Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

हलेसीमा हिन्दु, बौद्ध र किराँत संस्कारमा आधारित होमस्टे सञ्चालन गर्ने तयारी

खोटाङ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा तीनवटा होमस्टे (घरबास) सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा स्वदेश तथा विदेशबाट हलेसी घुम्न आउने पर्यटकलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा तीनवटा होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।

महादेविस्थानस्थित तल्लो माल्खुमा किराँत र माथिल्लो माल्खुमा हिन्दु तथा ऐसेलुखर्कमा किराँत संस्कारमा आधारित होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हलेसी विकास समितिका अध्यक्ष एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का आमन्त्रित स्थायी समिति सदस्य टङ्क राईले बताए । “तीनवटै ठाउँमा छुट्टाछुट्टै समिति गठन गरेर होमस्टे सञ्चालन सम्बन्धी तालीम दिनुका साथै आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ”, पूर्व सांसदसमेत रहेका समितिका अध्यक्ष राईले भने, “होमस्टे व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै स्थानीय बासिन्दालाई आत्मनिर्भरको बाटोमा डोहोर्याउने अपेक्षा गरिएको छ ।”

माथिल्लो माल्खुमा यसअघि नै व्यावसायिकरुपमा गाई, स्थानीय जातका कुखुरा, टर्की, परेवा लगायत पशुपंछी पालन तथा तरकारी खेती गर्दै आएका सुवीन्द्र गिरीको अध्यक्षतमा समिति गठन गरेर आवश्यक संरचना निर्माणको काम भइरहेको छ । त्रिधार्मिकस्थल हलेसीबाट ककनी मन्दिर जाने बाटोमा पर्ने २२ घर क्षेत्री÷बाहुन समुदायको बस्ती रहेको माथिल्लो माल्खुमा हिन्दु संस्कारअनुसार बालन, संगीनी, चुट्कालगायत नाच सिक्ने/सिकाउने अभ्याससमेत भइरहेको अध्यक्ष राईले बताए ।

नगरपालिका र वडा कार्यालयसँग पनि सहकार्य गरेर सञ्चालन गर्नेगरी शुरु गरिएको माथिल्लो माल्खुको होमस्टेको नाम ‘हलेसी सामुदायिक होमस्टे माल्खु’ राखिएको छ । महादेवस्थानकै तल्लो माल्खुका १४ र ऐसेलुखर्कका ४२ घर किराँत समुदाय समेटेर होमस्टे सञ्चालक समिति गठन गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले जानकारी दिए ।

ऐसेलुखर्कमा कोपिला राई तथा तल्लो माल्खुमा एवीन्द्र राईको अध्यक्षतामा होमस्टे सञ्चालक समिति गठन गरिएको छ । हलेसी विकास समितिको पहलमा होमस्टे सञ्चालन हुने भएपछि उक्त कार्यप्रति स्थानीय बासिन्दासमेत हौसिएका छन् । दर्शनार्थी एवम् पर्यटकको दैनिक भीड लाग्ने हलेसीमा हालसम्म होमस्टेको विकास हुन सकेको थिएन । हिन्दु तथा किराँत संस्कारमा आधारित होमस्टेमा हलेसी बजारस्थित होटल तथा लजमा बस्ने पाहुनालाई समेत साँस्कृतिक कार्यक्रम हेर्न टिकट लिएर प्रवेश गर्न दिने व्यवस्था गरिने जनाइएको छ ।

किराँत संस्कारमा आधारित होमस्टेमा साकेला नाच हेर्ने तथा नाच्ने र लोकदोहोरी गाउने व्यवस्था मिलाइने सञ्चालक समितिले जनाएको छ । किराँत समुदायको बाहुल्यता रहेको हलेसीमा विभिन्न जातजातिका समुदाय आउने भएकाले पनि हिन्दु र किराँत संस्कारमा आधारित छुट्टाछुट्टै होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।

हलेसी आउने पर्यटक तथा दर्शनार्थीका लागि घुमफिर गर्ने ठाउँ नभएकाले पनि होमस्टेको अवधारण लिइएको विकास समितिका अध्यक्ष राईले बताए । “हलेसीमा अहिलेसम्म बाहिरबाट आउने पर्यटकका लागि मनोरञ्जन गर्ने ठाउँ छैन”, उनले भने, “अहिले अधिकांश मानिस खुला रुपमा मनोरञ्जन गर्न चाहन्छन् । मनोरञ्जन गर्न चाहने व्यक्ति तथा पर्यटकका लागि केहि हलेसी क्षेत्रमै अडिने व्यवस्था मिलाउन होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।”

हलेसीमा नेपालका सबै जिल्लाका साथै अन्य देशहरु भारत, चीन, भुटान, बंगलादेश, जापान, अमेरिका, थाईल्याण्डलगायत भक्तजन एवम् दर्शनार्थी आउने गरेका छन् । धार्मिक रुपले मात्र नभई प्राकृतिक रुपमै विश्व प्रसिद्ध हलेसीमा चैत महिनामा रामनवमी मेला १५ दिन, मङ्सिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्री मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्ने गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा ठुलो चट्टानको बीच भागमा रहेको गुफाभित्र बिराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसीलाई त्रिधार्मिकस्थालका रुपमा विकास गर्न सरकारले विसं २०५३ देखि हलेसी विकास समितिमार्फत विकास योजना अघि बढाएको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies