Khabar Dabali Logo
  October 21, Wed

लक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने

कोरोना नियन्त्रणमा निषेधाज्ञाले काम गरे–नगरेको यकिन हुन अझै एक हप्ता लाग्ने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्ने प्रक्रिया परिवर्तन गरेको छ । मन्त्रालयले लक्षण नभएका संक्रमितलाई अब भर्ना नगर्न देशभरका अस्पताललाई निर्देशन दिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – लक्षण नभएका संक्रमितले अस्पतालका शैंया भरिन थालेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षण नभएका अस्पतालमा र लक्षण भएका संक्रमित घरमा बस्नुपरेपछि अस्पताल भर्ना प्रक्रियामा परिवर्तन गर्नुपरेको बताए । अब सामान्य अवस्थाका संक्रमितलाई भर्ना नलिन चिकित्सक तथा अस्पताल प्रमुखलाई निर्देशन दिइएको उनले बताए ।

काठमाडौंलगायत तराईका जिल्लामा संक्रमित बढ्दै जाँदा अस्पताल शैंया अभाव हुन थालेको छ । यो समस्याको समाधान गर्न मन्त्रालयले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने भएको हो ।

पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्न थालेका छन् । कुल संक्रमितमध्ये ६ प्रतिशतमा लक्षण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर, उपत्यकामा भने २० प्रतिशत संक्रमितमा लक्षण देखिएको छ ।

सोमबार काठमाडौंमा एक सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा दुई सय २४ नयाँ संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या तीन हजार चार सय ८६ पुगेको छ । काठमाडौंमा दुई हजार सात सय ५६, भक्तपुरमा दुई सय ८६ र ललितपुरमा चार सय ४४ संक्रमित पुगेका छन् । उपत्यकामा पुष्टि भएका संक्रमितमध्ये ६ सय ९७ जनामा लक्षण देखिएको छ ।

कोरोना नियन्त्रणमा निषेधाज्ञाले काम गरे–नगरेको यकिन हुन अझै एक हप्ता लाग्ने

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको निषेधाज्ञाको प्रभाव अझै एक हप्तापछि मात्रै देखापर्ने चिकित्सकले बताएका छन् । दुईदेखि १४ दिनको संक्रमण अवधि भएकाले ६ दिनलाई हेरेर निषेधाज्ञाले काम गरे–नगरेको यकिन गर्न नसकिने उनीहरूको भनाइ छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दरलाई थप फैलन नदिन निषेधाज्ञा जारी गरेको मंगलबार ६ दिन भएको छ । निषेधाज्ञा जारी भएको अघिल्लो दिनसम्म मानिसहरू सडक, बजारमा हिँडिरहेका थिए । त्यसपछि सबै घरमा बसेका छन् । निषेधाज्ञा जारी भएको ठीक एक दिनअघि ३ भदौलाई आधार बनाएर हेर्दा त्यसवेला संक्रमण भएमा १४ दिनसम्म देखिरहन सक्छ । त्यसैले अझै एक हप्ता कुर्नुपर्ने विज्ञहरूको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार दुईदेखि १४ दिनभित्र यसको संक्रमण देखिने भनिए तापनि धेरैलाई पाँच दिनभित्र नै लक्षण देखिएको छ । ‘त्यसपछि बिस्तारै दैनिक संक्रमण कम हुँदै जान्छ,’ डा. पुन भन्छन्, ‘तर, कुनै व्यक्ति घर, परिवार, आफन्त र राज्यलाई नै झुक्याएर बाहिर हिँडडुल गरेको भए त्यो सोही दिनबाट १४ दिन गन्न सुरु हुन्छ । यस्तो अवस्थामा भने निषेधाज्ञा जारी गरेर पनि संक्रमण घट्दैन ।’

कस्तो छ अहिलेको अवस्था ?

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा कुन अवस्थामा पुगेको छ भन्ने पत्ता लगाउन कोसिस भइरहेको छ । अहिले समुदायमा कोरोना कुन अवस्था छ, भन्ने बलियो आधार निर्माण नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. विवेक लाल बताउँछन् ।

अब देशको अवस्था के हुन्छ भन्नलाई अहिलेको अवस्था कस्तो छ भन्ने कुरा प्रमुख हुने उनले बताए । त्यसका लागि विभिन्न क्षेत्र तोकेर सेरोलोजिकल (एन्टिबडी) परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।

सरुवारोग विशेषज्ञ डा. पुन पनि सुरुमा कोरोना संक्रमणबारे समुदायको तस्बिर बाहिर आउनुपर्ने बताउँछन् । ‘समुदायको अवस्था बाहिर आएको स्थितिमा आगामी दिनमा कोरोनाबारे नयाँ योजना बनाएर काम गर्न मद्दत मिल्छ,’ डा. पुन भन्छन् ।

