Khabar Dabali Logo
  October 22, Thu

चट्याङबाट एक युवकको मृत्यु, ३ जना घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । उनले भने,“चट्याङबाट अन्य तीन जना घाइते भएका छन ।”

उनले भने घाइते हुनेमा अमरबस्तीका ३० वर्षीय लालबहादुर बोगटी, १६ बर्षीय भावना भुल र ३७ वर्षीय पशुपति सार्की रहेका छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको छ ।

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिकामा रहेको मछेली नदीको टापूमा फसेकी कृष्णपुर नगरपालिका–२ का मनुदेवी सार्कीलाई प्रहरीले आठ घण्टापछि सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको जनाएको छ ।

“घाँस काट्न गएका बेला नदीमा पानीको बहाव बढेपछि मनुदेवी नदीको टापूमा फसेको खबरपछि जिल्लाबाट विपद् व्यवस्थापनको टोली गएर उद्धार गरेको हो ।” प्रवक्ता थापाले भने–“उहाँको मध्यराति सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएका हौं ।”

भदौ ११ गते, २०७७ - १२:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top