Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

गाउँपालिकाको लगानीमा चिकित्सक नियुक्त

दार्चुला । मार्मा गाउँपालिकाले जनतालाई घर आगनमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आफ्नै खर्चमा लटीनाथ स्वास्थ्यचौकीमा चिकित्सक नियुक्त गरेको छ । लामो समयदेखि जिल्ला अस्पताल नै चिकित्सकविहीन छ ।

गाउँपालिका अध्यक्ष जमनसिंह धामीले गाउँपालिकाको लगानीमा स्वास्थ्यचौकीमा चिकित्सक महादेव भट्टलाई नियुक्त गरिएको जानकारी दिए । “नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन चिकित्सक नियुक्त गरेका हौं” , उनले भने ।

गाउँपालिकाले कार्यविधि नै पारित गरी स्वास्थ्य चौकीमा आठौँ तहको चिकित्सक नियुक्ति गरेको हो । सो स्वास्थ्य चौकी अस्पतालका रुपमा स्तरोन्नती समेत भएको छ । “हामीले स्तरोन्नतीको लागि अनुमति पाइसकेका छौँ ”उनी भन्छन्, “तर मन्त्रालयले दरबन्दी पठाएको छैन् । अहिले दरबन्दीको चिकित्सक र स्वास्थ्यकर्मी नआएसम्म गाउँपालिकाले करारमा चिकित्सक राखेर सेवा प्रवाह गरेको हो ।”

चिकित्सकीय सेवा शुरुआत भएसँगै स्वास्थ्य चौकीलाई प्राप्त डिजिटल एक्स–रे उपकरण समेत सञ्चालनमा आउने गाउँपालिकाका स्वास्थ्य संयोजक चक्रसिह धामीले जानकारी दिए । “एक्स–रे मेसिन पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको थिएन,” उनले भने, “चिकित्सक आएसंगै उपकरण सञ्चालन हुनेछ ।”

चिकित्सक भट्टले दूरदराजका जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । “दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिन पाउँदा निकै खुसी छु,” उनले भने । यसअघि चिकित्सक भट्टले गोकुलेश्वर अस्पतालमा सेवा गरेको हो । अस्पतालको करार सेवा अवधि सकिएपछि उनी मार्मा गाउँपालिका गएका हुन् । गाउँपालिकामा अस्पताल स्वीकृत भएसंगै अस्पतालका लागि आवश्यक हुने ९ रोपनी जग्गाको छनौट कार्य समेत भइसकेको छ ।

लटिनाथमा चिकित्सक पुगेसँगै मार्मा, अपिहिमाल र केही नौगाड गाउँपालिकाका नागरिकलाई समेत स्वास्थ्य लिन सहज हुने भएको छ । यसअघि यस क्षेत्रका स्थानीयले चिकित्सकीय सेवा लिन शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पताल अथवा दार्चुला जिल्ला अस्पताल आउनुपर्ने बाध्यता थियो । आफ्नै ठाउँमा चिकित्सक आएपछि यहाँका विरामीलाई सहज हुने मार्माका स्थानीय दिपेन्द्र विष्टले जानकारी दिए । “चिकित्सकसहितको सेवा पाउनु हाम्रो लागि राम्रो हो”,उनले भने, “दुर्गम क्षेत्रमा चिकित्सक आएर सेवा शुरु गरेकोमा निकै खुसी छौ ।”

दार्चुलामा जिल्ला अस्पताल र अर्को गोकुलेश्वर अस्पताल छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका नगरपालिकामा मात्रै अस्पताल छन् । जिल्लाका अन्य स्थानीय तहले चिकित्सक नियुक्त गर्न सकेको छैनन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies