Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

थातथलो छाडेर बाँसखर्क आए लिदीवासी

सिन्धुपाल्चोक । बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुदछ
लाखौंका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ

आजको राजधानी दैनिकमा खबर छ - जनवादी गायक जेबी टुहुरेको यो गीतको पंक्ति जस्तै आफू जन्मे–हुर्केको ठाउँ चटक्कै छाडेर हिंड्नु पर्दा कसको मन रुँदैन होला र ? टुहुरेको गीतमा जस्तै यतिबेला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीका पहिरोपीडितहरू बाँच्नकै लागि आफ्नो थातथलो छाडेका छन् ।

जन्मभूमि छाड्ने रहर हुँदैन तर गाउँमा पहिरोले बस्न नदिएपछि उनीहरू आफ्नो गाउँभन्दा निकै टाढा ११ घण्टा हिँडेर जुगल गाउँपालिका–१ सेलाङमा रहेको बाँसखर्कस्थित सामुदायिक वन क्षेत्रमा आइपुगेका छन् त, कोही आउने क्रम छन् ।

२९ साउनको बिहान आएको भीषण पहिरोले लिदीवासीले ३९ छिमेकी गुमाए, कतिले परिवारका सबै सदस्य नै गुमाए । आफन्त र छिमेकी एकै प्रहरमा गुमाउनु पर्दाको पीडा लिदीवासीले भोगेका छन् । त्यसभन्दा बढी पीडा पहिरोमा बाँच्नेहरूलाई छ ।

जुगल गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले लिदी पहिरोमा विस्थापित भएकाहरूलाई अस्थायी रूपमा सुरक्षित स्थानमा राख्न सेलाङको बाँसखर्क सामुदायिक वन नै उपयुक्त भएको निष्कर्ष निकालेपछि अहिले विस्थापितहरू यहाँ आउन थालेका छन् ।

लिदीबाट हिँडेको ११ घण्टामा अस्थायी बासस्थानमा आइपुगेका लिदीका कान्छा दोङको मन यतिबेला बेचैन छ, केही छिमेकीसहित बाँसखर्कमा आइपुगेका दोङ जन्मभूमि छाड्नु पर्दाको पीडा बताउन नै सक्दैनन् ।

‘हामी भूकम्पपछि पनि यहाँ आएर बसेका थियौं तर सरकारले यहाँ बस्न दिएन । अहिले फेरि आएका छौं । यहाँ पनि केही महिना त होला नि,’ दोङले पीडा मिश्रित स्वरमा भने ।

लिदीवासीहरू बाँसखर्कमा रहेको अस्थायी क्याम्पमा आउने क्रम सुरु भएको र सोमबारसम्म एक सयभन्दा बढी स्थानीय आइपुगेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । भूकम्पपछि पनि लिदीलगायत आसपासका करिब ५ सय स्थानीय यहाँ आएर बसे पनि सरकारले वनको जमिन भएको भन्दै यहाँ बस्न नदिएपछि आफूहरू गाउँमा नै फर्केको पीडितहरूले बताए ।

लिदीको पहिरोमा ज्यान गुमाएका अधिकांश यहीबाट फर्केकाहरू नै भएको बाँसखर्क आइपुगेका कान्छा दोङले बताए । ‘हामीलाई यहीँ बस्न दिनुहोस् भन्दै हामी सिंहदरबारसम्म पुग्यांै तर हाम्रो कुरा सरकारले त्यति बेलै सुनुवाइ गरेन । त्यतिबेला हामीलाई यहाँ बस्न दिएको भए अहिले यस्तो हुने थिएन,’ उनले भने ।

बाँसखर्क जंगलमा अहिले जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको चाइनिज टेन्ट राखिएको छ । सुरक्षाकर्मी र स्थानीयले एक सय बढी टेन्ट बनाएका छन् । पहिरोमा विस्थापित भएका १ सय ७२ लाई यहाँ राख्ने योजना रहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

‘लिदी पहिरोमा विस्थापित भएकाहरू अझै पनि बाँसखर्कमा आउन तयार भएका छैनन् । केही महिनापछि फेरि त्यही नै जानुपर्ने हो कि भन्ने चिन्ता देखिएको छ,’ अध्यक्ष श्रेष्ठले भने । लिदीबाट बाँसखर्कसम्म आउन हिंड्न सक्नेलाई नै ११ घण्टा बढी लाग्छ, गाउँमा महिला, अपांग, केटाकेटी र वृद्धाहरू छन् । ‘उनीहरूलाई यहाँ कसरी ल्याउने त्यो पनि समस्या छ,’ वडा अध्यक्ष प्रताप लामाले भने ।

बासखर्कको अस्थायी बासमा आइपुगेका लिदीवासीले आफूहरूलाई स्थायी रूपमा नै यहीँ राख्न माग गरेका छन् । ‘खेतीपाती गर्ने जग्गा समेत हामीलाई दिनुपर्छ, हामी गाउँको जग्गा सरकारलाई दिन तयार छौं,’ दोङले भने, ‘यहाँ बस्न दिइएन भने त हामी अन्यत्र जान बाध्य हुन्छौं ।’

बाँसखर्कमा आएर अस्थायी रूपमा बसोबास गर्न सुरु गरेका लिदीवासीलाई विभिन्न संघसंस्थाले अत्यावश्यक सामग्री दिन सुरु गरेका छन् । बाँसखर्कमा आएको पहिले दिन नै पर्यटन व्यवसायी राजु शर्माको पहलमा स्विस नागरिकमार्फत १ सय ७२ थान त्रिपाल, टर्च लाइटलगायतका सामग्री प्रदान गरिएको छ ।

त्यस्तै अक्सफमको सहयोगमा जनहित ग्रामीण सेवा समितिले १२ थान टेन्ट, १ सय थान त्रिपाल, १ सय ७२ थान हाइजिन कीट, किचेन सेट ४५ थानलगायतका राहत सामग्री वडा अध्यक्ष प्रताप लामालाई हस्तान्तरण गरिएको जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies