Khabar Dabali Logo
  October 27, Tue

एक जना कोरोना सङ्क्रमितबाट नौ जनालाई सर्याे

बागलुङ । बागलुङ नगरपालिका­३ की एक व्यवसायी महिलामा एक साताअघि कोरोना देखिएपछि बागलुङ बजारमा समुदायमा कोरोना सरेको पुष्टि भएको थियो । ती महिलाको कन्ट्याक्ट ट्रेसिङ गर्दा हालसम्म थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै जनाबाट समुदायका नौ जनामा कोरोना फैलिएपछि बागलुङ जिल्ला सदरमुकाममा उच्च सतर्कता अपनाइएको तथा भदौ ३ गतेदेखि आजसम्मको निषेधाज्ञा यही भदौ १५ गतेसम्म लम्बाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

सङ्क्रमित महिलाका सम्पर्कमा आएका २५ जनाभन्दा बढी रहेको सूचनापछि स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गर्दा शुरुमा परिवारका सदस्य र आफन्तसहित छ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो । त्यसको भोलिपल्ट छ जनाको सम्र्पकमा आएकाको स्वाब परीक्षण गर्दा एक जना र एक जनाको सम्र्पकमा आएकाको स्वाब परीक्षण गर्दा सोमबार पुनः दुई जना गरी एकै व्यक्तिबाट हालसम्म ९ जनामा कोरोना सरेको पाइएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।

बागलुङ नगरपालिका–३ हाडेपाखामा कुखुरापालन व्यवसायी गर्दै आएकी ती महिलाभन्दा अघि बानपा­ २ की होटल व्यवसायी महिलामा कोरोना देखिएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङबाट अन्य व्यक्तिमा सङ्क्रमण नदेखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । हालसम्म संक्रमितको सम्पर्कमा आएका १५१ जनाको स्वाब परीक्षण गर्दा बागलुङ नगरपालिकामा १० जनामा सङ्क्रमण पुष्टि भएको तथा ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको खनालले जानकारी दिए ।

भदौ ९ गते, २०७७ - १३:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेका प्रजिअ कुरुम्बाङलाई कोरोना सङ्क्रमण, २० सङ्क्रमित सिकिस्त

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित...   

बाघको आक्रमणबाट दुई युवाको मृत्यु

बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने...   

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण, ६८ जनाको मृत्यु

कास्की । गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या...   

तीन दिवसीय भ्रमणका लागि भारतीय सेनाध्यक्ष कात्तिक १९ गते नेपाल आउने

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक...   

एकै परिवारका दुई दाजुभाइको पोखरीमा डुबेर मृत्यु

लहान । पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

चितवनमा थप दुई जना सङ्क्रमितको मृत्यु

चितवन । चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ ।गोरखा बारपाक सुलिकोट गाँउपालिका...   

मंगलबार ५७० जनामा कोरोना पुष्टि : ३ हजार १६८ डिस्चार्ज, थप १४ को मृत्यु

काठमाडौँ । मंगलबार देशैभर थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...   

संक्रमितको संख्या बढ्न थालेपछि एक घर एक पिसिआर परीक्षण

पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण...   

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

धनुषा । दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र...   
पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण : दुर्घटनाको उच्च जोखिम

पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण : दुर्घटनाको उच्च जोखिम

महोत्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top