Khabar Dabali Logo
  October 30, Fri

७० करोड त्यस्तै हो, अर्को चुनावमा ७० हजार मत ल्याएर जित्छुः बाँस्कोटा

काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अर्को चुनावमा ७० हजार मत ल्याएर जित्ने दाबी गरेका छन् ।

७० करोड घुस प्रकरणमा नाम जोडिएपछि मन्त्रीबाट राजीनामा दिएका बाँस्कोटाले अर्को चुनावमा ७० हजार मत ल्याएर जित्ने दाबी गरेका हुन् ।

उनले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका छन्, ‘आरोप लाग्दैमा केही हुँदैन । म निर्दोष छु । मलाई ७० करोड, ७० करोड भन्दै मानिसहरू जिस्क्याइरहेका हुन्छन् । ७० करोड त त्यस्तै हो, अर्को चुनावमा चाँहि ७० हजार मत ल्याएर जित्छु ।’

अहिले मन्त्रिपरिषद् हेरफेर हुने चर्चा चलिरहेको भए पनि उनले तत्काल मन्त्री नहुने बाँस्कोटाले स्पष्ट पारे । उनले भने, ‘अहिले आरोप लागेको छ । मन्त्री पद जाँदैमा केही हुँदैन । अहिले छानविन चलिरहेको छ । आरोप पुष्टि नभएपछि मन्त्रीभन्दा माथि जान सक्छु ।’

उनले आफू निर्दोष रहेको प्रतिवेदन तयार भइसकेको दाबी गरे । तर, उनले उक्त प्रतिवेदन कसले तयार गरेको भन्ने खुलाएनन् ।आजको कान्तिपुर दैनिकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँ घूस मोलमोलाइ गरेको आरोप खेपिरहेका बाँस्कोटालाई उन्मुक्ति दिने तयारी गरेको समाचार लेखेको थियो । बाँस्कोटाले घूस लिए/खाएको प्रमाणित नहुने’ भनी अनुसन्धान अधिकृतले तयार पारेको प्रतिवेदन अख्तियारको बैठकमा पेस हुने र त्यहींबाट उजुरी तामेलीमा पठाउने तयारी भएको हो । आरोप पुष्टि नहुने उजुरी अख्तियारको निर्णयबाट तामेलीमा जान्छ ।

उनले त्यहीँ प्रतिवेदनलाई आधार मानेर आफू निर्दोष रहेको दाबी गरेको बुझिएको छ । उनले ७० करोडको भ्रष्टाचारको आरोप लागेको दाग आफ्नो नैतिकताको वासिङ पाउडरले धुने बताए ।

भदौ ९ गते, २०७७ - १८:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top