उनी निषेधाज्ञा कहिलेसम्म रहन्छ, केस कति पुग्लान् भन्ने भन्दा पनि नेपाल कुन अवस्थामा छ भन्ने खाका स्पष्ट रूपमा ल्याउनुपर्ने बताउँछन् । ‘अहिले हामी कहाँ आइपुग्यौँ भनेर क्लियर भएको छैन,’ डा. पुन भन्छन्, ‘सेरोलोजिकल (एन्टिबडी) परीक्षण गरेको खण्डमा कोरोनाको स्पष्ट खाका आउनेछ । स्पष्ट तस्बिर ल्याउन सकेमा कुन क्षेत्रलाई बढी महत्व दिने भन्ने स्पष्ट हुने थियो ।’

चिकित्सकहरूले ‘सेरोलोजी सर्भिलेन्स’ गरेर कोरोनाको स्पष्ट खाका बाहिर ल्याए त्यसको नियन्त्रणमा सहज हुने बताएका छन् । ‘सेरोलोजी सर्भिलेन्स वैज्ञानिक आधारबाट हुन्छ । यो सर्भिलेन्सबाट आगामी दिनमा कोभिड–१९ को नियन्त्रणमा राम्रो आधार तय हुनेछ,’ डा. लाल भन्छन् ।

सेरोलोजी सर्भिलेन्स गरेर हेरेपछि कुन ठाउँमा राज्यले बढी मिहिनेत गर्नुपर्ने हो स्पष्ट हुने उनको भनाइ छ । यो भनेको क्षेत्र छुट्याएर त्यहाँ रहेको केही व्यक्तिको रगत संकलन गरेर कोरोना एन्टिबडी भए–नभएको परीक्षण गर्ने हो ।

कोरोनाले सातको मृत्यु, आठ सय ५५ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर सातजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंमा तीन, सिराहा, पर्सा, धनुषा र रुपन्देहीका एक–एकजना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ६४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा आठ सय ५५ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको छ । त्यसमध्ये १४ हजार दुई सय ५० जना सक्रिय संक्रमित छन् ।

उनीहरूमध्ये पाँच हजार ६ सय ६९ जना घरमा र आठ हजार पाँच सय ८१ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन् । काठमाडौं उपत्यकामा दुई सय ३२ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा एक सय ९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित देखिएका छन् ।

भदौ १० गते, २०७७ - ०७:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महालेखाले औंल्यायो प्रदेश-२ मा बेथिति नै बेथिति

जनकपुरधाम । महालेखा परीक्षकको कार्यालयको ५७ औं वार्षिक प्रतिवेदनले प्रदेश २ सरकार मातहतमा बेथिति...   

बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता...   

संसदीय छानबिन समितिको निष्कर्ष : सामाजिक विकास मन्त्रालय र अस्पतालको लापरबाहीले राजु सदाको ज्यान गयो

जनकपुरधाम। धनुषाको पर्साहीका राजु सदाको मृत्यु प्रकरणमा अस्पताल र प्रदेश २ को सामाजिक विकास मन्त्रालयको...   

संसदको गरिमा : पहिले भन्सार छुटको पजेरोले कुल्चियो, अहिले दसैं भत्तामा अल्झियो

काठमाडौं । भन्सार सुविधामा गाडी झिकाउन दिने सुविधा– २९ माघ ०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले...   

सभामुख मूकदर्शक मात्रै

भविष्यमा यस्तो विषयमा ध्यान दिनुपर्छ भनेर मेरा लागि शिक्षा भयो : सभामुख अग्नि सापकोटा काठमाडौं ।...   

प्रधानमन्त्री र मन्त्रीको भत्ता फिर्ता गर्न ‘ब्याक डेट’ को निर्णय

काठमाडौं । सांसदहरूले दसैं भत्ता बुझेको विषयमा चौतर्फी आलोचना भएपछि सरकारले ‘ब्याक डेट’ मा निर्णय...   

उदयपुरमा जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु, तीन जना गम्भीर घाइते

उदयपुर । शनिबार उदयपुरमा भएको जीप दुर्घटनामा पाँच जनाको निधन भएको छ र तीन जना गम्भीर घाइते छन् । भैरहवाबाट...   

निजी स्कुल र अभिभावकबीचको शुल्क विवाद राष्ट्रपति कार्यालयसम्म पुग्यो

काठमाडौं । कोभिड– १९ का कारण भौतिक रूपमा विद्यालयमा उपस्थित भएर अध्ययन गर्न नपाएका विद्यार्थीबाट...   

प्रचण्डले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन् : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेग्लै पार्टी...   

कोरोना संक्रमण फैलाउने ‘हटस्पट’ बन्दै पशुपतिको आर्यघाट क्षेत्र

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top