Khabar Dabali Logo
  October 26, Mon

कर्णाली प्रतिष्ठानलाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति

कर्णाली । नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति दिएको छ ।

सरकारले प्रतिष्ठानमा ‘एमडिजिपी इन जनरल प्राटिक्स’, ‘एमडी इन एनेस्थेसिया’, ‘एमडी इन पेडियाट्रिक्स’ गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाका अनुसार यही साउन ३० गते प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तीन विधामा चिकित्सा शिक्षा सञ्चालनको अनुमति दिएको हो । “सो निर्णयबाट अब कर्णाली स्वास्थ्य विज्ञानमा विशेषज्ञ सेवाको अध्ययन अध्यापन कार्यको ढोका खुलेको छ,” शिक्षाध्यक्ष डा.थापाले भने, “यही शैक्षिक सत्रदेखि अब स्नातकोत्तर तहको चिकित्सा शिक्षाको पढाइ गरिनेछ ।” सरकारको यो निर्णयले प्रतिष्ठानलाई ठूलो उपलब्धि मिलेको भन्दै उनले नेपाल सरकारलगायत सम्पूर्ण सहयोगी शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सा शिक्षा दिने अवसर प्रतिष्ठान जुम्लालाई मिलेकोमा गर्व लागेको बताए । उनले भन, “कर्णालीले अब मुलुकलाई दक्ष चिकित्सक जनशक्ति दिन्छ । यो अवसरका लागि प्रधानमन्त्री, राष्ट्रिय चिकित्सा शिक्षा आयोग तथा प्रतिष्ठानका पदाधिकारी र शुभचिन्तक सबैलाई धन्यवादसहित बधाई ज्ञापन गर्दछु ।”

प्रतिष्ठानका अस्पताल निर्देशक डा।मङ्गल रावलले आयोगको पूर्ण बैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि एमडी।एमएसका पाँच सिटको पक्का भएको बताए । बन्दाबन्दी र निषेधाज्ञाकै बीचमा नेपाल सरकारले एमडी÷एमएस कार्यक्रम सञ्चालनको अनुमति दिएपछि कर्णालीमा खुशी छाएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीले मुलुकलाई डाक्टर उपलब्ध गराउने ऐतिहासिक अवसर पाएको छ भने ।

भदौ १० गते, २०७७ - १६:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top