Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

पाउन थाले गर्भवतीले सेवा

चितवन । भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई कोरोना सङ्क्रमण भएपछि बन्द गरिएको अस्पतालको प्रसूति सेवा सुचारु भएसँगै महिलाहरु लाभान्बित हुन थालेका छन् ।

अस्पतालले साउन ३२ गते साँझबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो । अस्पतलका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गरि अस्पताललाई पूर्ण निर्मलीकरण गरेर भदौ ४ गते दिउँसोबाट सेवा सुचारु गरेको हो । अस्पताल बन्द गर्नुअघि दैनिक ४० जनाभन्दा वढी प्रसूति गराइँदै आएको थियो । अकस्मात अस्पताल बन्द भएपछि बिरामी प्रभावित भएका थिए ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत बुधबार अस्पताल खुलेको दिन अस्पतालमा ३ जनाको प्रसूति गराएकोमा सोमबारसम्म आइपुग्दा यो सङ्ख्या बढेर १७ पुगेको छ । तीमध्ये ९ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको छ । धेरैलाई अस्पताल खुलेको थाहा नभएर अझै आई नसकेको उनको भनाइ छ । अस्पतालको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। रामप्रसाद सापकोटाले अस्पताल खुलेसँगै सबैभन्दा बढी मकवानपुरबाट महिलाहरु सेवा लिन आएको बताए । चितवन, नवलपरासी, गोर्खा, लमजुङलगायत जिल्लाबाट बिरामी आएको उहाँको भनाइ छ । निजीमा भर्ना हुन सहज छ भने खर्च महङ्गो लाग्ने गर्दछ ।

साधारण सुत्केरी हुनेले रु २० हजारसम्म र शल्यक्रिया गर्नुपर्दा रु ५० हजारभन्दा बढी खर्च हुने गर्दछ । सरकारीमा प्रसूति सेवा निःशुल्क भएर घर फर्कदा एम्बुलेन्स खर्च समेत पाइन्छ । सापकोटाका अनुसार जिल्लामा सङ्क्रमण देखिए यता भरतपुर अस्पतालको प्रसूति विभागका प्रमुख डा। सुनिलमणी पोख्रेलवाहेकलाई सङ्क्रमण भएको छैन । त्यहाँ कार्यरत २२ मध्ये २१ चिकित्सक र ४० नर्ससहित सहयोगीहरु सबै सुरक्षित छन् । यो संगै उपचारका लागि यहाँ आएका गर्भवती एवम् महिला पनि सुरक्षित रहेका छन् । उनले भने “हामीले स्वास्थ्य मन्त्रालयको निर्देशिका र मापदण्ड सकेसम्म पालना गरि उपचार गरिरहेका छौ ।” अन्यत्र भन्दा हामीले वढी सुरक्षा सतर्कता अपनाउने गरेको हुँदा नै आजसम्म सङ्क्रमणबाट बच्न सकेको उनको भनाइ छ ।

परोपकार प्रसूति गृहपछि देशकै धेरै सुत्केरी हुने ठाउँ भरतपुर अस्पताल हो । यहाँ वार्षिक १३ हजार हाराहारी सुत्केरी हुने गर्दछन् । अनुभवी चिकित्सक, नर्स र सहयोगी भएकै कारण जिल्लामा अन्यत्र काम गर्ने चिकित्सकहरुले समेत आफ्ना श्रीमती र आफन्त भरतपुर अस्पतालमा नै सुत्केरी गराउने गरेको पाइन्छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले अब कोरोना सङ्क्रमण भएका सुत्केरी र अन्य बिरामीको पनि शल्यक्रिया गर्नुपरेमा यही गर्नुपर्ने भएकाले तयारी गरिदैं गरेको बताए । उनका अनुसार सङ्क्रमितलाई छुट्टै बच्चा जन्माउने कक्ष र शल्यक्रिया कक्ष तयार गर्न लागिएको छ ।

अधिकारीले छोटो समय सेवा वन्द गर्नुपर्दा धेरैले दुःख पाएको भन्दै अब सरकारी अस्पतालको सेवा सकेसम्म बन्द नहुने बताए । उनले भने, “हामीले शुरु देखिनै सङ्क्रमितको उपचार गरेकाले आवश्यक सतर्कता अपनाएकै कारण यहाँ बिरामी सुरक्षित भएका हुन ।” अन्य अस्पतालमा बिरामी सङक्रमित भएको भए पनि सरकारी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिदासमेत बिरामीमा सङ्क्रमण फैलन पाएको छैन । अधिकारीका अनुसार अहिले अस्पतालको वहिरङ्ग बाहेकका सेवा शुरु भएका छन् । निषेधाज्ञाका कारण वहिरङ्गमा आउने थोरै बिरामीलाई आकस्मिकबाट सेवा दिइएको छ ।

निजीले उपचार गर्न नमान्ने हुँदा कतिपय बिरामीको उपचार सरकारीमा मात्र गर्नुपर्ने हुन्छ । भरतपुर अस्पतालमा सघन उपचार कक्षको क्षमता कम भएकाले कतिपय बिरामी निजीमा पठाउनु पर्ने भएपनि अन्यलाई उपचारमा कुनै रोक नहुने अधिकारीको भनाइ छ । सरकारीका चिकित्सक र स्वास्थ्यकर्मीले आलोपालो गरेर सेवा दिइरहेका छन् । यहाँ चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिने गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies