Khabar Dabali Logo
  October 25, Sun

सर्लाहीमा धानमा अज्ञात रोग देखापरेपछि किसान चिन्तित

सर्लाही । जिल्लामा धानमा नयाँ रोग देखापरेका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् । रासायनिक मल खाद तथा बीउबिजनको चरम अभावका बीच गरिएको धानखेती खेतमै सुक्न थालेपछि किसान थप मर्कामा परेका हुन् ।

पहिला बाढीपहिरोका कारण रोपाइँ भएको खेतमा पानीको चाप बढेर खेतमै धान सुकेपछि जिल्लाका किसानले दोस्रोपटक धान रोपेका थिए । बाढी र बर्सातले धान खेतमा गलेपछि धानको बीउको चरम अभावका कारण धानको बीउ नपाएर कतिपय किसानले दोस्रोपटक खेत रोपाइँसमेत गर्न पाएका थिएनन् भने पछिल्लो समयमा धान पहेँलो भएर सुक्न थालेपछि किसानलाई थप चिन्तित बनाएको छ ।

धान रोपाइँको समयमा रासायनिक मल खादको चरम अभाव थियो । जसोतसो ऋण लिएर भए पनि धान रोपेका जिल्लाका किसान धानमा अचानक अज्ञात रोग देखा पर्न थालेपछि थप मारमा परेका छन् । धान पहेँलो भएर खेतमै सुक्न थालेको गोडैता नगरपालिकाका किसान जोगी मुखियाले गुनासो गरे ।

धान किरा खाने तथा पहेँलो भएर सुक्न थालेपछि रातको निद्रासमेत हराएको अर्का किसान रामएकवाल महतोले गुनासो गरेका छन् । “हाम्रो परिवार नै कृषि पेशामा आश्रित छ । कृषि पेशा नै सङ्कटमा परेपछि परिवार कसरी चलाउने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ”, महतोले भने । केन्द्र तथा स्थानीय सरकारले किसानलाई बेवास्ता गरेका कारण आफूहरु मारमा परेको किसानको गुनासो छ ।

कृषि क्षेत्रलाई वैज्ञानिक पद्वतिमा परिणत गरी किसानलाई कृषि औजार, मलखाद, बीउबिजन, सिँचाइ तथा विभिन्न किसिमका कृषि प्याकेजमा राहत र अनुदानको व्यवस्था गर्न सके मात्र देशमा भएको व्यापक गरिबी, भोकमरी तथा बेरोजगारी कम गरी देशका नागरिकलाई समृद्ध र सक्षम बनाउन सकिन्छ ।

भदौ ९ गते, २०७७ - ११:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top