Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्राकृतिक चिकित्सासँगै सङ्क्रमितको उपचार गर्दै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले कोरोना सङ्क्रमण देखिएका पहिलो चरणका बिरामीलाई प्राकृतिक चिकित्सासँगै उपचार गर्ने भएको छ । श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमअन्तर्गत योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय सञ्चालन भएको वागेश्वरीमा आजबाट आइसोलेसन सञ्चालन गरी सङ्क्रमितको उपचार गर्न लागेको हो ।

सो ठाउँमा रहेका २२ वटामध्ये पाँच घरमा रहेका कोठाहरुलाई व्यवस्थित गरी आइसोलेसन बनाइएको छ । एउटा घरमा शौचालयसहितका पाँच कोठा रहेका छन् । यसअघि यहाँको पुरानो मेडिकल कलेजले आवास बनाएको ठाउँमा पछि आश्रमले चिकित्सालय चलाएको हो । चिकित्सालय रहेकै क्षेत्रमा रहेका खाली भवनमा आइसोलेसन सञ्चालन गर्न लागिएको हो ।

भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार आज साँझसम्ममा आइसोलेसन सबै तयार हुनेछ । आजबाटै बिरामी राखिने उनले बताए । बिरामी राखेपछि भित्र काम गर्न कठिन हुने भएकाले महानगरले आवश्यक मर्मतसम्भार, रङरोगन, कार्पेटिङ्, खाटहरु राख्ने, पङ्खा जडान गर्नेलगायतका काम गरिसकेको छ । प्रमुख दाहालका अनुसार शुरुमा ७५ जना त्यहाँ राख्न सकिने छ । यहाँ विस्तार गरेर २०० जनासम्म राख्न सकिने उनले जानकारी दिए।

भरतपुर महानगरले चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गर्न लागेको हो । यहाँको मर्मतसम्भार, खाना खर्च सबै महानगरले व्यहोर्ने छ । आन्तरिक व्यवस्थापनसँगै योग, ध्यान, आवश्यक उपचार चिकित्सालयले गर्नेछ ।

महानगररले प्रवक्ता अरुणपीडित भण्डारीको संयोजकत्वमा वडाध्यक्ष, कर्मचारी, चिकित्सक रहेको आइसोलेसन व्यवस्थापन समिति गठन गरिएको छ । आइसोलेसन, आँपटारीबाट देवघाट जाने सडकसँगैको वन क्षेत्रमा छ । दाहालले शान्त, रमणिय ठाउँमा आइसोलेसन भएकाले सङ्क्रमितको बसाइ समय आनन्दमय एवं छिटो निको हुन सहयोगी हुने अपेक्षा गरेको प्रमुख दाहालले बताए । प्राकृतिक चिकित्साको माध्यमबाट पहिलो चरणका सङ्क्रमित छिटो निको हुने विश्वास गरिएको छ ।

चिकित्सालयका प्रमुख डा। हेमराज कोइरालाका अनुसार प्राकृतिक खानासँगै नियमित व्यायाम गराइने छ । सामान्य लक्ष्यण देखिएका पहिलो तहका बिरामीलाई सो आइसोलेसनमा राखिन्छ । बिरामीलाई बिहान चार किसिमका फलफूलबाट दिनको शुरुवआत गरी साँझ दूध र बेसारसँगै खानाको अध्याय सकिने उहाँले जानकारी दिए। फापरको रोटी, उमारेको गेडागुडीका टुसा, अत्याधिक झोलिलो खाना, जेठीमधु, गुर्जो, मरिच, सुठो, पिप्ला, तुलसीको पानी, दाल, भात, तरकारीजस्ता पौष्टिक तत्व प्रशस्त हुने खाना खुवाइन्छ ।

आइसोलेसनमा बस्नेहरुलाई योग, ध्यान प्रशस्त गराइने छ । मनतातो पानी नाकको एउटा प्वालबाट तानेर अर्कोबाट फाल्ने जल नीति, मनतातो पानीले कुल्ला, पानी खाएर उल्टी गर्ने जस्ता विधि प्रयोग गरिने कोइरालाले जानकारी दिए।

चिकित्सालयका अध्यक्ष कमल मल्लले प्राकृतिक विधिबाट उपचार गर्दा सङ्क्रमित छिटो निको हुने बताए । पुरानो मेडिकल कलेजलाई हटाएपछि सो ठाँउको चार हेक्टर वन क्षेत्रलाई धार्मिक वन क्षेत्र बनाइएको छ । धार्मीक हिसाबले महत्वपूर्ण सो ठाउँमा २०० स्थानीय जातका गाई रहेको गौशाला, २३ जना बालबालिका भएको गुरुकूल, हवन कुण्ड रहेको मल्लले जानकारी दिए ।

भरतपुर महानगरले नेपालमा सङ्क्रमण देखिए लगत्तै भरतपुर कोरोना अस्थायी अस्पताल स्थापना गरी भरतपुर अस्पताललाई जिम्मा लगाएको थियो । यससँंगै महानगरका २९ वडामा ५० वटा क्वारेन्टिन स्थापना गरी बाहिरबाट आएकाहरुलाई राखेको उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिए । महानगर क्षेत्रका वासिन्दा सङ्क्रमित भई प्रथम चरणमा रहेकाहरुलाई अहिले तयार गरिएको आइसोलेसनमा राखिने उनले जानकारी दिए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार हाल महानगरका ११ वटा क्वारेन्टिन बाँकी रहेका छन् । ती क्वारेन्टिनमा ३९ जना रहेको उनले बताए । महानगरको क्वारेन्टिनबाट एक हजार १०६ जनाले सेवा लिइसकेको उनले जानकारी दिए। हाल महानगर क्षेत्रभित्र एक हजार २५४ जना घरकै क्वारेन्टिनमा रहेको उनको भनाइ छ । घरका एक जनालाई सङ्क्रमण भएमा परिवारका सबैलाई गणना गरी महानगरले निगरानी राख्ने गरेको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा चार नगरपालिकाले रत्ननगर र माडीले वडा नम्बर ५ मा आइसोलेसन बनाएका छन् । दोस्रो र तेस्रो तहका सङ्क्रमितलाई भने भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा उपचार गरिने व्यवस्था मिलाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies