Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बेला न कुबेला विदेशको पढाइ खुला

काठमाडौं । उच्च शिक्षाका लागि बिदेसिएका विद्यार्थी कोरोना महामारीका कारण समस्यामा रहेका बेला सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने निर्णय गरेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - कोभिडका कारण भीड बढेको र आवतजावतमा समस्या भएपछि गत फागुन २९ गतेदेखि एनओसी वितरण रोकिएको थियो । एनओसी वितरण खुलाएपछि विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न विदेश जान पाउँछन् ।

विदेशमा रहेका नेपालीलाई कसरी उद्धार गर्ने भन्ने समस्या परिरहेको अवस्थामा तत्काल एनओसी जारी गर्नु आवश्यक नभएको मन्त्रालयकै अधिकारीले बताएका छन् । विदेशमा रहेका विद्यार्थी त समस्यामा परेको समाचार आइरहेको अवस्थामा फेरि तत्काल किन विदेश जान अनुमति दिनुप¥यो भन्ने तर्क उनीहरूको छ ।

सरकारले केही व्यवसायी र विद्यार्थीको दबाबमा यो निर्णय गरेको हो। एनओसी लिए पनि अहिलेको परिस्थितिमा तत्काल विद्यार्थी विदेश जान सक्ने अवस्था छैन । विदेश जान नपाएपछि उनीहरू सम्बन्धित विश्वविद्यालय तथा क्याम्पसमा शुल्क पठाएर नेपालमै बसेर अनलाइनमा पढ्नुपर्ने हुन्छ । वातावरण सहज भएपछि मात्रै विदेश जान सक्छन् । साथै क्याम्पस तथा विश्वविद्यालयहरूले प्रदान गर्ने छात्रवृत्ति कोटा सुरक्षित गर्न पनि विद्यार्थीलाई सजिलो हुन्छ ।

विश्व स्वास्थ्य संगठनले कोभिडको प्रभाव अझै दुई वर्ष रहन सक्ने चेतावनी दिइसकेको छ । यस्तो अवस्थामा तत्काल अनलाइनबाट पढेर केही समयपछि विदेशमै गएर पढ्छु भन्ने योजना बनाउने विद्यार्थी समस्यामा पर्न सक्नेतर्फ शैक्षिक परामर्श व्यवसायी चिन्तित छन् ।
वैदेशिक अध्ययनका लागि गएको भने पनि अधिकांश नेपाली विद्यार्थीले पहिलो वर्षको शुल्क घरबाट तिरे पनि बाँकी शुल्क उतै कमाउँदै तिर्दै गर्ने गरेका छन् । विदेश जान नपाउने हो भने उनीहरूले थप झन्झट बेहोर्नुपर्ने हुन्छ ।

नेपाली विद्यार्थीको आकर्षक गन्तव्य बनेको अस्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत मुलुक पनि कोभिडबाट प्रभावित छन् । तत्काल विद्यार्थी त्यता जान नसकेपछि स्वदेशमै बसेर पढ्नुपर्ने हुन्छ । यसरी पढ्दा नेपाली विद्यार्थीले विदेशी विश्वविद्यालयमा वार्षिक १६– १७ हजार अमेरिकी डलरसम्म तिर्नुपर्ने हुन्छ ।

मन्त्रालयका सहसचिव रामशरण सापकोटाले भने, ‘पहिलो किस्ता तिरेर अर्को किस्ता तिर्ने बेला पनि विद्यार्थी स्वदेशमै रहनुपर्‍यो भने यहाँको आर्थिक मन्दीका कारण दोस्रो वर्षको किस्ता तिर्न नसक्ने हुन सक्छन् । यस्तो अवस्थामा उनीहरूको विदेश जाने सपनामा धक्का लाग्छ । स्वदेशमा कमाएको पैसा पनि सकिन सक्छ ।’ तत्काल विदेश जान पाए पनि रोजगारी पाउने सम्भावना कम रहेकाले वैदेशिक अध्ययनसम्बन्धी निर्णय गर्दा धेरै पटक सोच्नुपर्ने सापकोटाले बताए ।

यो अवस्था रहिरह्यो भने नेपाली विद्यार्थीलाई विदेशी विश्वविद्यालयले अनलाइनबाट पढाउने र नेपाली मुद्रा विदेश पठाउने मुलुकको हब मात्रै बन्न सक्छ । कोभिडका कारण आर्थिक मन्दी भए पनि बेलायतलगायत मुलुकले त आर्थिक स्तर उकास्न विदेशी विद्यार्थी ल्याउने रणनीति बनाएका छन् । यसको प्रभाव नेपाली विद्यार्थीमा देखिन सक्ने नेपाल शैक्षिक परामर्श व्यवसायी संघका अध्यक्ष प्रकाश पाण्डेले बताए । बेलायतका दर्जनभन्दा बढी विश्वविद्यालय कोभिडका कारण आर्थिक समस्यामा परेको र कुनै पनि समय बन्द हुने अवस्थामा पुगिसकेका छन् ।

‘नेपाली विद्यार्थी पनि त्यस्तै विश्वविद्यालयमा भर्ना गरेर समस्यामा परे भने त्यसमा को जवाफदेही हुने ? ’, पाण्डेले भने, ‘कोभिडको संक्रमण सुरु भएको पहिलो चरणमै त विदेशमा रहेका नेपाली विद्यार्थीलाई कसरी उद्धार गर्ने भनेर शिक्षा मन्त्रालयलाई हायलकायल बनाएको थियो । अहिले अवस्था यस्तो प्रतिकूल भएको समयमा फेरि विदेश जान पाउँछौ भन्नु गलत हो ।’

एनओसी नपाएर समस्यामा परेका विद्यार्थीका समस्या भने समाधान हुनुपर्ने पाण्डेले बताए । उनका अनुसार वैदेशिक अध्ययनमा जाने तयारीमा रहेका १० हजारभन्दा बढी विद्यार्थी कोभिडका कारण रोकिएका छन् ।

तर उनीहरूले प्रक्रिया सुरु गर्न खासै रकम बुझाएका छैनन् । एनओसी लिएर विद्यार्थीले विदेश गएपछि वा स्वदेशै पनि कुनै समस्यामा परे भने त्यसको जवाफदेही आफैं हुनुपर्ने सर्त मन्त्रालयले राखेको छ । हचुवामा निर्णय गरेर एनओसी दिने तर समस्या पर्‍यो भने जिम्मेवारी लिन्न भन्ने मन्त्रालयको तर्क गैरजिम्मेवार भएको परामर्श व्यवसायीले बताए ।

मन्त्रालयको केशरमहलस्थित शाखामा अवस्था सामान्य भएको दिन दैनिक हजार जनासम्मले एनओसीका लागि निवेदन दिने गरेका थिए । अबदेखि अनलाइनबाट एनओसी वितरण गरिने सहसचिव सापकोटाले बताए । उनका अनुसारविदेशमै अध्ययनरत विद्यार्थीलाई भने विश्वविद्यालय वा कलेज परिवर्तनगर्नु परेमा या भिसाको म्याद थप्नु परेमा अनलाइनबाटै एनओसी प्रदान गरिरहेको बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies