Khabar Dabali Logo
  October 20, Tue

कोरोनाको लक्षण नभएका र सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नराख्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड–१९ अस्पताललाई पत्र लेख्दै कोभिड–१९ का लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई पिसिआर परीक्षण गरी बढीमा १४ दिनभित्र घर पठाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

“केन्द्रले कोभिड–१९ को लक्षण नभएको र सामान्य अवस्थाका बिरामीलाई १० दिनमा पिसिआर गरी डिस्चार्ज गरेर घर पठाउन निर्देशन दिएको छ”, उनले भने, “यही १० दिनमा सङ्क्रमण पुनः देखिएका १४ दिनभित्र पिसिआर परीक्षण नगरिकन डिस्चार्ज गर्न प्रदेश मन्त्रालयलाई र सबै कोभिड–१९ अस्पतालाई निर्देशन पुनः दिइएको छ ।”

मन्त्रालयले १४ दिनभन्दा बढी लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितका विरामीलाई अस्पतालमा नराख्न निर्देशन दिइएको हो । मन्त्रालयका प्रवक्ता डा। गौतमले १४ दिनभन्दा बढी राखेमा सरकारले सोध भर्ना नगर्नेसमेत जानकारी दिए । नेपालमा अहिलेसम्म ३४ हजार ४१८ जना सङ्क्रमित फेला परेकोमा १४ हजार ७३९ जना सक्रिय सङ्क्रमित रहेका छन् भने १९ हजार ५०४ जना निको भएर घर फर्किसकेका र १७५ जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।

भदौ १० गते, २०७७ - १९:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैलाई पनि विभेद नहुने गरी उपचारकाकालागि स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा : मन्त्री ढकाल

कसैलाई पनि विभेद नहुने गरी उपचारकाकालागि स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको...   

दमकमा थप दुई जना सङ्क्रमितको मृत्यु

झापा । कोरोना भाइरसको सङ्क्रमणवाट झापाको दमकमा आज दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक...   

नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति

काठमाडाै‌ । राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने...   

देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुग्यो, थप ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...   

देशैभर ३ हजार ९३ जना कोरोना, उपत्यकामा मात्रै १७ सय ७ जनामा पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार...   

सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज...   

अबदेखि लक्षित वर्गलाई मात्रै कोरोनाको निःशुल्क उपचार

काठमाडौं । सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको...   

भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण नहटाउन माग

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्करुपमा...   

मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top