Khabar Dabali Logo
  October 20, Tue

बुधबार राति र विहिबार विहान गरी ५ जना कोरोना संक्रमितको मृत्यु

विहिबार विहान मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ

काठमाडौं । कोरोना संक्रमणका कारण विहिबार विहान मात्रै ५ जनाको मृत्यु भएको छ ।

विरगंजमा मात्रै ३ जनाको मृत्यु भएको हो । पर्साको धोविनि गाउँपालिका ३ का ७२ वर्षिय पुरुष र बाराको सुवर्ण गाउँपालिका ४ हर्दिया बस्ने २३ वर्षिय महिला र वीरगञ्ज–१४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको गरी ३ जनाको मृत्यु भएको हो ।

अस्पतालका अनुसार २३ वर्षिय महिलाको पेटमा ३३ हप्ताको बच्चा समेत थियो । वीरगञ्जमा मृत्यु भएका ४४ जनामध्ये ३२ जना पर्साका, १० जना बाराका र २ जना रौतहटका छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

File Photo

यसैगरी अर्घाखाचि स्थायी घर भएका ५५ वर्षका अर्का एक पुरुषको ललितपुरको किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको गएराति भ्यान्टिलेटरमा राखेर उपचार गर्दागर्दा मृत्यु भएको हो ।

अर्का मृत्यु भएका संक्रमित पोखराकी ३२ वर्षिय महिला हुन् । उनको पनि विहिबार विहान मृत्यु भएको हो । पोखरा महानगरपालिका १२ की उनी भदौं ७ गतेबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत थिइन् ।

यो सँगै विहिबार विहान मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

भदौ ११ गते, २०७७ - १०:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

बलेवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले...   

कोरोनाले बढायो मानसिक समस्या

बागलुङ । कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ ।दैनिकी खल्बलिनु, रोजगारी÷कमाइ गुम्नु,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top