Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पूर्वलडाकुको कृषि मोह : चियाको राजधानीमा कफीको शुरुआत

झापा । झापा विर्तामोडका भोजराज श्रेष्ठले दुई वर्ष भूमिगत जीवन बिताए । समाज परिवर्तनका लागि भोजराजले साथी÷सहपाठीको भनाइ मान्दै भूमिगत जीवन बिताउनुपर्यो । भूमिगतबाट खुला राजनीतिमा आएपछि भोजराजको राजनीतिमा जाने चाहना भएन । खुला राजनीतिमा आए पनि कृषि क्रान्तिबाट मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने भोजराजलाई लाग्यो ।

यसपछि भोजराज यही उद्देश्य लिएर नयाँ जीवन जिउनका लागि घर सरे । नयाँ किसिमको खेतीबाली गरेर जीविकोपार्जन गर्न भन्दै उनी झापाबाट इलाम सरे । उनलाई सेना/प्रहरीमा जागिर खानका लागि पनि प्रस्ताव नआएको होइन तर हतियार बोकेर वाक्क हुनुभएका भोजराजलाई फेरि त्यही काम गर्न जाँगर आएन । शुरुमा झापामै केही व्यवसाय गर्ने सोच पनि आएकोे थियो तर छोराछोरीको भविष्य र पारिवारिक जिम्मेवारी थेग्न त्यो व्यवसायले खाँचो टार्ने देखिएन ।

यत्तिकैमा एक दिन भोजराजकै एक साथीले कफीखेती गर्ने सल्लाह दिए । कफीबाट राम्रो आम्दानी हुने बुझेपछि भोजराज झापा छाडेर इलाम उक्लिनुभयो । चियाको प्रख्यात जिल्ला इलाममा त्यसबेला धेरैलाई कफीको बारेमा पत्तै थिएन । चिया नै चियाले घेरिएको ठाउँमा एक्ला भोजराजले कफीको शुरुआत गरे ।

पहिलो गाँसमै ढुङ्गा

आफ्नो पुख्र्यौली घर रहेको इलाम नगरपालिकाको गोदकमा जग्गा ठेक्कामा लिएर भोजराजले कफीखेती शुरु गरे । केही साथीसँग मिलेर खेती पनि गरे तर आम्दानी भने सोचेजस्तो भएन । कफीका लागि आवश्यक हावापानी नमिलेपछि भोजराजको लगानीसमेत उठेन । शुरुमा सोधखोजै नगरी गरेको खेतीबाट फाइदा हुने छाटँकाँट देखिएन । आम्दानी राम्रो नभए पनि भोजराजले हिम्मत भने हारेनन् । उनले यो ठाउँमा एबोगार्डो, लिचीखेती गरेका छन् तर भोजराजले कफीखेती भने रोङ गाउँपालिकास्थित लक्ष्मीपुरमा गर्दै हुनुहुन्छ । दुई वर्षअघिदेखि लक्ष्मीपुरमा शुरु भएको कफी भने आशलाग्दो देखिएको छ । गाउँमा नयाँ खेती शुरु भएपछि भोजराजलाई पछ्याउँदै अरूले पनि कफीखेती थालेका छन् । भोजराजले ३० रोपनी जग्गामा कफी लगाएका छन् । “रु १५ लाख लगानी गरेँ, आम्दानी उठ्ने बेला भएको छैन”, भोजराजले भने, “विरुवा बेचेर अलिअलि कमाउँदै छु तर आम्दानी राम्रै हुने देखिएको छ ।” भोजराजले निकट भविष्यमै त्यो क्षेत्रमा २०० रोपनीमा कफीखेती गर्ने योजना बनाएका छन् ।

जिल्लाभरि कफीको सम्भावना

चियाखेती भइरहेको इलाममा भोजराज भने कफीमा प्रशस्त सम्भावना दख्छन् । गाउँमा खेती नगरी छाडिएका पाखा÷पखेरामा पनि मौसम मिले कफीखेती गर्न भोजराजको सुझाव छ । कफीमै भविष्य देख्नुभएका भोजराजले आउँदो वर्ष इलामको माङ्सेबुङ गाउँपालिकामा पनि खेतीको योजना बनाएका छन् । आफूले गरेको कफीबाट प्ररेणा पाएर अरू क्षेत्रबाट पनि कफीका लागि अनुरोध आउन थालेको भोजराजले बताए । “इलाममा चियाबाट भन्दा कफीबाट बढी फाइदा लिन सकिन्छ”, भोजराज भन्छन्, “कफीको राष्ट्रिय माग पूरा गर्न पनि कफी लगाउनुपर्छ ।” भोजराजका अनुसार अहिले नेपालका पूर्वी पहाडी क्षेत्रमा स्थानीय कफी भन्दै भारतीय कफी बेच्ने गरेकाले त्यसको दुरुत्साहनका लागि पनि खेती गर्नुपर्ने देखिन्छ । एउटा कफी क्याफेमा नै मासिक १० किलो चेरी ९कफीको बोक्रा पेलेर फ्याकेपछिको भित्री भाग० लिने गरेकाले स्थानीयस्तरमै बजार राम्रो रहेको भोजराजले जनाए ।

अनुदानभन्दा कृषि ऋणलाई प्राथमिकता दिँदा उचित

पछिल्लो समय सरकारले व्यावसायिक कृषि उद्यम गर्नेलाई प्रेरणा र सहयोगका लागि अनुदान वितरण गर्दै आएको छ तर कफी किसान भोजराज भने अनुदान पहुँचवाला र नेतृत्व निकटलाई दिइने भएकाले कृषि ऋणमा प्राथमिकता दिनु उचित दख्छन् । साना अनुदान किसानले पाए पनि ठूला अनुदानमा भने वास्तविक किसानका हात नपर्ने गरेको भोजराजको भनाइ छ ।

इलाम पनि यो समस्याबाट अछुतो नरहेको भन्दै भोजराज किसानलाई प्रोत्साहनस्वरुप ऋण दिन अनुरोध गछन् । “यसै वर्ष पनि मैले रु दुई लाख अनुदान पाएँ तर ठूलो अनुदान किसानले पाउँदैनन्”, भोजराज भन्छन् । पछिल्लो समय स्थानीय सरकारले कृषिमा उत्प्रेरणाका कार्यक्रम ल्याएकाले कृषिमा प्रोत्साहन भएको भोजराजले बताए । स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएर युवालाई किसान र उद्यमी बनाए स्वरोजगार बन्न सकिने भोजराजको भनाइ छ ।

उत्पादनमा इलाम प्रदेशकै उत्कृष्ट

पछिल्लो समय कफीमा किसान जागरुक हुन थालेपछि कफीमा समेत इलाम उत्कृष्ट बन्दै आएको छ । खेती प्रणाली मिलेको, स्थानीय सरकार र कफी बोर्डबाट बिरुवासमेत उपलब्ध हुन थालेपछि किसान कफीको व्यावसायिक खेतीमा लागेका हुन् ।

एक सर्वेक्षणअनुसार इलाम कफी उत्पादनमा प्रदेश नं १ कै उत्कृष्ट जिल्ला हो । प्रदेश नं १ को ३४ दशमलव सात हेक्टर क्षेत्रफलमा कफीखेती हुने गरेकामा १० दशमलव तीन प्रतिशत हेक्टर क्षेत्रफलमा भने इलाममै खेती हुने गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies