Khabar Dabali Logo
  October 27, Tue

सभामुख सापकोटाद्धारा पहिरोबाट विस्थापित परिवारसँग भेटघाट

चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले लिदी पहिरोबाट विस्थापित परिवारको दुःखमा ऐक्यवद्धता जनाउन आएको उल्लेख गर्दै पहिरोबाट अभिभावक गुमाएका वालवालिकाको शिक्षाको सबै व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । गत साउन ३० गते सिन्धुपाल्चोक जुगल गाँउपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भइ वडा नं. १ सेलाङको बाँसखर्कमा अस्थायी रुपमा बस्दै आएका पीडित परिवारसँग भेटघाट गर्न आज पुग्नु भएका सभामुख सापकोटाले विस्थापित १७२ घर परिवारको लागि स्थायी व्यवस्थाको लागि पहल गर्ने प्रतिवद्धतासमेत जनाए ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विस्थापित परिवारको लागि कुनै अभाव हुन नदिने दृढता व्यक्त गरे । पहिरो पीडित परिवारको लागि आवश्यक टेण्ट लगायत राहतको व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

सभामुख सापकोटाका साथ वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका प्रमुख मधुसुदन अधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत जनाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । पहिरोमा हराई रहेका ३९ मध्ये हालसम्म ३३ वटा शव फेला परेको छ । अन्य ६ जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

भदौ १० गते, २०७७ - १८:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top