Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कर्णालीमा ५३ हजार काेराना परीक्षण, २ हजार ३१३ सङ्क्रमित, २ हजार ७ निको

सुर्खेत । कर्णाली प्रदेशमा ५३ हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । आरटी पिसिआर परीक्षण गरिएका जम्मा व्यक्तिमध्ये ५० हजार ८७ जनाको नेगेटिभ र दुई हजार ३१३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ ।

आज १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ३१३ पुगेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी परीक्षणमा सुर्खेतका चार, दैलेख र सल्यानका दुईरदुई, धनुषा र कञ्चनपुरका एकरएक जनामा सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा कालीकोटमा चार, जुम्ला र दैलेखमा एकरएक र दैलेख अस्पतालले गरेको आरटी पिसिआरमा एक जनामा सङ्क्रमण देखिएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाए । सङ्क्रमितमध्ये आज १५ जना निको भएसँगै कोरोना निको भएर घर फर्कनेको सङ्ख्या भने २ हजार ७ पुगेको उहाँले बताए ।

शिक्षा अधिकृत कँडेलले भने, “कर्णालीमा देखिएका कूल कोरोना सङ्क्रमितमध्ये ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन् । अब १३ प्रतिशत सङ्क्रमितहरु मात्र आइसोलेशनमा छन् ।” अहिलेसम्म छ जना बाहेक अन्यको कोरोना सङ्क्रमणबाट मृत्यु नभएको जनाउँदै उहाँले कोरोना सङ्क्रमणबाट आत्तिहाल्नु पर्ने नरहेको बताए ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका डा प्रदीप न्यौपानेले अस्पतालको आइसोलेशनमा हालसम्म आएका ३१९ जनामध्ये १७ जनामा कोरोनाको लक्षण देखिएको तर सबै निको भएर घर फर्किसकेको जानकारी दिए । लक्षण भएकामा १० जनामा खोकी, पाँच जनामा स्वासप्रश्वास र दुई जनामा ज्वरो देखिएको बताउँदै डा न्यौपानेले अहिले एक जना मात्र कोरोना लक्षणयुक्त बिरामी अस्पतालमा रहेको जनाए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies