरी जात लेख्नू’ भनेर हप्कीधप्की गरेको उनले बताएका छन् । उनका अनुसार यसरी आफ्ना आफन्त, दाजुभाइले जातीय भेदभावसहित गालीगलौज गर्दा समाजका अरु मानिस मुखामुख गरिरहेका देखिन्थे । “त्यहाँ जम्मा भएका पुरोहितलगायत केही बाहुन समुदायका मानिसले राजिन्द्र पनि कुलप्रसादकै छोरा हो, दाजुभाइसँगै बसेर क्रिया बस्दा हुन्छ भन्दाभन्दै पनि चार जनाले गालीगलौज गर्दै दाहसंस्कारका लागि घाटमा जान, लास हेर्न र छुनसमेत वञ्चित गराए”, उनले भने । बाबुको लास लिएर अरु घाटतर्फ लागेपछि आफू आफ्नो परिवार लिएर छुट्टिएर बसेको घरतर्फ गएको र दलित समुदायकै पुरोहित बोलाएर १३ दिन क्रिया बसी बाबुको १३ दिने संस्कार सकाएको बुढाक्षेत्रीले बताए ।

विश्वकर्माका छोरीसित विवाह गरेदेखि आफू घर परिवार र गाउँ समाजबाटै अलग्गै बन्नु परेको उनको भनाइ छ । उनका अनुसार यसअघि मूलघरमा भने आउने जाने हुन्थ्यो भने बाबुसँगको सम्बन्ध पनि ठिकै थियो । जातीय विभेदसहित बाबुको दाहसंस्कारमा सामेल हुन वञ्चित गराएपछि यसमा संलग्न चार जना विरुद्ध बुढाक्षेत्रीले बुधबार जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा किटानी जाहेरी दर्ता गराएका छन् । जिल्लाको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु घर भई हाल इटहरी बस्दै आउनुभएका प्रेम बुढाक्षेत्री, सिदिङ्वा गाउँपालिका–४ का रामबहादुर बुढाथोकी, सोही ठाउँका क्रमशः बुद्धिप्रसाद बुढाथोकी र खड्क बुढाथोकी विरुद्ध जातीय भेदभाव तथा छुवाछूत गरेको भन्दै राजिन्द्र र उनकी श्रीमती फुलमायाले जाहेरी दिएका हुन् ।

न्यायको खोजीमा कोरोना सङ्क्रमणका बीच गाउँबाट सदरमुकाम आउनुभएका क्षेत्रीलाई संयुक्त दलित अधिकार मञ्च ताप्लेजुङले जाहेरी दर्ता गराउनेसम्मको कार्यमा सहयोग गरेको छ । मञ्चका अध्यक्ष छत्र विश्वकर्माले यो एउटा प्रतिनिधिमूलक घटना मात्रै भएको साथै गाउँघरमा जातीय भेदभावजन्य आपराधिक घटना प्रशस्तै रहेको बताए । यस्ता घटना विरुद्ध सबैले आवाज उठाउन आवशयक भएकोमा उनले जोड दिए ।

यता राजिन्द्र बुढाक्षेत्री र उनकी श्रीमती फुलमाया विश्वकर्मा (बुढाक्षेत्री) सहितले दिएको जाहेरीका आधारमा आवश्यक कानूनी कामकारवाही अघि बढाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । पीडित परिवारले छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बमोजिम दोषीलाई हदैसम्मको सजाय गरी न्याय दिलाइदिन अनुरोध गरेको छ ।

सदियौँदेखि समाजमा चल्दै आएको जातीय भेदभाव ताप्लेजुङमा समेत अझै कायमै छ । बजार क्षेत्रमा बसोबास गर्ने पछिल्लो पुस्ता र केही सामाजिक क्षेत्रमा रहेका मानिसले भेदभावजन्य गतिविधि नगरे पनि बाँकी समुदायले भने भेदभावका व्यवहार त्याग्न सकेका छैनन् । दलित समुदायका मानिस जातीय भेदभावमा परे कानूनी उपचार खोज्न भने डराउने गरेको संयुक्त दलित अधिकार मञ्चको ठहर छ ।

भेदभावजन्य कार्यले पीडा भए पनि उजुरी दिँदा भोलि गाउँ समाजमा अप्ठ्यारोमा परिने हो कि भन्ने डरले पनि कानूनी उपचारको बाटोमा नलाग्ने गरेको पाइएको मञ्चका उपाध्यक्ष गङ्गा शङ्खरले बताए । यसरी समाजमा रहेको जातीय भेदभावलाई न्यूनीकरण गर्न सबै पक्षले जोड दिनुपर्ने आवश्यकता भएकोमा उनको जोड छ ।

भदौ ११ गते, २०७७ - १७:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण

झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर...   

यसरी महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

टीकापुर । टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री...   

कारको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु

राजविराज । पुर्व –पश्चििम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको...   
गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण हुँदा स्थानीयवासी जोखिममा

गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण हुँदा स्थानीयवासी जोखिममा

काठमाडौं । नेपाल ट्रष्टको कार्यालय अन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल...   

घाइते युवकको उपचारमा जुट्यो ३ लाख

बेनी । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३...   

चौधरीको निधनमा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा २ नं प्रदेश...   
नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको...   

पाकिस्तानमा विस्फोट : सातको मृत्यु, एक सय १२ जना घाइते

पेशावर । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मङ्गलबार कम्तीमा सात जनाको मृत्यु भएको छ । सरकारी...   
भारतमा तीन महिनापछि सबैभन्दा कम सङ्क्रमित देखिए

भारतमा तीन महिनापछि सबैभन्दा कम सङ्क्रमित देखिए

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा...   
नेकपाको चियापन नहुने

नेकपाको चियापन नहुने

काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top