Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सबै स्थानीय तहमा ५० शय्याको आइसोलेसन निर्माण हुँदै

जुम्ला । जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा पालिकास्तरीय आइसोलेसन निर्माण भइरहेका छन् । पालिकामा रहेको पायक पर्ने स्थानमा आइसोलेसन निर्माणको काम चलिरहेको छ । जिल्लाको हिमा गाउँपालिकामा ५० शय्याको आइसोलेसन निर्माण भएर सङ्क्रमित बसिसकेका छन् । त्यहाँ नेपाली सेनाको रेखेदेख रहने सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

उनले भने, “पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दा सबै क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । हरेक स्थानीय तहमा आइसोलेसन निर्माण प्रक्रिया अघि बढेको छ ।” जिल्लामा लक्षण बिनाका सङ्क्रमित देखिएकाले पनि तत्काल गाउँपालिका स्तरका आइसोलेसनमा सङ्क्रमित राखेर निगरानी गरिने सहायक प्रजिअ देवकोटाले बताए ।

स्वास्थ्य अवस्था सामान्य रहेकालाई मात्र गाउँपालिका स्तरका आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । लक्षण देखिएका तर स्वास्थ्य अवस्था असामान्य भएकालाई कर्णाली प्रतिष्ठानको आइसोलेसनमा ल्याइने र जिल्लाका सबै लक्षण बिनाका कोराना सङ्क्रमित भएकाले अवस्था सामान्य छ । कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ कार्य धमाधम चलिरहेको छ ।

अहिले स्वास्थ्य कार्यालय र कर्णाली प्रतिष्ठानको स्वास्थ्यकर्मीको टोली स्वाब सङ्कलन गर्न गाउँमा खटिएका छन् । पालिकास्तरमा बस्ने आइसोलेसनमा कतै नेपाली सेना, कतै प्रहरी र कतै सशस्त्र प्रहरीले रेखदेखको जिम्मेवारी लिएको प्रशासनले जनाएको छ ।

सबै पालिका र शङ्कास्पद ठाँउमा स्वाब सङ्कलन भएर परीक्षण भइसकेपछि निषेधाज्ञा खोल्ने या नखोल्ने निर्णय हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । सहजै रुपमा चिकित्सक पुग्न सक्ने, एम्बुलेन्स पुग्न सक्ने र सुरक्षाका हिसावले अनुकूल क्षेत्रमा आइसोलेसन निर्माण गर्न आग्रह गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies