Khabar Dabali Logo
  October 23, Fri

आगामी वर्षभित्र ‘सडक बालबालिकामुक्त’ बनाउँछौँ : मन्त्री गुरुङ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकारले एक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् । उनले सरकारले यही वर्ष सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरेपनि कोभिड-१९ का कारण पुनः ठूलो संख्यामा बालबालिकाहरु सडकमा देखिने जोखिम रहेको बताए ।

मंगलबार कोभिड-१९ का कारण बालबालिकामाथि परेको प्रभाव सम्बन्धी दक्षिण एसियाली राष्ट्रहरुको सहकार्य विषयक वेभिनारमा बोल्दै मन्त्री गुरुङले भने, ‘यही वर्षभित्र घोषणा गर्ने तयारी थियो, तर बाढीपहिरो र कोरोनाका कारण धेरै बालबालिका सडकमा देखिने अवस्था सिर्जना भएको छ, त्यसैले तिनलाई पनि व्यवस्थित गर्दै आगामी वर्षभित्र सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी भइरहेको छ ।’

मन्त्री गुरुङले नेपालमा दश वर्षे जनयुद्ध, भुकम्प, विभिन्न महामारी, बाढी पहिरो र खडेरीका कारण बालबालिकाहरु सबैभन्दा बढी प्रभावित भएको र सडकमा आइपुगेको बताए । ‘अहिले कोभिडले पनि बालिबालिकाहरुमाथि ठूलो प्रभाव पारेको छ, यस्तो संकटका बेला उनीहरुको संरक्षण, स्वास्थ्य, शिक्षासहितका अधिकारको सुनिश्चितता गर्नुपर्ने अवस्था छ,’ उनले भने ।
मन्त्री गुरुङले सरकारले बालबालिकाका समस्या सम्बोधन गर्दै समाधान गर्नकालागि दश वर्षे रणनीतिक योजना बनाएर बाल अधिकार प्रवद्र्धन र संरक्षणको प्रयास गरिरहेको बताए । ‘दश वर्षे कार्ययोजना मन्त्रीपरिषद्मा पुगेको छ, अन्य नियमावली र कार्यविधिहरु पनि समायानुकुल परिवर्तन गर्दै अघि बढेका छौं,’ मन्त्री गुरुङले भने, ‘बालबालिकाका नाममा भएका विकृति अन्त्य गर्न सरकार जस्तो सुकै कदम चाल्न पनि तयार छ ।’ उनले नेपाल बाल संगठनलाई पुनर्गठन गर्ने तयारी गरेको बताए ।

भदौ ९ गते, २०७७ - १६:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्याे, यस्ताे छ मन्त्रिपरिषद्को अन्य निर्णय

सरकारले विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्याे, यस्ताे छ मन्त्रिपरिषद्को अन्य निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त...   

मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना पुष्टि

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री...   

विनाभेदभाव कोरोनाको निःशुल्क उपचार गर्न प्रधानमन्त्रीलाई सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क...   

भियतनामको बाढी र पहिरोमा ११४ को मृत्यु, २१ वेपत्ता

भियतनाम । भियतनाममा व्यापक वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा...   

उपत्यकामा १ हजार ५५२ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक

काठमाडौं । काठमाडौँ उपत्यकामा थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौँमा...   

कोरोनाबाट निको हुनेको संख्या १ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ८१२

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ३ हजार २१५ जना कोरोना...   

बिहिबार ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

काठमाडौँ । बिहीबार देशैभर थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

सहकारीले दियो एकल पुरुष र महिलालाई भत्ता

काठमाडौं । यहाँको एउटा सहकारीले एकल महिला र पुरुष दुवैलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता...   

तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रदेश सरकारको राहत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरी...   

देशकै हालसम्मकै ठूलो सबस्टेशन निर्माण सम्पन्न : १२ सय मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने

काठमाडौं । काठमाडौं देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top