Khabar Dabali Logo
  October 24, Sat

कोरोना विरुद्धका खोपमाथि नेपालमा सम्भाव्यता छलफल

काठमाडौँ । सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड १९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो ।

आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका औषधि र खोप नेपालमा तेस्रो चरणको परीक्षण (क्लिनिकल ट्रायल)को लागि आउन ती देशले खोजेका छन् । परिषद्ले ती औषधि र खोपका लागि अनुसन्धान गरेर मात्र नेपालमा तेस्रो चरणको लागि क्लिनिकल ट्रायल अनुमति दिने भएको छ । अहिलेसम्म कुनै खोपको प्रयोग नेपालमा गरिएको छैन ।

्परिषद्का कार्यकारी निर्देशक डा। प्रदीप ज्ञवालीले विभिन्न देशमा कोभिड १९ विरुद्ध बनेका औषधि र खोपको नेपालमा प्रयोग गर्नेबारे अनुसन्धान प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । “नेपालमा तेस्रो चरणका लागि खोप र औषधिको परीक्षण गर्नका लागि विभिन्न देशले इच्छा व्यक्त गरेका छन,” उनले भने,“ हामीले अध्ययन अनुसन्धान गरेर मात्र प्रयोगका लागि अनुमति दिन्छौ ।”

परिषद्ले नेपालमा यसअघि विभिन्न अस्पताललाई प्लाजाथेरापी विधिबाट कोभिड १९ का सङक्रमितको उपचार गर्ने पद्धति अपनाउन स्वीकृत प्रदान गरिसकेको छ । अहिले प्लाजा थेरापीविधिबाट गम्भिर अवस्थाका विरामीको उपचार विभिन्न कोभिड १९ अस्पतालले गरिरहेका छन् ।

परिषद्ले रुसमा बनेको कोरोना भाइरस को विरुद्धको खोप “स्तुनिक भी” नेपालमा पनि प्रयोग गर्नेबारे छलफल अगाडि बढाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा नेपालस्थित रुसी राजदूतावासलाई पत्र लेख्दै नेपालमा पनि प्रयोग गर्नेबारे परिषद्ले छलफल शुरु गरेको हो । रुस सरकारले बनाएको खोपको बारेमा परिषद्का कार्यकारी निर्देशक डा। ज्ञवालीले नेपालस्थित रुसका राजदूत अलेक्जी ए नोभिकोभसँग पनि छलफल गरिसक्नु भएको छ ।

“खोपबारे रुसी राजदूतसँग भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ,” उनले भने, “हामीले उक्त खोप नेपालमा पनि प्रयोग गर्न सकिने वा नसकिनेबारे अध्यययन अनुसन्धान गर्दछौ । त्यसपछि मात्र प्रयोग गर्ने वा नगर्ने भन्ने थाहा हुन्छ ।”विश्व स्वास्थ्य संगठनले मान्यता दिइ नसकेको अवस्थामा यहाँ प्रयोग गर्दा हानी वा नोक्सान के गर्दछ भन्ने अध्ययन अनुसन्धान गरिने उनको भनाइ रहेको छ । अहिलेसम्म कुनै पनि औषधि र खोपलाई संगठनले मान्यता दिएको छैन । रुसी सरकारले एक हजार जनालाई निःशुल्क रुपमा प्रयोग गर्नका लागि खोप उपलब्ध गराउने समेत रुसका राजदूत नोभिकोभले प्रतिवद्धता जनाएको परिषद्का कार्यकारी निर्देशक डा। ज्ञवालीले जानकारी दिए ।

परिषद् विभिन्न देशमा उत्पादन भएका औषधी र खोपको नेपालमा प्रयोगका सम्बन्धमा एक बैज्ञानिक अध्ययन टोली गठन गरी नेपालमा प्रयोग गर्न सकिने वा नसकिने पत्ता लगाउने छ । उक्त टोलीले औषधि र खोपका बारेमा सत्यतथ्य पत्ता लगाई प्रयोग गर्न सकिने वा नसकिने प्रतिवेदन तयारी पारी परिषद्लाई बुझाउने छ । सोही आधारमा मात्र औषधि र खोपको विधिपूर्वक प्रयोग गर्न सकिने परिषद्का कार्यकारी निर्देशक डा। ज्ञवालीले जानकारी दिए । उनका अनुसार रुसका राजदूत नोभिकोभले नेपालमा नै उक्त खोप उत्पादन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । यसैगरी चीनको चाइनो भ्याक कम्पनीले उत्पादन गरेको खोप नेपालमा प्रयोग गर्नेबारे पनि छलफल भएको छ ।

उनले उत्पादन गरेको खोप नेपालमा प्रयोग गर्नेबारे छलफल भएको जानकारी दिए । उक्त खोप समेत चीन सरकारले ५०० जनामा प्रयोग गर्नका लागि एक हजार थान पठाउनका लागि स्वीकृत माग गरेको छ । यस्तै भारतबाट सङ्क्रमित गम्भिर अवस्थामा पुगेका बिरामीको लागि प्रयोग औषधि रेमडिसिभिर पनि औषधि व्यवस्था विभागले प्रयोगका लागि स्वीकृत दिइसकेको छ ।
क्लिनिकल ट्रायलका लागि ल्याइएकोले उक्त औषधीकवो अहिले सङक्रमितको उपचारको लागि प्रयोग भइरहेको छ । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा। मेघनाथ धिमालले रेमडिसिभिर औषधिबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

भदौ ११ गते, २०७७ - १४:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना सङ्क्रमणबाट जनकपुरमा एक महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१...   

गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या छ हजार ४५९ पुग्यो

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज...   

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

बागलुङ । बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा...   

आगामी महिना कोरोनाको समस्या थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

मस्को । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को...   

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

इडाहो । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन...   

कोरोनाबाट धरानमा पाँच महिने शिशुसहित दुईजनाको मृत्युु

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित...   

प्लाज्मा दान गर्न झापा रेडक्रसको आह्वान

झापा । विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल...   

बजार अभाव र मूल्य घट्दा थन्कियो अलैँची

बागलुङ । थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित...   

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु, मृतकको संख्या ३० पुग्यो

बाँके । बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना...   

कोरोनाबाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top