Khabar Dabali Logo
  December 5, Sat

कुलमानप्रति असन्तुष्ट, नदोर्याउने अडानमा प्रधानमन्त्री

पपुलारिटीको आडमा कुलमान निरकुंश र नोकरशाही बन्दै गएको कर्मचारीहरुको दावी छ


काठमाडौं । मंगलबार साँझ सामाजिक संजालमा बधाईको ओइरो लाग्यो । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलामान घिसिङ्लाई नै पुन नियुक्त गरेकोमा बधाईको ओइरो लागेको थियो ।

बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु हुनासाथै कुलमानप्रति आउन थालेको बधाईको ओइरो त्यातिबेला मात्रै रोकियो जतिबेला केही अनलाइन मिडियाले कुलमानको नियुक्ति सहि नभएको र मन्त्रिपरिषदमा प्रस्ताव नै नपुगेको उर्जा मन्त्रालयको खण्डन प्रकाशन गरे ।

१८ घण्टासम्म लोडसेडिङ् झेलिरहेको नेपाललाई लोडसेडिङ्मुक्त बनाउने जस उनै कुलमान जान्छ र जनसमुदायमा उनीप्रति अथाहा सर्मपर्ण रहेको देखिन्छ ।

उनलाई रुचाउनेहरुको संख्या यति ठुलो छ कि सेलिबेटी फिगरदेखि सामान्य मानिससम्म । तर देशका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली भने कुलमान घिसिङ्सँग सन्तुष्ट छैनन् । कुलमानले बालुवाटारबाट लगाइएका सामान्य नियुक्ति र सरुवा बढुवाका काममा समेत नटेरेपछि ओली रिसाएका हुन् ।

प्रधानमन्त्री ओली नेपाल विद्युत प्राधिकरणले गरेको काम कारवाहीको जस नेपाल सरकारलाई आउनुपर्नेमा कुलमानले नीजि जस्तै बनाएको भन्दै उनलाई नदोहोर्याउने पक्षमा उभिएको बताइन्छ ।

साथै ओलीले आफ्नो पपुलारिटीका लागी मात्रै कुलमानले काम गरेको र सरकारलाई नटेरेकोले कुलमानको विकल्प अरुलाई नै कार्यकारी निर्देशक बनाउने तयारीमा रहेको बालुवाटार स्रोत बताउँछ ।

उसो त उर्जा मन्त्रालय समेत कुलमानसँग खुश छैन । उर्जा मन्त्रालयका कतिपय वरिष्ठ अधिकारीहरु र मन्त्रीसमेत कुलमानको कार्यशैलीप्रति खुश छैनन् । उनले कसैलाई पनि नटेर्ने र पछिल्लो समय जायज कुरा पनि नसुन्ने गर्न थालेको मन्त्रालयमा चर्चा चल्ने गरेको छ ।

उनैले नेतृत्व गरेको प्राधिकरणका कर्मचारी कुलमानको कार्यशैलीसँग असन्तुष्ट छन् । पपुलारिटीको आडमा कुलमान निरकुंश र नोकरशाही बन्दै गएको कर्मचारीहरुको दावी छ ।

उर्जामन्त्री वर्षमान पुन यसबारेमा मौन रहेपनि उनको सचिवालयका सदस्यहरुले भने कुलमानले कार्यशैली सच्याउनुपर्ने नत्र दोहोर्याउन नसकिने बताएका छन् ।

भदौ १० गते, २०७७ - १२:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   

राष्ट्रपतिद्वारा ‘औषधी’ सम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छन् । राष्ट्रपति...   

प्रचण्डको प्रस्तावमा गगन थापाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top