Khabar Dabali Logo
  October 20, Tue

क्यानडा पठाइदिने भन्दै २१ लाख ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । प्रहरीले क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफु प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै रु २१ लाख ठगी गर्ने सुर्खेतका २९ वर्षीय धु्रब थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई आज दिउँसो धापासीबाट पक्राउ गरेको हो

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्दै आएका नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनी रु २१ लाख ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रारम्भिक रुपमा खड्कासँग रु २१ लाख ठगेपनि उनीहरुले धेरै व्यक्तिलाई ठगेको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

भदौ १० गते, २०७७ - २०:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेको बनेपा बन्यो कोरोना ‘हट–स्पट’

काभ्रेपलाञ्चोक । काभे्रपलाञ्चोकको कोरोना सङक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा हालसम्म...   

प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु

मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यसरी...   

सङ्खुवासभामा पहिलो पटक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

खाँदबारी । कोरोना भाइरसको सङ्क्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण...   

भक्तपुरमा होम आइसोलेसनमा बसेका पुरुषको निधन

भक्तपुर । कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान...   

सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाँउपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत्...   

आर्थिक हिनामिना गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोेकको रोशी गाउँपालिका–६ हिमालयन माविमा...   

राप्रपा अध्यक्ष थापालाई कोरोना पुष्टि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । सामान्य...   
नक्कली फेसबुकबाट अश्लिल सन्देश पठाउने विरुद्ध मुद्दा

नक्कली फेसबुकबाट अश्लिल सन्देश पठाउने विरुद्ध मुद्दा

काठमाडौं । नक्कली फेसबुक पेज बनाई अश्लिल र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप...   

कोरोनाबाट काभ्रेमा थप एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण काभे्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको...   

धारिलो हतियार प्रयोग गरी २२ वर्षीय युवकको हत्या

कनकाई । कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । झापाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top