Khabar Dabali Logo
  October 23, Fri

टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

सान फ्रान्सिस्को । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् ।

केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्स सहित मेसेजिङ एप्लिकेसन वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुबै चिनियाँ कम्पनीहरु अहिले संकटमा छन् ।

राष्ट्रपति ट्रम्पको आदेश विरुद्ध सान फ्रान्सिस्कोमा चिनियाँ मेसेजिङ एप्लिकेसन वीच्याटका प्रयोगकर्ताले अदालतमा चुनौती दिने बताएका छन् ।

उत्तर अमेरिकी टिकटकका महाप्रबन्धक भेनिसा पाप्पाले कम्पनीको अन्तरिम प्रमुखकको पद सम्हानेछन् ।

टिकटकले पनि मायरले राजीनामा दिएको पुष्टि गर्दै पछिल्ला केही महिनादेखि अमेरिकी राजनीतिक घटनाक्रमका कारण मायरको भूमिका परिवर्तन भएको जनाएको छ ।

बाइटडान्सका संस्थापक एवं प्रमुख कार्यकारी यिमिङ झाङले कम्पनीका कर्मचारीलाई पठाउनुभएको पत्रमा विवादित विषय सुल्झाउन प्रयास जारी रहेको बताएका छन् । उनले भारत र संयुक्तराज्य अमेरिकामा आफ्नो कम्पनीमाथि समस्या खडा भएको स्वीकारेका छन्।

गत अगष्ट ६ मा राष्ट्रपति ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्समाथि अमेरिकामा प्रतिबन्ध लगाउन एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकामा टिकटकलाई आफ्नो स्थिति प्रष्ट गर्न ४५ दिनको समय दिइएको छ ।

भदौ ११ गते, २०७७ - १३:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनमा आज मात्रै कोरोना सङ्क्रमणको कारण थप तीन जनाको मृत्यु

चितवन । जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल...   
ट्रम्प र बाइडेनको अन्तिम बहस : ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य

ट्रम्प र बाइडेनको अन्तिम बहस : ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य

टेनेसी । अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ । राष्ट्रपति...   

भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार...   

प्रदेश १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण...   

कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गयो, शव व्यवस्थापन चुनौती

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा...   

प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका...   
सरकारले विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्याे, यस्ताे छ मन्त्रिपरिषद्को अन्य निर्णय

सरकारले विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्याे, यस्ताे छ मन्त्रिपरिषद्को अन्य निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त...   

मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना पुष्टि

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री...   

विनाभेदभाव कोरोनाको निःशुल्क उपचार गर्न प्रधानमन्त्रीलाई सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क...   

भियतनामको बाढी र पहिरोमा ११४ को मृत्यु, २१ वेपत्ता

भियतनाम । भियतनाममा व्यापक वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top