Khabar Dabali Logo
  October 30, Fri

बस्नेतद्दारा पहिरोबाट अभिभावक गुमाएका ८ बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा बाढी र पहिरोबाट अभिभावक गुमाएका आठ जना बालबालिकालाई १२ कक्षा सम्मको पठन पाठनको व्यवस्था गर्ने जिम्मा आफूले लिने घोषणा गरेका छन् । जिल्लामा पहिरोबाट अभिभावक गुमाएर टुहुरो भएका स्मारिका दोङ्ग, सविता दोङ्ग, दुर्गा दोङ्ग, कविता दोङ्ग, अनिता दोङ्ग, कान्छी दोङ्ग, छिरिङ गोले र नाम नखुलेको साङबहादुर दोङ्गकी छोरीको पठनपाठनको व्यवस्था गर्ने उनले आज जानकारी दिए ।

सबै बालबालिकालाई यसै शैक्षिक शत्रबाट काठमाडौं उपत्यकाभित्र रहेका स्कुलको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने भएकोले यथाशीघ्र सम्पर्कमा आउन वा ल्याउन सम्बन्धित व्यक्ति वा उनीहरुका आफन्तलाई पूर्व मन्त्री बस्नेतले आग्रह गरेका छन् । अविरल वर्षाका कारण यस वर्ष पनि मुलुकभर ठूलो जनधनको क्षति भएको छ । यस वर्ष सिल्धुपाल्चोकमा गत असार २५ गते देखि साउन ३० गते सम्म ८० जना बेपत्ता भएका छन्, ४८ भन्दा बढीको शव फेला परेको छ । सयौं परिवार घरबार बिहिन भएका छन् भने कतिपय बालबालिकाहरु परिवार गुमाई टुहुरासमेत भएका छन् ।

गत साउन ३० गते जुगल गाँउपालिका–२ स्थित लिदी गाँउमा आएको पहिरोमा ३९ व्यक्ति बेपत्ता भएकोमा हालसम्म ३२ जनाको शव प्राप्त भएको छ । सो पहिरोबाट स्मारिका, सविता, दुर्गा, कविता, अनिता, कान्छी, नाम नखुलेको साङबहादुर दोङ्गकी छोरी गरी सात जनाले अभिभावक गुमाएका थिए । त्यस्तै गत असार २५ गते जम्बुको बाढी पहिरोमा छिरिङ गोले आफ्नो पाँच जनाको परिवार गुमाएर एक्लै बाँचेका थिए ।

भदौ १० गते, २०७७ - १७:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली काँग्रेसको कार्यसमिति बैठक शुक्रबार हुने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय,...   

हुम्ला स्वास्थ्य सेवा सञ्चालनमा

हुम्ला । हुम्ला स्वास्थ्य सेवा कार्यालयमा पीसीआर जाँच गर्दा गत असोज १२ गते सर्केगाड गाउँपालिका–५...   

तरकारी र फलफूल बलि दिएर मनाइयो दशैँ

हुम्ला । च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ)...   

मध्य भियतनाममा पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु

हनोई । मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनामको...   

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका...   

देशलाई शान्तिको बाटामा लान पैगम्बरको जीवन र उपदेशले प्रेरणा प्रदान गरोस्ः मुख्यमन्त्री राउत

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवत्र्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका...   

भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नाघे, १ लाख २० हजार बढीको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य...   

कोरोनाभाइरसबाट मेक्सिकोमा ९० हजार र अर्जेन्टिनामा ३० हजार बढीको मृत्यु

मेक्सिको सिटी । मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार...   

प्रदूषणविहीन इँटा उत्पादनका लागि एडीबीको एक करोड ४७ लाख अनुदान

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी)ले प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न नेपाल सरकारलाई रु एक...   

कृषि क्षेत्रको विकासका लागि विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने

काठमाडौँ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top