Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बढी उमेरका व्यक्तिलाई काेराेना सङ्क्रमण हुँदा मृत्यु दर पनि बढी हुन्छ’

\"\"

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा सङ्क्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा प्रेसित गरेको अन्तरवार्ता उनले अहिले नेपालमा देशैभरी धेरै कोरोनाका केसहरु देखिन थालेको र बढी उमेरमा मानिसमा थप वृद्धि हुने सम्भावना रहेको उल्लेख गरे। “केही महिना अघि विदेशबाट फर्किएकामा मात्र केस थियो । फर्किेनेहरुको सङ्ख्या घटेकाले केश पनि घटेको देखिएको थियो । तर, अहिले सङ्क्रमितको सङ्ख्या बढेको छ । यो सुरुआत मात्रै हो । केसहरु निकै नै बढनेवाला छ । परिस्थिति अझै नराम्रो हुनेवाला छ”, उनले भने।

यसो भन्दै गर्दा अन्य धेरै केस देखिएका मुलुक जस्तै ब्राजिलमा पनि समग्र जनसङ्ख्याको एक देखि दुई प्रतिशतलाई मात्र सङ्क्रमण देखिने अवगत गराउँदै डा भ्यानडिलिएरले नेपाल अहिले त्यो अवस्थाा पुगिनसकेको बताए । नेपालमा अहिले शुन्य दशमलव एक प्रतिशतको हाराहारीमा मात्र सङ्क्रमण भएको छ । उनले भने, “यसबाट मैले के भन्न खोजको हो भने केसको सङ्ख्या बढेपनि आत्तिहाल्नुपर्ने अवस्था छैन् । अन्ततः सङ्क्रमण हुनेको सङ्ख्या पनि समग्र जनसङ्ख्याकोे तुलनामा कम नै हुनेवाला छ । हाम्रो वरिपरी र अहिले टोल छिमेकमा केश देखियो भन्दैमा सबैले आत्तिनुपर्देन । किनभने सबै जना सङ्क्रमित हुने भन्ने होइन ।”

केसको सङ्ख्या बढिरहेको र सङ्क्रमणको जोखिम पनि बढिरहे पनि थौरै जनसङ्ख्यालाई मात्र सङ्क्रमण देखिने र अधिकांश व्यक्तिलाई मन्द लक्षण मात्र देखिनुका साथै घातक नहुने उनको भनाइ थियो । फरक प्रशङ्मा विश्व स्वास्थ्य सङ्गठनले कोरोना रोकथाम र नियन्त्रणमा नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताउँदै उनले सहकर्मीहरु सरकारी अधिकृतसँग हातमा हात मिलाएर काम गरिरहेको, कोरोनाको प्रतिकार्यका लागि तयारी, निगरानी र तथ्याङ्क सङ्कलन गर्न, प्रयोगशालाको क्षमता र गुणस्तरमा सहयोग गरिहेको जानकारी गराए । साथै सङ्घीय सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका साथै प्रादेशिक सरकारसँग पनि काम गरिरहेको उनले बताए ।

कोरोना नियन्त्रण र रोकथामका लागि नेपाललाई तीन तहका सरकाबीच समन्वय र सहकार्यको चुनौती रहेको बताउँदै डा भ्यानडिलिएरले कोरोना सङ्क्रमित र सम्पर्कमा रहेकोको कट्«याक्ट ट्रेसिङमा व्यक्तिको खोजी कार्य गर्न स्थानीय सरकारको महत्वपर्ण भूमिका हुने उदाहरण प्रस्तुत गरे । साथै हाल राज्यको समग्र ध्यान कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित भएका बेला सुत्केरी, बालबालिका दीर्घरोगी र अन्य बिरामीका उपचारमा पनि आवश्यक व्यवस्थापन गर्न चुनौती रहेको उनको धारणा थियो ।

स्वास्थ्य सेवाको सहज सुलभ पहुँच र गुणस्तर सुधार्नुपर्ने अवस्था रहेको बताउँदै उनले कोरोना रोकथाम र नियन्त्रणमा आममानिसको व्यहार परिवर्तन गर्न पनि चुनौती रहेको विचार व्यक्त गरे । नेपालले धेरै प्रकारका प्रकोप देखेको र पुनः जीवन शुरु गर्न इच्छा शक्ति नेपालीमा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा स्यमंसेवीको सहयोग पनि लिन सक्नुपर्ने सुझाव दिए । कोरोना नियन्त्रणमा सरकारले नीजि स्वास्थ्य संस्थाको पनि सहयोग लिनुपर्ने र नीजि क्षेत्रले पनि आफ्नो स्रोता साधन र जनशक्ति परिचालन गरी सहयोग गर्नुपर्ने दायित्व पुरा गर्नुपर्ने उनको धारणा थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies