Khabar Dabali Logo
  October 30, Fri

पोखरामा थप ११ मा कोरोना सङ्क्रमण पुष्टि

पोखरा । यहाँ एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा चार कोरोना सङ्क्रमित मध्ये एक सञ्चारकर्मी समेत परेको उल्लेख छ ।

स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने ३४ वर्षीय ती पुरुष सञ्चारकर्मीमा सङ्क्रमणको लक्षण नभएको तर कन्ट्रयाक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा पोजिटिभ देखिएको जनाइएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि पोखरा– २८ घरभएका सञ्चारकर्मीले आफू कार्यरत एफएममै आवासीय रुपमै रहेर काम गर्दै आएका थिए । पोखरा –२७ को एक बैंकमा कार्यरत सुरक्षाकर्मीलाई सङ्क्रमण पुष्टि भएपछि ती सञ्चारकर्मी कन्ट्रयाक्ट ट्रेसिङमा पर्नुभएको थियो । उक्त बैंक भएको भवनमा उनी कार्यरत एफएम रहेको छ । उनको स्वाब शनिबार पोखरा –२७ को वडा कार्यालयमा सङकलन गरिएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि उनलाई आइसोलेशनमा लैजाने तयारी गरिएको छ । उनीसँग परिवारका व्यक्ति पनि सम्पर्कमा आएकाले कन्ट्रयाक्ट ट्रेसिङको प्रक्रिया अघि बढाइएको छ । प्रदेश निर्देशनालयको मंगलबार सार्वजनिक पछिल्लो जानकारी अनुसार पोखरामा मात्रै ११ र गण्डकीमा १७ कोरोना सङक्रमित थपिएका छन् ।

भदौ ९ गते, २०७७ - १२:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली काँग्रेसको कार्यसमिति बैठक शुक्रबार हुने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय,...   

हुम्ला स्वास्थ्य सेवा सञ्चालनमा

हुम्ला । हुम्ला स्वास्थ्य सेवा कार्यालयमा पीसीआर जाँच गर्दा गत असोज १२ गते सर्केगाड गाउँपालिका–५...   

तरकारी र फलफूल बलि दिएर मनाइयो दशैँ

हुम्ला । च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ)...   

मध्य भियतनाममा पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु

हनोई । मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनामको...   

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका...   

देशलाई शान्तिको बाटामा लान पैगम्बरको जीवन र उपदेशले प्रेरणा प्रदान गरोस्ः मुख्यमन्त्री राउत

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवत्र्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका...   

भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नाघे, १ लाख २० हजार बढीको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य...   

कोरोनाभाइरसबाट मेक्सिकोमा ९० हजार र अर्जेन्टिनामा ३० हजार बढीको मृत्यु

मेक्सिको सिटी । मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार...   

प्रदूषणविहीन इँटा उत्पादनका लागि एडीबीको एक करोड ४७ लाख अनुदान

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी)ले प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न नेपाल सरकारलाई रु एक...   

कृषि क्षेत्रको विकासका लागि विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने

काठमाडौँ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top