Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

म्याग्दीमा कोरोना रोकथाम तथा उपचारमा १२ लाख खर्च

म्याग्दी । कोभिड —१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि म्याग्दीको बेनी नगरपालिकाबाट हालसम्म रु १२ लाखभन्दा बढी खर्च भएको छ ।

कोभिड —१९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्च विवरण सार्वजनिक गर्न नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवम् बेनी नगरपालिका—८ का वडाध्यक्ष रामकृष्ण बराईलीले आजसम्म रु ८१ लाख ३३ हजार ११२ खर्च भएको जानकारी दिए ।

उनले क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामग्री खरिदलगायत शीर्षकमा उक्त रकम खर्च भएको बताए। उनका अनुसार खर्च भएका रकममध्ये राहत वितरणमा रु २९ लाख ४४ हजार ६ सय १७, आइसोलेसन कक्ष निर्माणमा रु १७ लाख ८३ हजार, औषधि उपकरण खरिदमा रु १५ लाख ६५ हजार ९६३, क्वारिन्टनमा खाना खर्चमा रु १३ लाख ५८ हजार ७९८, उद्धारका लागि यातायात व्यवस्थापनमा रु ३ लाख ५ हजार ३४९ तथा स्वयंसेवक परिचालनमा रु २ लाख ७१ हजार ६०० खर्च भएका छन् ।

नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा नगरपालिकाबाट रु एक करोड छ लाख पाँच हजार, बेनी खानेपानी उपभोक्ता संस्थाबाट रु एक लाख, प्रदेश सरकारबाट रु दस लाख, अर्थ मन्त्रालयबाट रु दुई लाख ६५ हजार ३७५, सामुदायिक विद्यालयका शिक्षकहरुबाट रु १३ लाख १५ हजार ९८२, जनप्रतिनिधिहरुबाट रु दुई लाख २९ हजार ८६१, कर्मचारीहरुबाट रु एक लाख ६९ हजार १५५ सहयोग प्राप्त भएको सो अवसरमा जानकारी गराइयो ।

त्यस्तै कोरना रोकथाम तथा नियन्त्रणका लागि नगरवासीलाई सुसूचित गराउन यहाँका विद्यालयका शिक्षकलाई आलोपालो रुपमा वडास्तरबाट स्वयंसेवकको रुपमा परिचालन गरिने नगरप्रमुख हरिकुमार श्रेष्ठ बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies