Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रसूतिगृह थापाथलिमा २ सय आइसोलेशन शय्या बनाइने

काठमाडौँ । उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ भवनमा कोभिड–१९ सङ्क्रमितका लागि छुट्टै शय्याको व्यवस्था गर्ने तयारी गरेको छ ।

नेपालमा कोभिडको सङ्क्रमण शुरु भएपछि अस्पतालले सो भवनलाई सम्भावित सङ्क्रमित र सङ्क्रमितलाई राख्न छुट्याएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताए । अस्पतालमा अहिलेसम्म सम्भावित संक्रमित भनेर राखिएका एक सयमध्ये एक जनामा मात्रै कोभिड पोजेटिभ आएको थियो । अबको दिनमा सम्भावितलाई थापाथलीस्थित अस्पतालमै अरुभन्दा छुट्टै राखिने अस्पतालले जनाएको छ । उनले भने, “सम्भावित महिलालाई अरुभन्दा छुट्टै राखेर पोजेटिभ आए मात्रै आइसोलेशनमा राखिनेछ ।”

अस्पतालले अहिलेसम्म विभिन्न कुराका आधारमा झण्डै एक सय महिलालाई सम्भावित सङ्क्रमितका रुपमा अरुभन्दा छुट्टै राखिसकेको थियो । तीमध्ये एकमा पोजेटिभ देखिएकीलाई पाटन अस्पताल पठाइएको थियो । कोभिड–१९ को सङ्क्रमण आगामी दिनमा अझै बढ्न सक्ने भनी अस्पतालले कर्मचारी व्यवस्थापनमा समेत ध्यान दिएको अधिकारीले बताए । कार्यरत चिकित्सकमध्ये आधा मात्रै अस्पतालमा आउने गरेका छन् । सरकारले निषेधाज्ञा जारी गरेसँगै अस्पतालले कार्यरतमध्ये सबै कर्मचारीलाई अस्पताल नबोलाएको हो ।

एक साता खटिएकाहरु एक साता नआउने गरी आलोपालो गरी काम तोकिएको उनले बताए । अस्पतालमा कार्यरतलाई यसअघि पनि सङ्क्रमण देखिएकाले आगामी दिनमा पनि सेवा नियमित सञ्चालनका लागि योजना बनाइएको हो । उनले भने, “आधा मात्रै कार्यरत हुँदा सङ्क्रमण देखिएर कोही आइसोलेशन बस्दा पनि अरुले सेवा नियमित गर्न सक्छन् ।”

अस्पतालले बहिरङ्ग सेवा नियमित गरे पनि सेवा लिन आउनेको सङ्ख्या नियमित समयभन्दा झण्डै आधा कम छ । अस्पतालमा अहिले सुत्केरी हुनका लागि आउने वा आकस्मिक सेवाका लागि आउनेको सङ्ख्या भने कम भएको छैन । सरकारले चार महिनासम्म बन्दाबन्दी जारी राखे पनि गत आवमा विगत वर्षभन्दा सुत्केरी हुनेको सङ्ख्या कम नभएको अस्पतालको तथ्याङ्कले देखाएको छ । अहिले पनि दैनिक ६० देखि ७० जनाको डेलिभरी हुने गरेकामा शल्यक्रियाको सङ्ख्या २० देखि ३० छ । उनले भने, “सामान्य डेलिभरी र शल्यक्रिया दुवै सामान्य अवस्थाभन्दा कम छैन ।”

अस्पतालले कोभिड–१९ को सङ्क्रमित र अस्पतालका कर्मचारीलाई बचाउनका लागि आवश्यक सतर्कता अपनाएको छ । अस्पतालमा बिरामीलाई एक जना मात्रै कुरुवा बस्न पाउने र अस्पताल परिसरमा बस्दा सामाजिक दूरी कायम गर्न अनिवार्य गरिएको छ । अस्पताल छिर्न जो कोहीले हात धुनुपर्ने अनिवार्य गरिएको छ । अस्पतालको परिसर साँघुरो भए पनि सकेसम्मको दूरी कायम गरिएको उनले बताए । अस्पतालले दिनमा तीन पटकसम्म निसङ्क्रमण गर्ने गरिएको छ । उनले भने, “यहाँका सेवा नियमित गरेर सङ्क्रमण पनि नफैलियोस् भन्ने गरी अस्पतालले काम गरिरहेको छ ।”

अस्पतालले अहिलेसम्म कुनै पनि सेवा अवरुद्ध गरेको छैन । सामान्यावस्थामा पनि अरु जिल्लाका अस्पतालबाट रिफर भएर धेरै बिरामी समेत आउने गरेका थिए । अहिले विभिन्न निजी संस्थाले सेवा अवरुद्ध गरेका कारण अस्पतालमा प्रसूति सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको छैन । अस्पतालमा केही समय पहिले तीन चिकित्सकसहित नौ कर्मचारीलाई कोभिड पोजेटिभ देखिएको थियो । त्यस्तो समयमा कुनै कुनै वार्ड मात्रै सिल गरिए पनि अस्पताल नियमित रुपमा सञ्चालनमा थियो । उनले भने, “संक्रमण देखिएकाको कन्ट्याकमा आएकाको खोजी गरेर परीक्षण गर्ने र त्यस ठाउँलाई क्लोरिनले सफा गरेर पुनः सञ्चालनमा ल्याएका छौँ ।”

अस्पतालमा आउने बिरामीमध्ये संक्रमणको जोखिम देखिएकाको मात्रै परीक्षण गरिँदै आएको उपनिर्देशक अधिकारीले जानकारी दिए । कोभिडका कुनै लक्षण देखिएका बिरामी तथा हटस्पटबाट आएका वा सङ्क्रमितको नजिकको सम्पर्कमा रहेकाको अनिवार्य परीक्षण गरिँदै आएको छ । संक्रमणको शङ्का लागेकाहरुलाई अस्पतालले रिपोर्ट नआउँदासम्म छुट्टै राख्दै आएको छ ।

उनीहरुको पोजेटिभ आएमा आइसोलेशन शय्यामा र नेगेटिभ आएमा अरु बिरामीसँगै राखेर उपचार गरिन्छ । अस्पतालमा कार्यरत कर्मचारीलाई पहिलो चरणको सुरक्षा सामग्री मास्क, फेस शिल्ड र पञ्जाको व्यवस्था गरिएको छ । बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई भने अर्को तहको सुरक्षा सामग्रीको व्यवस्था गरिँदै आएको छ । उनले भने, “सम्भावित संक्रमितको समेत उपचार गर्नेहरुलाई पिपिईलगायतका सबै आबश्यक सामग्री उपलब्ध गराइएको छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies