Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बुटवलको कोरोना अस्पतालमा २ सङ्क्रमितको मृत्यु

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । उक्त अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको करीब १२ घण्टा बित्न नपाउँदै आज बिहान करीब १०ः३० बजे एक महिलाको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका– २, जानकीनगरकी करीब ७० वर्षीया महिलाको कोरोना अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । सो महिलामा थाइराइड र उच्च रक्तचाप समस्या रहेको उहाँले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई गत साउन २६ गते कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा राखिएको र स्वास्थ्यमा समस्या देखिँदै गएपछि साउन ३१ गते कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई कोरोना विशेष अस्पतालको पहिलो प्लाज्मा थेरापीका माध्यमबाट चिकित्सकले उपचार थालेका थिए । पहिलोपटक प्लाज्मा दिएर बुधबार बेलुकासम्म स्वास्थ्यावस्थामा राम्रो सुधार देखिएको तर गए रातिदेखि स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आज बिहान पुनः अर्को प्लाज्मा दिने तयारी भइरहेको अवस्थामा मृत्यु भएको हो ।

उनलाई प्लाज्मा दिनका लागि केही समयअघि कोरोना सङ्क्रमणबाट मुक्त भएका कपिलवस्तुका एक युवक आज बिहान बुटवल आइपुगेका थिए । रुपन्देहीमा यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

यसअघि गए राति करीब ११ बजे कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारका क्रममै सोही अस्पतालमा मृत्यु भएको थियो ।

उनको राति स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार थालिए पनि राति नै मृत्यु भएको बताइएको छ । सङ्क्रमितलाई यही भदौ ५ गते सङ्क्रमण पुष्टि भएपछि कोरोना अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोगको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies