Khabar Dabali Logo
  October 23, Fri

प्रदेश अस्पतालका ६ चिकित्सकमा कोरोना सङ्क्रमण, ओपिडी सेवा बन्द

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर सङ्क्रमण भएका व्यक्तिबाट जोखिम बढेको बताए। हाल कोरोना विशेष अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् । चिकित्सकमा सङ्क्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्र्ने निर्देशक खड्काको भनाइ छ । यस अघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

भदौ ११ गते, २०७७ - ०९:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना संक्रमण भएका मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई...   

यसबर्ष कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक

तनहुँ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दशैँको टीका...   

गण्डकीमा थप ४२ जनामा कोरोना सङ्क्रमण

कास्की । गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना...   

किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको उद्योग सञ्चालनको तयारीमा

सर्लाही । उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको जिल्लाको धन्कौलस्थित अन्नपूर्ण चिनी उद्योग...   

शपथ ग्रहणमा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप : गाउँपालिकाका पार्टी सचिवको मृत्यु

पर्सा । पर्सामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते भएका एक जनाको...   

चितवनमा आज मात्रै कोरोना सङ्क्रमणको कारण थप तीन जनाको मृत्यु

चितवन । जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल...   
ट्रम्प र बाइडेनको अन्तिम बहस : ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य

ट्रम्प र बाइडेनको अन्तिम बहस : ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य

टेनेसी । अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ । राष्ट्रपति...   

भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार...   

प्रदेश १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण...   

कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गयो, शव व्यवस्थापन चुनौती

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top