Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

बनेपामा ५० वेडको आइसोलेशन कक्ष तयार, क्वारेन्टिन रित्तिँदै

बनेपा । कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि बनेपा नगरपालिकाले ५० वेडको आइसोलेसन कक्ष तयार गरेको छ ।

बनेपा नगरपालिका—५ स्थित बनेपा प्राविधिक शिक्षालय भवनका चार वटा कक्षामा सो आइसोलेसन कक्ष तयार गरेको हो । नगरपालिकामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या ६५ पुगेको छ । तीमध्ये २८ जना उपचारपछि घर फर्किएका छन् । बाँकी ‘होम आइसोलेसन’ तथा विभिन्न अस्पतालका आइसोलेसन कक्षमा उपचाररत रहेको नगरप्रमुख लक्ष्मी नरसिं वादेले जानकारी दिए । उनका अनुसार सङ्क्रमित संख्या बढ्न सक्ने भएकाले हाल ५० वेडको आइसोलेसन कक्ष तयार गरिएको हो । “पूर्व तयारीस्वरुप स्थानीयस्तरमै आइसोलेसन कक्ष ब्यवस्थित गरेका हौँ”, उनले भने ।

हाल व्यवस्थित गरिएको उक्त आइसोलेसनमा ‘होम आइसोलेसन’मा रहेका चार जनालाई राखिएको छ । तयार गरिएको सो आइसोलेसन कक्षमा पुरुष, महिला, बालबालिका तथा नर्सिङ स्टेशनका लागि छुट्टछुट्टै वेड राखिएको छ । यसअघि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच वेडको आइसोलेसन कक्ष तयार गरिएको थियो । नगरप्रमुख वादेले भने, “सङ्क्रमित थपिँदैछन्, अस्पतालको पाँच वेडले कसरी धान्छ ? त्यसैले हाललाई ५० वेडको आइसोलेसन कक्ष बनाएका छौँ ।”

सो आइसोलेसन कक्षको व्यवस्थापनका लागि बनेपाका युवा व्यवसायी रत्नकुश रञ्जितले २० वेड सहयोग गरेका थिए । अन्य आवश्यकीय सम्पूर्ण सामग्री नगरपालिकाले व्यवस्थापन गरेको प्रमुख वादेले बताए । उनका अनुसार आइसोलेसन कक्षमा इन्टरनेट सुविधाका साथै सीसी क्यामेरा जडान तथा त्यहाँ बस्ने सङ्क्रमितका लागि स्थानीय पार्टी प्यालेसबाट खानाको व्यवस्थापन गरिएको छ ।

हालसम्म जिल्लामा कोरोना सङ्क्रमिको सङ्ख्या १४६ पुगेको छ । तीमध्ये ६२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सङ्क्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ । बाँकी ८२ जना विभिन्न स्थानका आइसोलेसन कक्षमा उपचाररत रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ । यसैबीच, जिल्ला सङ्कट ब्यवस्थापन केन्द्र र पोष्टको आइतबारको सयुक्त बैठकले बनेपास्थित शिर मेमोरियल तथा धुलिखेल अस्पताललाई आफ्नो कूल वेड क्षमतामध्ये ३३ प्रतिशत वेड कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गर्न आग्रह गरेको छ । पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा।नरेन्द्र झाले आइसोलेसन कक्ष व्यवस्थित गरेका स्थानीय तहलाई वेड सङ्ख्या बढाउन तथा नभएकालाई व्यवस्थित गर्न आग्रह गरिएको बताए । “स्थानीय तहमा कम्तिमा १० वेडको आइसोलेसन कक्ष तयार गर्नुस् भनेर धेरैपटक आग्रह गरियो”, उनले भने । उनका अनुसार हाल २०० वेड भएको शिरमेमोरिलमा छ तथा ४५० वेड भएको धुलिखेलमा ३१ वेड मात्रै आइसोलेसनका लागि प्रयोग गरिएको छ ।

पोष्टका अनुसार काभ्रेपलाञ्चोकमा २०७६ चैत महिनायता १३ स्थानीय तहमध्ये पाँचले मात्रै एक सय वेडको आइसोलेसन कक्ष व्यवस्थापन गरेको छ । तीमध्ये बनेपा नपामा ५०, धुलिखेलमा ३१, पनौतीमा छ, पाँचखालमा सात र नमोबुद्ध नगरपालिकामा छ वेडको आइसोलेसन कक्ष व्यवस्थापन गरिएको हो । अन्य आठ स्थानीय तहले हालसम्म आइसोलेसन कक्ष व्यवस्थापन गर्न सकेको छैन् । हालसम्म काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्य्याको क्वारेन्टिन व्यवस्थापन गरेका छन् । त्यसो त, जिल्लामा सङक्रमित बढ्दै गएपछि आइसोलेसन वेड बढाईरहँदा क्वारेन्टिन भने रित्तिदै गएका छन् । हाल ३२ पुरुष र दुई महिला गरी कूल ३४ जना क्वारेन्टिनमा बसेका छन् । तीमध्ये बनेपामा छ, धुलिखेलमा १४, पनौतीमा दुई, पाँचखालमा दुई, नमोबुद्धमा एक, मण्डनदेउपुरमा दुई, तेमाल गाउँपालिकामा छ र भुम्लुमा सात जना क्वारेन्टिनमा बसेका हुन् । खानीखोला, रोशी, महाभारत, बेथानचोक र चौंरीदेउराली गाउँपालिकाको क्वारेन्टिन रित्तिसकेका छन् । हालसम्म ९४३ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाई अवधि सकिएपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएको तथ्याङ्क छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies